• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जेलमा रहेका कैदीलाई श्रममा लगाउने तयारीमा बालेन सरकार

    जेलमा रहेका कैदीलाई श्रममा लगाउने तयारीमा बालेन सरकार

    १४ वर्षपछि फेरि उही पीडा : ध्रुवे हात्ती’को आक्रमणमा एउटै परिवारका चार सदस्यको ज्यान

    १४ वर्षपछि फेरि उही पीडा : ध्रुवे हात्ती’को आक्रमणमा एउटै परिवारका चार सदस्यको ज्यान

    गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ

    देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

    एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

    एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

    विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका

    विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका

    निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा

    निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गाउँमै मोतियाबिन्दुको उपचार

metakhabar by metakhabar
११ जेष्ठ २०८२,
0
गाउँमै मोतियाबिन्दुको उपचार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेनी (म्याग्दी), ११ जेठ : रघुगङ्गा गाउँपालिका–७ चिमखोलाकी ८१ वर्षीया सुकुमा नेपालीले तीन वर्षदेखि आँखामा मोतियाबिन्दुको समस्या देखिएपछि राम्रोसँग आँखा देख्न छाड्नुभएको थियो । खर्चको व्यवस्थापन र सहरमा पुगेर आँखाको शल्यक्रिया गर्ने चाँजोपाँजो मिलाउन नसकिरहेको समयमा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित निःशुल्क शल्यक्रियासहितको आँखा उपचार शिविरमा नेपालीले घरआँगनमै सहज रूपमा उपचार गर्ने अवसर पाउनुभयो ।

“आँखाले मधुरो देख्ने भएकी थिएँ, सहरमा पुगेर उपचार गराउन पाएको थिइनँ, बुढेसकालमा फेरि आँखा खुल्छन् जस्तो लागेकै थिएन, गाउँमै आएको शिविरमा उपचार गरेपछि अहिले राम्रोसँग देख्न सक्ने भएकी छु”, नेपालीले भन्नुभयो ।

शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरेर उपचार सेवा लिनुभएकी रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटकी धनीमाया बुद्धिजाले घरआँगनमै शिविर राखेर गाउँपालिकाले खर्च नगरिकन उपचार गर्ने सुविधा दिएको बताउनुभयो । रघुगङ्गा गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोगमा तीन दिनसम्म सञ्चालन भएको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया शिविरमा ९५ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

शनिबार सम्पन्न शिविरमा एक सय ६० जनाले आँखा परीक्षण सेवा लिएका छन् । वडास्तर र गाउँपालिकामा आयोजित शिविरबाट एक हजार ३९ जनाले आँखा परीक्षण सेवा लिएको गाउँपालिकाले जनाएको छ । शिविरमा उपचार सेवा लिएकाहरूले गाउँघरमै सहज र सुलभ तरिकाले आँखाको उपचार गराउन पाएकामा नाचगान गरेर खुसीयाली मनाएका छन् । वृद्धवृद्धा अवस्थामा गुम्दै गएको ज्योति शिविरमा चिकित्सकहरूको उपचारपछि फर्किएर उज्यालो देख्न पाएकामा उनीहरूले नाचगान गरेर खुसीयाली मनाएका थिए ।

ग्रामीण र दुर्गम गाउँबस्ती रहेको यस गाउँपालिकाभित्र पालिकाको समन्वयमा तिलगङ्गा आँखा प्रतिष्ठानका स्वास्थ्यकर्मीहरूले वडास्तरमा गरेको आँखा जाँच शिविरमा धेरै जनामा मोतियाबिन्दुको समस्या भेटिएपछि शल्यक्रियासहितको शिविर राखेर निःशुल्क उपचार गर्ने प्रबन्ध गरिएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

“दुई महिनाअघि वडा नं २ भगवतीमा गरेको शिविरमा मात्र ४८ जनामा मोतियाबिन्दुको समस्या भएका बिरामी पहिचान भएका थिए, त्यसपछि सबै वडामा आँखा जाँच शिविर राख्यौँ, वडास्तरको शिविरबाट एक सय ४६ जनामा मोतियाबिन्दुको पहिचान भयो, ठूलो सङ्ख्यामा मोतियाबिन्दुका समस्या भएका बिरामी भेटिएपछि विशेषज्ञ टोलीलाई पालिकामै ल्याएर उपचार सेवा दिएका हौँ”, गाउँपालिका अध्यक्ष भण्डारीले भन्नुभयो ।

गाउँमै आँखा उपचारको विशेषज्ञ सेवासहित शिविर सञ्चालन भएपछि सर्वसाधारण नागरिकलाई ठूला सहरमा पुगेर आँखाको शल्यक्रिया गर्नुपर्ने बाध्यता र झन्झट हटेको छभने समय र सम्भावित आर्थिक खर्च पनि बचत भएको छ । बिरामीको आँखाको परीक्षण, मोतियाबिन्दुको निःशुल्क शल्यक्रियासहित चश्मा वितरण गरिएको र निःशुल्क एक सातापछि फलोअप सेवासमेत दिने तयारी गरिएको तिलगङ्गा आँखा प्रतिष्ठान अस्पतालका नेत्र अधिकृत मनकृष्ण डङ्गोलले जानकारी दिनुभयो ।

शिविरमा बिरामीको दृष्टिसँगै मधुमेह, उच्चरक्तचाप, रगतलगायत परीक्षण र जाँच पनि गरिएको थियो । शिविरमा तिलगङ्गा आँखा अस्पतालका वरिष्ठ नेत्र विशेषज्ञ डा इन्दिरा पौडेल नेतृत्वको नेत्र अधिकृत र स्वास्थ्यकर्मी र रघुगङ्गा गाउँपालिकाका स्वास्थ्यकर्मीसमेतको टोलीले उपचार, परामर्श तथा औषधि वितरण सेवा दिनुभएको थियो ।

Previous Post

माछा बेचेर वार्षिक डेढ करोड आम्दानी

Next Post

चौबीस वर्षदेखि न्यायको पखाईमा शुक्लाफाँटा आरक्ष विस्थापित

metakhabar

metakhabar

सम्बन्धित खबर

जेलमा रहेका कैदीलाई श्रममा लगाउने तयारीमा बालेन सरकार
फिचर-ब्यानर

जेलमा रहेका कैदीलाई श्रममा लगाउने तयारीमा बालेन सरकार

२१ असार २०८३,
१४ वर्षपछि फेरि उही पीडा : ध्रुवे हात्ती’को आक्रमणमा एउटै परिवारका चार सदस्यको ज्यान
फिचर-ब्यानर

१४ वर्षपछि फेरि उही पीडा : ध्रुवे हात्ती’को आक्रमणमा एउटै परिवारका चार सदस्यको ज्यान

२१ असार २०८३,
गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ
फिचर-ब्यानर

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

२१ असार २०८३,
एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
फिचर-ब्यानर

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

२१ असार २०८३,
विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका
अन्तर्राष्ट्रिय

विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका

२१ असार २०८३,
निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा
अन्तर्राष्ट्रिय

निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा

२१ असार २०८३,
Load More
Next Post
चौबीस वर्षदेखि न्यायको पखाईमा शुक्लाफाँटा आरक्ष विस्थापित

चौबीस वर्षदेखि न्यायको पखाईमा शुक्लाफाँटा आरक्ष विस्थापित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In