• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

छाडा गाई हेरचाह गर्न गौ संरक्षण केन्द्र

metakhabar by metakhabar
१३ जेष्ठ २०८२,
0
छाडा गाई हेरचाह गर्न गौ संरक्षण केन्द्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दमौली (तनहुँ) : व्यास नगरपालिका–१० दुम्सीमा स्थापना गरिएको गौ संरक्षण तथा सरसफाइ व्यवस्थापन केन्द्र बेबारिसे अवस्थामा छाडिएका र पाल्न छाडिएका गाई संरक्षणका लागि प्रभावकारी बनेको छ । छाडा तथा वृद्ध गाईहरू जथाभावी छाडिदिँदा दुर्घटना हुनुका साथै फोहर बढ्न थालेपछि विसं २०७६ मा नगरले केन्द्र स्थापना गरी गौ संरक्षण गर्न थालेको हो ।

नगरले तत्कालीन समयमा तुल्सीराम सापकोटाको संयोजकत्वमा अध्ययन समिति गठन गरेर केन्द्र स्थापना गरेको थियो । मादीनदी किनारमा रहेको सार्वजनिक जग्गालाई तारबार गरेर केन्द्र सञ्चालनमा ल्याइएको जनाउँदै उहाँले अहिले गाई संरक्षणका लागि केन्द्र प्रभावकारी बन्दै गएको बताउनुभयो ।

केन्द्रका अध्यक्ष सापकोटाका अनुसार विभिन्न चरणमा गरी हाल तीन सय रोपनी क्षेत्रफलमा केन्द्र सञ्चालित छ । उहाँले भन्नुभयो, “तत्कालीन समयमा तीन सय रोपनीमा तारबार गर्न आर्थिक अभाव थियो । प्रत्येक वर्षको बजेटबाट विभिन्न चरणमा गरी अहिले सबै क्षेत्रमा तारबार गरिएको छ ।” केन्द्र स्थापना भएपछि विभिन्न ठाउँबाट गाई ल्याउने गरिएको उहाँको भनाइ छ ।

गाईले दूध दिन छाडेपछि कहाँ लैजाने भनेर किसान समस्यामा परिरहेको अवस्थामा केन्द्र सहयोगी बनेको सापकोटाले उल्लेख गर्नुभयो । “यहाँ रहेका गाई मरेपछि केन्द्र आसपास रहेका गिद्धले खाने गरेका छन्”, उहाँले भन्नुभयो, “गाई मरेपछि छाला काडेर राखिदिन्छौँ । गिद्ध आएर खान्छन्, हड्डीलाई खाल्डो खनेर पुर्ने गरेका छौँ ।”

आगामी दिनमा हड्डीबाट पनि आम्दानी लिने योजनासहित अघि बढेको बताउँदै अध्यक्ष सापकोटाले त्यसका लागि उपकरण खरिद गर्ने तयारी गरिएको जानकारी दिनुभयो । “गिद्ध संरक्षणका लागि पनि गौ संरक्षण केन्द्र सहयोगी बनेको छ । गौ संरक्षण केन्द्रमा तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा गिद्धका लागि पाँच वटा आरामस्थल बनाइएको छ । यहाँ आएर गिद्धहरू बस्ने गरेका छन्”, उहाँले भन्नुभयो ।

दमौली बजारमा उत्पादित कुहिने फोहरबाट बायो ग्यास उत्पादन गरिएको सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ हामीले गाईको मात्रै संरक्षण गरेका छैनौँ, फोहरको व्यवस्थापन पनि गरेका छौँ । कुहिने फोहरबाट ग्यास उत्पादन गरिरहेका छौँ ।”

उहाँका अनुसार दमौली बजारबाट सङ्कलन हुने दिसापिसाबको प्रयोग गरी घाँस उत्पादन गरिएको छ । उहाँले भन्नुभयो, “स्थानीयवासीलाई सामूहिक खेतीतर्फ पनि प्रोत्साहन गरेका छौँ । केन्द्रको सहयोगमा स्थानीयले सामूहिक घाँसखेती र मकैखेती गरिरहनुभएको छ ।”

बजेट अभावमा केन्द्र सञ्चालनका लागि समस्या रहेपनि विभिन्न दाता, सङ्घसंस्थाले गर्ने सहयोगले गाईलाई आहारा खुवाउन मद्दत मिलेको छ । सापकोटाले भन्नुभयो, “विभिन्न सहयोगी दाताहरूले जन्मदिनमा, वैवाहिक वर्षगाँठ, आमा बुबाको मुख हेर्ने दिनमा आएर चोकर, दाना सहयोग गर्नुपर्छ । ती सहयोगले यहाँ रहेका गाईको हेरचाह गर्न सहयोग पुगेको छ ।”

व्यास नगरको सहयोगमा यहाँ तीन र केन्द्रबाट एक जना कर्मचारी नियुक्त गरिएको सापकोटाले जानकारी दिनुभयो । नगरपालिकाले मासिक रु पाँच लाख परालका लागि विनियोजन गरेपनि उक्त रकम पर्याप्त नभएको उहाँको भनाइ छ । हाल यहाँ एक सय २० गाई छन् ।

“यस ठाउँलाई पञ्चकव्य बनाउने योजना छ । केन्द्रमा दूध दिने २० वटा गाई छन् । पञ्चकव्य स्थापनापछि ती गाईलाई छुट्टै राखेर पाल्ने योजना बनाइएको छ । गाईको पिसाब र गोबरबाट विभिन्न मल तथा अन्य वस्तु बनाएर बिक्री गर्ने योजना बनाइएको छ”, सापकोटाले भन्नुभयो ।

Previous Post

कामरिता शेर्पा आफ्नै रेकर्ड तोडदै ३१ औं पटक सगरमाथाको शिखरमा

Next Post

मनासलु क्षेत्रमा रेकर्ड ब्रेक: वैशाखसम्ममा १२ हजारभन्दा बढी पर्यटक

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
मनासलु क्षेत्रमा रेकर्ड ब्रेक: वैशाखसम्ममा १२ हजारभन्दा बढी पर्यटक

मनासलु क्षेत्रमा रेकर्ड ब्रेक: वैशाखसम्ममा १२ हजारभन्दा बढी पर्यटक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In