• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    बाढीका कारण त्रिविका व्यवस्थापन संकायका परीक्षा स्थगित

    लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान

    यी ६ प्रदेशमा आज भारी वर्षाको सम्भावना

    त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

    त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

    भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

    भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

    ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

    ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

    आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

    आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ट्रम्पले हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना गर्न किन लगाए रोक ?

metakhabar by metakhabar
९ जेष्ठ २०८२,
0
ट्रम्पले हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना गर्न किन लगाए रोक ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डु- ट्रम्प प्रशासनले अमेरिकाको सबभन्दा पुरानो विश्वविद्यालयसँग उसको चर्किएको असमझदारीका माझ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने हार्वर्डको अनुमतिलाई रोक लगाइदिएको छ।

अमेरिकाको आन्तरिक मामिला हेर्ने मन्त्रालय डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीकी प्रमुख क्रिस्टी नोमले सामाजिक सञ्जाल एक्समा लेख्दै प्रशासनले कानुनसम्मत काम गर्न विफल भएकाले हार्वर्डको स्टुडेन्ट एन्ड एक्सचेन्ज भिजिटर प्रोग्राम सर्टिफिकेशन खारेज गरिएको उल्लेख गरेकी छन्। यो देशभरिका सबै विश्वविद्यालय तथा शैक्षिक केन्द्रहरूका निम्ति एक चेतावनी पनि रहेको उनले जनाएकी छिन् ।

हार्वर्डले हिंसा तथा यहुदीविरोधी भावना फैलन दिएको तथा उसका क्याम्पसमा चिनियाँ कम्युनिस्ट पार्टीसँग समन्वय गरेको आरोप नोमको छ ।

भर्ना भइसकेका विदेशी विद्यार्थीहरूले अब अन्य विश्वविद्यालयमा ट्रान्सफर लिनु पर्ने उनले सुझाव दिएकी छिन् । हार्वर्डले सरकारको उक्त कदम गैरकानुनी भएको प्रतिक्रिया दिएको छ। हार्वर्डमा १४० भन्दा धेरै देशबाट विद्यार्थीहरू अध्यन गर्छन् ।

ट्रम्प प्रशासनको निर्णयले उक्त विश्वविद्यालयमा अध्ययनरत हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रभाव पर्न सक्छ। गत शैक्षिक वर्ष हार्वर्डमा ६,७०० विदेशी विद्यार्थी भर्ना भएको आँकडा विश्वविद्यालयले दिएको छ। उसको कुल विद्यार्थी सङ्ख्याको त्यो २७ प्रतिशत हो।

सरकारको कदमबारेको समाचार बिहीवार फैलिएसँगै हजारौँ विद्यार्थीहरूमाझ त्रास र निराशा फैलिएको छ । हार्वर्ड र ह्वाइट हाउसबीचको द्वन्द्वमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई गोटी सरह व्यवहार गरिएको विद्यार्थीहरूले बताएका छन् ।

ट्रम्प प्रशासनले दर्जनौँ विश्वविद्यालयहरूमा छानबिन पनि गरेको छ । न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयसहित कतिपयलाई आफ्ना नीति मान्न बाध्य पार्न सफल भएको छ।

तर अप्रिलमा हार्वर्ड पहिलो विश्वविद्यालय बन्यो जसले ट्रम्प प्रशासनको भनाइ मानेन र उल्टै मुद्दा हाल्यो। प्रशासनले आफ्ना मागहरूका लामो सूची पठाएको थियो। पछि त्यो सूची गल्तीले पठाइएको ह्वाइट हाउसले भनेको थियो।

उसले हार्वर्डलाई क्याम्पसमा हुने यहुदीविरोधी भावनासँग लड्न भर्ना, अध्यापनसहितका अभ्यासहरूमा परिवर्तन गर्न भनेको थियो। नत्र विश्वविद्यालयको करछुट पाउने हैसियत उल्ट्याइदिने तथा अर्बौँ डलरको कोष रोक्का गरिदिने धम्की प्रशासनले दिएको थियो।

Previous Post

नेसपा फुट्यो, श्रेष्ठ समूहले जेठ १२ गते माओवादीसँग एकता गर्ने

Next Post

सेनाको ३ तारे बन्न खोजेका जर्नेल बानियाका लागि सेनापति दाहिने नभएपछि अवकाश

metakhabar

metakhabar

सम्बन्धित खबर

जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि
समाचार

बाढीका कारण त्रिविका व्यवस्थापन संकायका परीक्षा स्थगित

११ भदौ २०८३,
लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान
समाचार

यी ६ प्रदेशमा आज भारी वर्षाको सम्भावना

११ भदौ २०८३,
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए
फिचर-ब्यानर

त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

११ भदौ २०८३,
भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
समाचार

भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

११ भदौ २०८३,
‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’
फिचर-ब्यानर

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

११ भदौ २०८३,
आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने
फिचर-ब्यानर

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

११ भदौ २०८३,
Load More
Next Post
सेनाको ३ तारे बन्न खोजेका जर्नेल बानियाका लागि सेनापति दाहिने नभएपछि अवकाश

सेनाको ३ तारे बन्न खोजेका जर्नेल बानियाका लागि सेनापति दाहिने नभएपछि अवकाश

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In