• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सामाजिक बन्धनबाट मुक्त हुने ‘थच्याङ’ हिमाली संस्कृति

metakhabar by metakhabar
२३ बैशाख २०८२,
0
सामाजिक बन्धनबाट मुक्त हुने ‘थच्याङ’ हिमाली संस्कृति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ, २३ वैशाखः जिल्लाको बारागुङ मुक्तिक्षेत्र-३ ताङ्वेमा बसोबास गर्ने ताङ्वे गुरुङ समुदायको थच्याङ मौलिक संस्कृति हो । थच्याङ संस्कृति कुनै पर्व नभई व्यक्तिको उमेर हद कट्यो भन्ने सन्देश प्रवाह गर्ने संस्कार हो । ताङ्वे गुरुङ समुदायमा ५७ वर्ष कटेपछि त्यस्ता व्यक्तिले स्वेच्छिक रूपमा थच्याङ गर्छन् ।

‘थच्याङ’को शाब्दिक अर्थ सामाजिक बन्धनबाटमुक्त हुनु हो । यो संस्कृति हिमाली भेकका ताङ्वे गुरुङ समुदायको सदियौँदेखि चल्दै आइरहेको पुरानो सांस्कृतिक प्रचलनका रूपमा लिने गरिएको छ ।

मुस्ताङमा अझै पनि मुखियाप्रथा विद्यमान छ । मुखियाको अगुवाइमा हरेक सामाजिक कामकाज सम्पन्न हुने गर्छ । गाउँसमाजको बैठक, भेला, खेतीपातीको काजदेखि गाउँमा हरेक कामका सूचना प्रवाह गर्ने कटुवाल (छो) लगायतको काम आलोपालो रूपमा समाजमा बस्नेले गर्नुपर्ने हुन्छ । समाजले तोकेको जिम्मेवारी पूरा नगरेमा वा कुनै कार्यहरूमा अनुपस्थित भएमा समाजलाई जरिवाना तिर्नुपर्ने हुन्छ ।

समाजले तोकेको यस प्रकारका जिम्मेवारीबाट छुटकारा पाउन ताङ्वे समुदायका गुरुङले ५७ वर्ष पुगेपछि थच्याङ गर्ने प्रचलन अझै जीवन्त रहेको ताङ्वे समाजकी अगुवा सङ्गीता ताङ्वे गुरुङले जानकारी दिनुभयो ।

“हाम्रो समाजमा ५७ वर्ष नपुगिकन थच्याङ गर्न पाइँदैन, थच्याङ गरेपछि सामाजिक कार्यबाट मुक्त भयो भन्ने सन्देशसहितको संस्कृति हो”, गीता ताङ्वे गुरुङले भन्नुभयो, “गाउँले बोलाएको र तोकेको जिम्मेवारीबाट थच्याङ गर्ने व्यक्तिमुक्त हुन्छ, यद्यपि स्वेच्छिक रूपमा काम गर्ने व्यक्तिलाई थच्याङले अवरोध पार्दैन ।” उहाँका अनुसार ताङ्वे समाजमा ५७ वर्ष पुगेको उत्सव थच्याङ सबैका लागि अनिवार्य हुँदैन ।

यो समुदायमा सक्नेले थच्याङ गर्छन्, नसक्ने व्यक्तिलाई थच्याङ गर्नुपर्छ भन्ने अनिवार्य नहुने ताङ्वे समाजकी अगुवा सङ्गीताले उल्लेख गर्नुभयो । उहाँका अनुसार थच्याङ व्यक्ति र परिवारसँग जोडिएको एक पृथक संस्कृति हो ।

पहिलापहिला बिहेबारी धुमधामले गर्न नसकेकाहरूले जीवनको उत्तराद्र्धमा थच्याङ संस्कृतिमार्फत उत्सवका रूपमा मनाउने परम्परा रहेको समाजकी सङ्गीताले जानकारी दिनुभयो । “यो प्रचलन ताङ्वे गुरुङ समुदायमा मात्रै सीमित छैन । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गतका १९ वटै गाउँका गुरुङ समुदायले स्वेच्छिक रूपमा ५७ वर्ष कटेपछि थच्याङ पर्व मनाउने प्रचलन छ”, उहाँले भन्नुभयो ।

