• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्लेनमा परपुरूषलाई चुम्बन गर्ने महिलाले तिरिन १.५ कराेड जरिवाना

metakhabar by metakhabar
११ जेष्ठ २०८२,
0
प्लेनमा परपुरूषलाई चुम्बन गर्ने महिलाले तिरिन १.५ कराेड जरिवाना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। डेल्टा एयरलाइन्सको लस भेगासबाट एटलान्टाको उडानमा एउटा घटना घट्यो, जसले सबै यात्रुहरूलाई स्तब्ध बनाएको थियो।

यो कथा एक महिला यात्रुको हो, जसले आफ्नो अनौठो कार्यले विमानमा अराजकता मच्चिएको थियो र पछि उनको कार्यका कारण यी महिला यात्रुले लाखौं रुपैयाँ जरिवाना खेप्नुसमेत परेको थियो ।

वास्तवमा, यो डेल्टा एयरलाइन्सको विमान लस भेगासबाट उडेको थियो र एटलान्टातर्फ गइरहेको थियो। विमान उडेको केही समयपछि यी महिला यात्रुले आफ्नो छेउमा बसेका यात्रुसँग असामान्य व्यवहार गर्न थालिन् । उनले अचानक आफ्नो छिमेकी यात्रीलाई अँगालो हाल्ने प्रयास गरिन र त्यसपछि उनलाई धमाधम चुम्बन गर्न थालिन्।

यो सन् २०२१ को जुलाईमा भएको यो घटनामा महिला यात्रुको व्यवहार नजिकैको सिटमा बसेका यात्रुका लागि असहज मात्र नभएर उनका लागि अचम्मको पनि थियो । यो अप्रत्याशित कार्यले उनी स्तब्ध भएका थिए।  उनले चुम्बन तुरुन्तै महिलालाई रोक्न खोजेका थिए र चालक दलका सदस्यहरूलाई बोलाएर उनको चुम्बनको बर्षा रोक्नका लागि सहयोग पनि मागे र टाढाबाट यो सबै हेर्दै आएकी एयर होस्टेस दौडिएर ती पुरूष भएको स्थलमा पुगिन् ।

त्यसपछि एयर होस्टेसले ती चुम्बनको बर्षा गर्ने महिला यात्रुलाई शान्त पार्ने प्रयास गरिन् । तर, ती महिला शान्त हुनुको सट्टा झन् रिसाउन थालिन। र, चुम्बन गर्न नदिएको भन्दै उल्टै चर्को स्वरमा कराउन थालिन् र विमानबाट आफुलाई निकाल्न आग्रह समेत गरिन् । यसपछि ती महिला यात्रीले आफ्नो सिट छोडेर प्यासेजमा जान बल गरिरहिन् ।

महिलाको यो कार्य सुरक्षाको दृष्टिकोणले निकै खतरनाक मात्र होइन, प्लेनमा यात्रुको चालढालको नियम विपरीत पनि थियो । चालक दलका सदस्यले उनलाई रोक्न खोज्दा स्थिति झन् गम्भीर बन्यो । रिसले झन्डै पागल भएकी यी महिलाले नजिकै बसिरहेका अर्का यात्रुमाथि पनि उल्टै आक्रमण गरिन् । उनले अर्को यात्रुलाई बारम्बार टोक्न थालिन् ।

उनको टोकाइका कारण अर्का यात्रु पीडाले चिच्याउन पुगे र पूरै उडानमा त्रासको वातावरण सिर्जना भएको थियो । चालक दलका सदस्यहरूले कुनै न कुनै रूपमा महिलालाई नियन्त्रणमा राखेर पछाडिको सिटमा लगेर राखे । यसपछि, पाइलटले एटलान्टा एयर ट्राफिक कन्ट्रोललाई बिमानमा भएको अप्रत्याशित सम्पूर्ण घटनाको बारेमा जानकारी दिए र सुरक्षा सहयोग मागे गरेका थिए ।

करिब तीन घण्टाको उडान पछि विमान एटलान्टा विमानस्थलमा अवतरण भयो र फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) अधिकारीहरूको उपस्थितिमा महिलालाई सुरक्षा निकायको जिम्मा लगाइएको थियो। एफएएले यो घटनालाई गम्भीर रूपमा लियो र अनुसन्धानका क्रममा महिलाको व्यवहारलाई विमानको सुरक्षाका लागि खतरा भएको निष्कर्ष निकाल्यो ।

अन्ततः लामो अनुसन्धान पछि यस मामलामा एफएएले महिला यात्रुलाई ७७,२७२ अमेरिकी डलर जरिवाना लगायो । यो जरिवाना विमानमा अनुपयुक्त व्यवहार र चालक दलका सदस्यहरूको निर्देशनहरू पालना नगरेकोसहित अन्य यात्रुलाई आक्रमण गरेको कारण थियो । यो अमेरिकी विमान इतिहासमा यात्रुलाई लगाइएको सबैभन्दा ठूलो जरिवाना मध्ये एक हो।।

Previous Post

डेङ्गी फैलन नदिन लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाऔँः स्वास्थ्यमन्त्री पौडेल

Next Post

काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई ऊर्जामन्त्री खड्काको निर्देशन

metakhabar

metakhabar

सम्बन्धित खबर

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आवाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

११ असार २०८३,
यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान
आर्थिक

टरिगाउँ विमानस्थलका लागि २५ करोड

११ असार २०८३,
मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह
आर्थिक

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

११ असार २०८३,
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
Load More
Next Post
काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई ऊर्जामन्त्री खड्काको निर्देशन

काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई ऊर्जामन्त्री खड्काको निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In