• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सशस्त्र प्रहरीमा बढ्दै छन् गोताखोर तालिम प्राप्त जनशक्ति

metakhabar by metakhabar
८ जेष्ठ २०८२,
0
सशस्त्र प्रहरीमा बढ्दै छन् गोताखोर तालिम प्राप्त जनशक्ति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कुरिनटार (चितवन) : सीमा तथा आन्तरिक सुरक्षा, राजस्व चुहावट नियन्त्रण र विपद् व्यवस्थापनको मुख्य जिम्मेवारीसहित राष्ट्र सेवामा खटिइएको सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन तालिम प्राप्त जनशक्तिको उत्पादनमा पनि आफूलाई अब्बल बनाउँदै लगेको छ ।

विपद्मा फसेका नागरिकको उद्धारमा खटिने जनशक्तिलाई तालिम दिलाउन विदेशी मुलुकको भर पर्नुपर्ने बाध्यात्मक अवस्थालाई अन्त्य गर्दै सशस्त्र प्रहरीले चितवनको कुरिनटारस्थित आफ्नै नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट आफ्ना जनशक्तिलाई विभिन्न तालिम प्रदान गर्दै आइरहेको छ ।

सो शिक्षालयबाट छ हप्ताको गोताखोर तालिम लिएका २० जना सशस्त्र प्रहरी कर्मचारी आज गृहमन्त्री रमेश लेखकबाट प्रमाणपत्र र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट गोताखोर ‘ट्याग’ प्राप्त गरेका छन् । सशस्त्र प्रहरी बल नेपालमा पहिलो पटक २०६९ सालमा बङ्गलादेशबाट २५ जनाले गोताखोर तालिम प्राप्त गरेका थिए ।

नेपालमा समेत पहिलो पटक २०७६ सालदेखि गोताखोर तालिम दिन सुरू गरिएको हो । सशस्त्र प्रहरी बलमा गोताखोर तालिम प्राप्त जनशक्ति एक सय २८ पुगेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले राससलाई जानकारी दिनुभयो ।

तालिमको दौरानमा प्रशिक्षार्थीलाई चितवनको कुरिनटारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराइएको थियो । गोताखोर तालिम प्राप्त जनशक्ति बढेसँगै पानीजन्य घटना दुर्घटनामा परेका नागरिकको उद्धारमा मद्दत पुग्ने विश्वास गरिएको छ ।

गोताखोर तालिम प्राप्त टोली सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरी, नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं ६ महेश्वरी बाहिनी मुख्याल सुर्खेत, नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा परिचालित छन् ।

त्यसैगरी नं ३ कङ्कालिनीमाई गण मोरङ, नं १७ गण चितवन, नं २४ कालिका गण कास्की, नं २० विपद् उद्धार गण सिनामङ्गल, नं ४२ रिजर्भ गण बाँके र विपद् व्यवस्थापन वेश खुर्कोट सिन्धुलीमा समेत तैनाथ रहेका छन् । सो टोली विपद्मा परेका आम नागरिकहरूको सहयोग तथा उद्धारमा खटिँदै आएका छन् ।

Previous Post

आज देशभर आंशिकदेखि साधारणतया बदली हुने

Next Post

पोखरा विमानस्थल निर्माणबारे छानबिन गर्न अख्तियारलाई पत्राचार

metakhabar

metakhabar

सम्बन्धित खबर

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा
खेलमैदान

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

१५ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१५ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

१५ असार २०८३,
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
आवाज

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

१५ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१५ असार २०८३,
Load More
Next Post
ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख

पोखरा विमानस्थल निर्माणबारे छानबिन गर्न अख्तियारलाई पत्राचार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In