• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

    खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीनविरुद्धको गठबन्धनलाई बलियो बनाउँदै अमेरिका र जापान

by
१ माघ २०७९,
0
चीनविरुद्धको गठबन्धनलाई बलियो बनाउँदै अमेरिका र जापान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वाशिङ्टन । इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति बाइडेनसँग भेट गरेका छन् । सो अवसरमा दुई देश बीचको गठबन्धनलाई थप बलियो बनाउने विषयमा सहमति भएको बताइएको छ । दुवै पक्षले सुरक्षा रणनीतिबारे छलफल गरेको जापानको एनएचके वर्ल्डले उल्लेख गरेको छ ।

ह्वाइट हाउसमा भएको भेटमा प्रधानमन्त्री किशिदा र राष्ट्रपति बाइडेन बीच दुई घन्टा लामो कुराकानी भएको थियो । सो वार्तामा किशिदाले जापानले आफ्नो सुरक्षा रणनीतिमा उल्लेखनीय परिवर्तन गरेको बताएका थिए ।

सो परिवर्तित नीतिहरूमा उल्लेख्यरूपमा रक्षा बजेटमा वृद्धि र काउन्टर स्ट्राइकको योजना लगायतका विविध विषय समावेश छन् । क्षेत्रीय शान्ति र सुरक्षा कायम गर्न जापानी प्रधानमन्त्रीले जापानको सुरक्षा रणनीतिमा जोड दिएकाले सुरक्षा वातावरण पहिलेभन्दा धेरै गम्भीर र जटिल भएको उल्लेख गरेको एनएचके वर्ल्ड उल्लेख गरेको छ ।

राष्ट्रपति बाइडेन र जापानी प्रधानमन्त्रीले ताइवान स्ट्रेटमा द्वन्द्वबाट बच्न आफ्नो प्रतिबद्धता दोहोर्याएको बैठकपछि व्हाइट हाउसले शुक्रबार जारी गरेको संयुक्त विज्ञप्तिमा जनाइएको छ । ‘हामी ताइवानमा हाम्रा आधारभूत अडानहरू अपरिवर्तित रहने कुरामा जोड दिन्छौं साथै अन्तर्राष्ट्रिय समुदायमा सुरक्षा र समृद्धिको अपरिहार्य तत्त्वको रूपमा ताइवान स्ट्रेटमा शान्ति र स्थिरता कायम राख्ने महत्त्वलाई दोहोर्‍याउँदछौं,’ ह्वाइट हाउसले भनेको छ ।

अगस्टको शुरुमा अमेरिकी पूर्व सभामुख न्यान्सी पेलोसीले चीनलाई आक्रोशित पार्दै ताइवानको भ्रमण गरेपछि ताइवान वरपरको स्थितिमा सुरक्षा संवेदनशीलता बढेको थियो । यसैगरी पछिल्ला महिनाहरूमा फ्रान्स, जापान र अन्य पश्चिमी देशहरूले पनि यस टापुमा आफ्ना प्रतिनिधि मण्डलहरू पठाएर सुरक्षा संवेदनशीलतालाई थप पेचिलो बनाएका थिए ।

ह्वाइट हाउसको विज्ञप्ति अनुसार राष्ट्रपति बाइडेनले जापानको नयाँ राष्ट्रिय सुरक्षा रणनीति, राष्ट्रिय रक्षा रणनीति र रक्षा निर्माण कार्यक्रमको पनि प्रशंसा गरेका छन् । यसैबीच कोभिड–१९ महामारी लगायतका विषयमा पर्याप्त र पारदर्शी डेटा उपलब्ध गराएर विश्वभरका जनस्वास्थ्य अधिकारीहरूलाई मद्दत गर्न पनि अमेरिका र जापानका नेतद्वयले चीनलाई विशेष आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ ‘हामी चीनलाई कोभिड–१९ को फैलावट सम्बन्धी पर्याप्त पारदर्शी एपिडेमियोलोजिकल र भाइरल जीनोमिक अनुक्रम डेटा सार्वजनिक गर्न पनि आह्वान गर्दछौं । जसले विश्वभरका जनस्वास्थ्य अधिकारीहरूलाई महामारिको फैलावट कम गर्न र कुनै पनि सम्भावित नयाँ भेरियन्टहरू पहिचान गर्न सहयोग पुर्याउँने छ ।’

Previous Post

यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त

Next Post

यतिको जहाज दुर्घटनाः चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको पुष्टि

सम्बन्धित खबर

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु
समाचार

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

६ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

६ चैत्र २०८२,
खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल
समाचार

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

६ चैत्र २०८२,
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
फिचर-ब्यानर

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो
फिचर-ब्यानर

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

६ चैत्र २०८२,
Load More
Next Post
यतिको जहाज दुर्घटनाः चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको पुष्टि

यतिको जहाज दुर्घटनाः चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको पुष्टि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In