नुवाकोट। त्रिशूलीबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ३ 0८५४ नम्बरको एउटा ईभी माइक्रोबस शिवपुरी–७, गुरुङ गाउँमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा परेका नौ जना यात्रु घाइते भएका छन् र उनीहरूलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ।
घाइते हुनेहरूमा निम्न व्यक्तिहरू रहेका छन्:
लक्ष्मी खड्गी – ४६ वर्ष
मैना राई – ३८ वर्ष (लिखु–४)
सिर्जना लामा – २५ वर्ष
बिपना अर्याल – १८ वर्ष (विदुर–५, माझीटार)
नरसमान लामा – २८ वर्ष (तलाखु)
विजय लामा – १८ वर्ष (तलाखु)
सरस्वती राई – ३९ वर्ष
श्याम डगौरा
महेन्द्र श्रेष्ठ – २५ वर्ष (उत्तरगया–५)
दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













