• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जहाज दुर्घटनमा मृत्यु भएका मध्ये ३६ को शव निकालियो

by
१ माघ २०७९,
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १ माघ । पोखराको सेती खोंचमा आइतबार बिहान भएको विमान दुर्घटनाबाट ३६ जनाको शव संकलन गरिएको छ ।
हालसम्म ३६ शवको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए । केही शव सेती खोंचमा फेला परेको तर निकाल्न गाह्रो भइरहेको र निकाल्ने प्रयास भइरहेको प्रहरीले जनकारी दिएको छ ।

आइतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नयाँगाउँको खोंचमा विमान दुर्घटना भएको थियो । विमानमा ६८ यात्रु र ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए । बिहान साढे १०.२५ मा बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको नयाँगाउँस्थित सेतीको खोंचमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा पर्ने यतिको उक्त विमान पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अवतरण गर्ने विमान थियो । उक्त विमानलाई यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । क्याप्टेन केसी प्रशिक्षक पाइलट पनि हुन् । यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेका थिए । नेपालमा ७२ यात्रु क्षमताको एटीआर विमान दुर्घटना भएको यो पहिलो घटना भएको बताइएको छ ।

अवतरणका लागि कम उचाइमा आइरहेका बेला पोखरा महानगरपालिका १७, घारीपाटन नजिकैको आकाशमा अस्वभाविक कोल्टे परेको एक स्थानीयले खिचेको भिडियोमा देख्न सकिन्छ । त्यसपछि भने केही सेकेन्डमै भुइँमा बजारिएको ठूलो आवाज सुनियो । त्यसलगत्तै धुवाँको मुस्लोसहित ठूलो आगो लाग्यो ।आगो लागेलगत्तै हेलिकोप्टरबाट पानी खन्याए पनि निभ्न सकेन । दुर्घटनापछि तत्कालै उद्धार गर्दा पनि जीवीत यात्रु भेटिन मुस्किल भएको छ ।

दुर्घटनाअघि विमानस्थलले अतवरणको अनुमति लिइसकेको थियो । ‘मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ, । विमानमा आकाशमै आगोको झिल्को देखिएको स्थानीय बबरजंग गुरुङले जानकारी दिनुभयो ।

विमान अन्तिम पटक १०ः५० मा सम्पर्कमा थियो । त्यसपछि भने सम्पर्क हुन सकेन । विमान खसेको ठाउँ पुरानो आन्तरिक विमानस्थलको पूर्वपट्टि रहेको नेपाली सेनाको ब्यारेक पछाडि हो । नयाँ विमानस्थलतर्फ ल्याण्ड गर्नका लागि मोडिएको अवस्थामा विमान घनाबस्ती माथि उडिरहेको थियो । ‘पाइलटले बस्ती जोगाउन विमान सेती खोंचतिर लगेर अर्को दुर्घटना जोगाउन हरसम्भव प्रयास गरेको देखियो,’ प्रत्यक्षदर्शी जीवन दाहालले भने ।

दुर्घटनामा सेती खोंचमा माछा मार्न गएका दुई जना स्थानीय पनि घाइते भएका छन् । उनीहरु माछा मार्दै गरेको समयमा जहाज सेती खोंचमा खस्दा घाइते भएका हुन् । । उनीहरुलाई उद्धार गरेर अस्पताल पठाइएको छ । उक्त विमानमा चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा सृजना होंगचुन र ओसिन आले मगर थिए । जहाजमा नेपाली ५३ जना, भारतीय नागरिक ५ जना, रसियन ४ जना, आयरल्याण्डका १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १ गरी ६८ जना यात्रु र चालक दलका ४ जना थिए ।

जहाज खोंचमा परेकाहरूकाले उद्धारमा कठिनाइ आएको छ । अहिलेसम्म ३६ जनाको शव फेला परेको कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताए । ‘अहिलेसम्म ३६ जनाको शव निकालिएको छ, बाँकी १०÷१२ जनाको शव माथिबाट देखिएको छ । निकाल्न प्रयत्न गरिरहेका छौं,’ उनले भने ।उक्त विमान दुर्घटनापछि पोखरा विमानस्थलबाट हुने उडानहरु स्थगित गरिएको छ ।

Previous Post

थारु वस्तीमा माघी र नयाँ वर्षको रमझम

Next Post

माघे सङ्क्रान्ति पर्वका अवसरमा गोरु जुधाइ

सम्बन्धित खबर

पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद
जीवन शैली

१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

१ चैत्र २०८२,
आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
आवाज

चितवनमा तेरीको उत्पादन घट्यो

१ चैत्र २०८२,
डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
आवाज

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

१ चैत्र २०८२,
साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
Load More
Next Post
माघे सङ्क्रान्तिमा बन्दीपुरमा पनि गोरु जुधाइने

माघे सङ्क्रान्ति पर्वका अवसरमा गोरु जुधाइ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In