• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो

    राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही

    ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री खनाल

    ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री खनाल

    हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’

    हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

    परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन

    परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन

    परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रशोधन केन्द्रमा बाँसका सामग्री उत्पादन सुरु

metakhabar by metakhabar
१३ जेष्ठ २०८२,
0
प्रशोधन केन्द्रमा बाँसका सामग्री उत्पादन सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ, १३ जेठः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँसजन्य सामग्री उत्पादन तथा प्रवद्र्धनको काम सुरु गरेको छ । बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सामग्री उत्पादन गर्दै बजारीकरण गरेर नगरवासीको आयआर्जनमा वृद्धि गराउने योजनाका साथ नगरपालिकाले प्रवद्र्धनको काम सुरु गरेपछि उद्यमी उत्साहित बनेका छन् ।

बाँसजन्य सामग्री प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाको मुख्य आयोजनामा गत फागुनमा तीनदिने दिक्तेल बजारमा ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरिएको थियो । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा गत फागुन १५ देखि १७ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय सम्मेलनमा देशभरिका बाँस उद्यमी तथा बाँससँग सम्बन्धित अनुसन्धानकर्तालगायत गरी ७१३ जना सहभागी भएका थिए ।

सम्मेलनले दिक्तेल बजारमा बाँसको सङ्ग्रहालय स्थापना गरेर खोटाङलाई ‘बाँसको राजधानी’का रुपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरेको छ । नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणापत्र’मा यस्तो निर्णय समेटिएको हो ।

दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्ने, पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन सुरु भएको दिन फागुन १५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’ का रुपमा मनाउन पहल गर्ने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने निर्णय गरिएको छ ।

‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहा बाँस’ भन्ने नारासहित आयोजित सम्मेलनमा बाँस छिटो बढ्ने, बहुउपयोगी र नवीकरणीय स्रोतका रूपमा मान्दै यसले नेपालमा दिगो जीविकोपार्जन, चक्रिय अर्थतन्त्रको प्रवद्र्धन तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिन सक्ने विश्वास गरिएको छ ।

दिक्तेल बजारमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सफलतापूर्वक सम्पन्न गरेर प्रशोधन केन्द्र स्थापना गरिएपछि नगरपालिकामा बाँसजन्य सामग्रीको माग बढिरहेकाले उद्यमीको सङ्ख्या पनि बढाउनुपर्ने भएकाले विभिन्न चरणको तालिम आयोजना गरेर प्रवद्र्धनको काममा लागिपरेको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।

“बाँसजन्य सामग्रीको माग देशका विभिन्न ठाउँ तथा अमेरिकासम्मबाट आउन थालेको छ, सुरुआती चरणमा भएकाले माग धान्न धौ–धौ भएको छ, त्यसैले उद्यमीको सङ्ख्या बढाउन तालिमको आयोजना गरेका हौँ, उनीहरुले उत्पादन गरेका सबै सामग्री उत्पादानस्थलबाटै नगरपालिकाले खरिद गर्छ”, उहाँले भन्नुभयो, “उद्यमीलाई बजारको कुनै चिन्ता हुँदैन, उद्यमीबाट खरिद गरिएको सामग्री नगरपालिकाले बजारीकरण गर्छ, उद्यमीलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउँदै ढुक्क भएर सामग्री उत्पादन गर्ने वातावरण मिलाएका छौँ ।”

नगरपालिकाले उद्यमीहरुको सीप विकासका लागि मोरङका टङ्कबहादुर मगर र भारतका प्रभात शाक्यलाई झिकाएर बाँसका सामग्री बनाउने तालिम सञ्चालन गरिरहेको छ । फर्निचर, घरायसी तथा सजावटका विभिन्न सामग्री उत्पादन गर्नेगरी चालु आर्थिक वर्षमा दुई चरणमा तालिम सञ्चालन गरिएको छ ।

पहिलो चरणको तालिममा रु नौ लाख र दोस्रो चरणको तालिम रु १२ लाख खर्चेर सञ्चालन गरिएको नगरपालिकाका उद्यम विकास सहजकर्ता शान्ता आचार्यले बताउनुभयो । पहिलो चरण मङ्सिर २८ देखि तीनमहिने तालिममा ३० र चैत २१ गतेदेखि भएको पुनर्ताजगी तालिममा १५ जना सहभागी रहेका छन् ।