यो संस्कृति गर्दा कुलदेवताको पूजा गर्ने प्रचलन छ । थच्याङ दुई दिनसम्म चल्छ । यस अवधिमा हिमालको कुलदेवतादेखि समुन्द्रभित्रसम्म सांस्कृतिक प्रचलनअनुसार गीत गाउँदै बिदा माग्ने गरिन्छ । संसारिक दुनियाँको प्राणी जगत्, वनस्पतिलगायत छुटकारा पाउने संस्कृति प्रचलन थच्याङ हो । थच्याङ गर्ने व्यक्ति र परिवारलाई गाउँसमाजले ठेकीमा छ्याङ (रक्सी) र खादा लगेर पहिलो आर्शिवाद दिने गरिन्छ ।

त्यसपछि ताङ्वे समुदाय र अन्य साथीभाइ इष्ट्रमित्रहरूले खादा लगाइदिएर आर्शिवाद दिने प्रचलन रहेको सङ्गीताले उल्लेख गर्नुभयो । “आर्शिवाद दिँदा पुरुष व्यक्ति ९९ वर्ष र महिला व्यक्ति ८९ वर्ष बाँचोस् भन्ने कामना गरिन्छ । ताङ्वे समाजमा बिहेबारी गर्दा पुरुषभन्दा महिलाको उमेर १० वर्ष कम हुनुपर्छ भन्ने सांस्कृतिक मान्यता छ”, उहाँले भन्नुभयो ।

थच्याङको दोस्रो तथा अन्तिम दिन समापन हुँदा ५७ वर्ष पुगेका व्यक्ति र उहाँका परिवारलाई घोडामा चढाएर गाउँ परिक्रमा गराइन्छ । घोडामा चढाउँदै समाज र सबैसामु सामाजिक कामबाट मुक्त भएको सन्देश दिने थच्याङ संस्कृतिको मुख्य विशेषता रहेको उहाँले बताउनुभयो ।

यसैबीच, सोमबार मुस्ताङको जोमसोममा थच्याङ संस्कृति झल्किने गरी परिक्रमा गरिएको छ । समाजका ५७ वर्ष कटेका व्यक्तिको बिदाइमा कुलदेवतालाई सम्झदै ‘जीवनको गतिशील कर्मबाट मुक्त भयो’ भन्दै ताङ्वे सांस्कृतिक गुरुङ भाषामा गीत गाउँदै पुरुष र महिलाले गाउँ परिक्रमा गराइएको हो ।

ताङ्वे समुदायले थच्याङ गर्दा स्वदेश तथा विदेशमा बस्ने सबै समुदायका मानिस एक ठाउँमा भेला हुने भएकाले यसले छरिएर रहेका समुदायलाई एकापसमा जोड्ने पुलको काम गरिरहेको स्थानीय देवसिंह ताङ्वेले जानकारी दिनुभयो । उहाँका अनुसार यो संस्कृतिमा समुदायका महिला तथा पुरुष स्थानीय मौलिक वेषभूषा र गरगहना लगाएर चिटिक्क सजिसजाउ हुने गर्दछन् । नाचगान गरेर आपसमा रमाइलो गरी यसलाई उत्सवका रूपमा मनाउने प्रचलन रहेको उहाँको भनाइ छ ।

Previous Post

विदेश पलायन हुने विद्यार्थी रोक्न शैक्षिक नीति निर्माण गर्नुपर्नेमा जोड

Next Post

पर्यटकीय गन्तव्य बन्दै ‘घटालथान’

metakhabar

metakhabar

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
पर्यटकीय गन्तव्य बन्दै ‘घटालथान’

पर्यटकीय गन्तव्य बन्दै ‘घटालथान’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In