• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

metakhabar by metakhabar
११ जेष्ठ २०८२,
0
अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बइ। कर्नाटक सरकारमा राजनीतिक उथलपुथल भएकाे  छ ।प्रतिपक्ष मात्रै होइन, जनताले पनि यतिखेर कर्नाटक सरकारको तिब्र आलोचना गरिरहेका छन् । विपक्षीले कर्नाटक सरकारका मन्त्री एमबी पाटिलविरुद्ध मोर्चा खोलेका छन, कारण हाे बलिउड, तलिउड नायिका तमन्ना भाटिया ।

खासमा कर्नाटक सरकारले उनलाई मैसूर स्यान्डल सोप कम्पनीको ब्रान्ड एम्बेसडर बनाए पछि सरकार घेराबन्दीमा परेकाे हाे । स्थानिय जनता र प्रतिपक्षले मन्त्री पाटिलमाथि प्रश्न उठाएका छन् र उनको राजीनामाको समेत माग गरिरहेका छन् । जनताले सामाजिक सञ्जालमा सरकारविरुद्ध मोर्चा खोलेका छन् । उनीहरूकाे प्रश्न छ, के कर्नाटकमा स्थानिय फिल्म अभिनेत्रीहरू छैनन् ?  प्रतिपक्षले यो विषय उठाउँदै सरकारलाई घेरेको हाे । तमन्नालाई ब्राण्ड एम्बेसडर बनाउने साबुन कम्पनीलाई सरकारको सहयोग रहेको छ, जसका कारण स्थानिय अभिनेत्रीसँग काम नगरी बलिउड अभिनेत्रीसँग काम गरेकाे उनीहरूकाे भनाइ छ ।

उनीहरू भन्छन् कि कर्नाटकबाट स्थानीय सेलिब्रिटी छनोट गर्नुको सट्टा तमिलनाडु फिल्म अभिनेत्री तमन्ना भाटियालाई स्थानीय साबुनको विज्ञापनको लागि किन छनोट गरियो ? यसले ‘स्थानीय प्रतिभालाई बेवास्ता गरेको’ र ‘कर्नाटकको गौरव’ मा चोट पुगेको उनीहरूकाे भनाइ छ।

प्रदेश सरकारले गत बिहीबार ब्रान्ड एम्बेसडरकाे औपचारिक घोषणा गरेको थियाे । लगत्तै तमन्नालाई ब्रान्ड एम्बेसडर बनाएको सूचना इन्टरनेटमा भाइरल भयो । मनी कन्ट्रोलको रिपोर्टका अनुसार यस सम्झौता अन्तर्गत तमन्नाले आगामी दुई वर्षसम्म हेरिटेज ब्रान्डको प्रवद्र्धन गर्ने छिन् । तमन्ना यस साबुनको प्रचार गर्ने दोस्रो गैर-स्थानीय ब्रान्ड एम्बेसडर हुन्। यसअघि सन् २००६ मा पूर्व भारतीय कप्तान एमएस धोनीले यो साबुनको प्रचार गरेका थिए ।

केएसडिएललाई पनि सार्वजनिक खरिद ऐनको कर्नाटक पारदर्शिताको धारा ४ (जी) अन्तर्गत अभिनेतालाई ६.२ करोड रुपैयाँ प्रत्यक्ष भुक्तानी गर्न छुट दिइएको छ। यो साबुनको ब्रान्ड कर्नाटक सरकारको स्वामित्वमा रहेको कम्पनी ‘मैसूर स्यान्डल सोप’सँग सम्बन्धित छ। यो साबुनलाई प्रवर्द्धन गर्न र जनतामाझ पुनः लोकप्रिय बनाउन एक प्रसिद्ध अनुहार आवश्यक थियो। यसका लागि चलचित्र अभिनेत्री तमन्ना छनोट गरिएकाे हाे । उनी दक्षिण सिनेमाको चर्चित व्यक्तित्व मानिन्छिन् ।

उता, कर्नाटक सरकारका उद्योग मन्त्री एमबी पाटिलले तमन्ना विवादमा स्पष्टीकरण दिएका छन्। तमन्नालाई उनको ‘ब्राण्ड भ्यालु’ र ‘व्यापक मान्यता’का आधारमा मात्रै छनोट गरिएको उनको भनाइ छ, जसले गर्दा युवामाझ ब्राण्डको पहिचान पुनः निर्माण गर्न सकिन्छ । उनले यसमा कुनै राजनीति वा क्षेत्रीयता नभएको स्पष्ट पारेका छन्  ।

यद्यपि, भाजपा र जेडीएस नेताहरूले मन्त्रीले व्यक्तिगत प्रचारको लागि ‘सरकारी सम्पत्ति’ लाई माध्यम बनाएको आरोप लगाएका छन्। भाजपा नेताले कडा प्रतिक्रिया दिदै भने ‘सरकारी कम्पनीलाई कर्नाटकको पहिचानका रूपमा प्रस्तुत गर्नुपर्छ, बाहिरबाट सेलिब्रेटीलाई अगाडि ल्याएर होइन । यो स्थानीय कलाकारको अपमान हो ।’

Previous Post

के तपाईंलाई पनि बिर्सने बानी छ ?

Next Post

डेङ्गी फैलन नदिन लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाऔँः स्वास्थ्यमन्त्री पौडेल

metakhabar

metakhabar

सम्बन्धित खबर

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
आर्थिक

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

११ असार २०८३,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै
अन्तर्राष्ट्रिय

बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

११ असार २०८३,
बिहीबारदेखि पुनः शेयर कारोबार हुने
आर्थिक

नेप्से परिसूचक आठ अङ्कले घट्यो

११ असार २०८३,
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
Load More
Next Post
स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था

डेङ्गी फैलन नदिन लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाऔँः स्वास्थ्यमन्त्री पौडेल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In