वडा नं ६ नेर्पामा स्थापना गरिएको बाँस प्रशोधन केन्द्रमा सञ्चालित तालिममा सहभागी प्रशिक्षकलाई नेदरल्यान्डको सहयोगमा सञ्चालित चाँगुनारायण फाउन्डेसनले मासिक जनही रु ७५ हजारका दरले भत्ता उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । यसबाहेक चोया काट्ने मेसिनसमेत चाँगुनारायण फाउन्डेसनले उपलब्ध गराउने सहजकर्ता आचार्यले जानकारी दिनुभयो ।

तालिममा सहभागीहरुलाई खाजा तथा खानाका लागि नगरपालिकाले प्रतिदिन प्रतिव्यक्ति रु ५०० का दरले भत्ता उपलब्ध गराएको छ । बेरोजगार भएर बसिरहेका नगरवासीलाई उद्यमी बनाएर आम्दानीसँग जोड्न नगरपालिकाले तालिम सञ्चालन गरेपछि आफूहरु उत्साहित बनेको सहभागीहरुले बताएका छन् ।

तालिमपश्चात् यही पेसा अपनाएर व्यावसायिक बन्ने योजना बनाएको तालिममा सहभागी नेर्पाका नारायणप्रसाद रिजालले बताउनुभयो । “तालिममा बाँसबाट बन्ने सजावटका सामग्रीदेखि घरायसी तथा फर्निचरका आकर्षक सामग्री निर्माण गर्न सिकेका छौँ, यो तालिमले हामीलाई व्यावसायिक बन्न उत्साहित बनाएको छ”, उहाँले भन्नुभयो, “तालिम सकिएपछि यो पेसालाई व्यावसायिकीकरण गर्ने योजनामा छु, यसको सम्भावना राम्रो रहेको छ, यसैबाट आत्मनिर्भर बन्न सकिन्छ भन्नेमा ढुक्क छु ।”

नगरपालिकाले बाँसजन्य सामग्री उत्पादन तथा प्रवद्र्धनको काम सुरु गरेपछि स्थानीयवासीसमेत आशावादी बनेका छन् । बिनाप्रयोग खेर गइरहेका बाँस आफ्नै ठाउँमा प्रशोधन गरेर आकर्षक सामग्री उत्पादन गर्न थालेपछि उनीहरु आम्दानीको स्रोत बन्नेमा आशावादी बनेका हुन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा रहेको यो जिल्लाकै सबैभन्दा ठूलो (पन्ध्र वडा रहेको) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँसबाट बनाइएका फर्निचर उपयोग गर्न थालेको छ । नगरप्रमुख भट्टराई तथा उपप्रमुख विशन राई तथा शाखा प्रमुखहरुको कार्यकक्षमा बाँसबाट बनाइएका फर्निचर राखिएका छन् ।

स्थानीय स्रोत तथा साधन उपयोग गरी निर्माण गरिएका सामग्रीको उपयोग गर्न नीतिगत रूपमा निर्णय गरी त्यसलाई कार्यान्वयन गर्न माग गर्दै उच्चपदस्थ छजना व्यक्तिलाई बाँसबाट बनाइएका कुर्सी र टेबल उपहार दिने तयारी गरिएको नगरप्रमुख भट्टराईले जानकारी दिनुभयो । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई बाँसबाट बनाइएका एउटा कुर्सी र टेबल उपहार दिने तयारी गरिएको छ ।

Previous Post

नासाको चन्द्र अभियानसँग जोडिएको स्टारशिप पुनः परीक्षणमा उत्रिँदै

Next Post

चिया सीड्स कसरी खाने ? जान्नुहोस्

metakhabar

metakhabar

सम्बन्धित खबर

सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो
आर्थिक

राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही

७ अशोज २०८३,
ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री खनाल
अन्तर्राष्ट्रिय

ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री खनाल

७ अशोज २०८३,
हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’
मनोरञ्जन

हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’

७ अशोज २०८३,
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै
आर्थिक

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

७ अशोज २०८३,
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
आवाज

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन

७ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

७ अशोज २०८३,
Load More
Next Post
चिया सीड्स कसरी खाने ? जान्नुहोस्

चिया सीड्स कसरी खाने ? जान्नुहोस्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In