• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यकः राष्ट्रपति

metakhabar by metakhabar
२२ बैशाख २०८२,
0
राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यकः राष्ट्रपति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन सूचनाको हकले व्यापकता पाउँदै आएको बताएका छन ।

“राज्यको लगानीमा जनताको निगरानी भएन भने मुलुकमा कुशासन मौलाउँछ, विधिको शासन अवरुद्ध हुन्छ र सरकार तथा सार्वजनिक निकायमा स्वेच्छाचारिता बढ्छ, लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन विश्वव्यापी रुपमा सूचनाको हकको आन्दोलनले व्यापकता पाउँंदै आएको छ”, राष्ट्रपति पौडेलले राष्ट्रिय सूचना आयोगको १८ औं स्थापना दिवसका अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन ।

जबसम्म सरकार र सार्वजनिक निकायको सूचनामा  नागरिकको पहुँच सुनिश्चित हुँदैन, तबसम्म लोकतन्त्रको संस्थागत विकास सम्भव नहुने धारणा उनको धारणा रहेको छ ।  “लोकतन्त्रको लाभ नागरिकसम्म पु¥याउन उनीहरूको सशक्तीकरण आवश्यक हुन्छ, जबसम्म सरकार र सार्वजनिक निकायको सूचनामा  नागरिकको पहुँच सुनिश्चित हुँदैन, तबसम्म लोकतन्त्रको संस्थागत विकास सम्भव हुन्न”, उनले भने ।

राष्ट्रपति पौडेलले नागरिकको करबाट उठेको सार्वजनिक कोषबाट गरिने खर्च र सरकारको कामकारवाही नागरिकप्रति जवाफदेही हुनै पर्दछ भन्ने सिद्धान्तको जगमा सूचनामा नागरिकको पहुँचको अधिकारलाई आधुनिक लोकतान्त्रिक राज्यहरूले संरक्षण गरेको बताए ।

पारदर्शिता र जवाफदेहिता सहभागितामूलक लोकतन्त्रको आधारभूत आवश्यकता भएको उनको भनाइ थियो । उनले सार्वजनिक सूचनामा नागरिकको पहुँचले वेथिति र अनियमितता नियन्त्रण, स्वेच्छाचारिता र दण्डहिनताको अन्त्य, भ्रष्टाचारको रोकथाम र नियन्त्रण, सुशासनको प्रत्याभूति, विधिको शासनको सुनिश्चितता एवं मानव अधिकारको संरक्षणमा सहयोग पुग्ने बताए । “त्यही भएर भन्ने गरिन्छ सूचना नै लोकतन्त्रको प्राण वायु हो”, राष्ट्रपति पौडेलले भने ।

सूचनाको हकले सरकार र सार्वजनिक निकायको काम, कारवाहीप्रति नागरिकको परीक्षण र मूल्यांकन गराउँछ भन्दै उनले यसबाट नै सरकार प्रतिको विश्वास अभिवृद्धि हुनेमा जोड दिए ।  “यसकारण पनि सार्वजनिक निकायका काम, कारवाहीको परीक्षण र निगरानी गर्न सूचनाको हकको प्रभावकारी कार्यान्वयन अत्यावश्यक छ, सुसूचित समाजले मात्रै लोकतन्त्रलाई क्रियाशील गराउँछ भन्ने हामी सबैले मनन गरौं”, राष्ट्रपति पौडेलले भने ।

सूचनाको हकको प्रयोगमा  आकर्षण बढ्दै जानु हाम्रो लोकतान्त्रिक अभ्यासको सुखद् पक्ष रहेको तर पनि संविधान र कानूनले राखेको पवित्र उद्देश्य पूरा हुने अवस्था अझै बनिसकेको छैन भन्दै उनले झै पनि कैयौ नेपाली जनता आफ्नो यो मौलिक हकबारे अनभिज्ञ छन्, यसका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन जरुरी रहेकोमा उनको जोड छ । “यसमा आपूर्ति पक्ष जति संवेदशनशील हुन आवश्यक छ, त्यो भन्दा बढी जनता आफैं आफ्नो अधिकार प्राप्त गर्न तयार देखिउन् भनेर उनीहरूमा जागरण ल्याउन अत्यन्त आवश्यक छ भन्ने म ठान्दछु”, उनले भने ।

स्वभाविक रुपमा सबै सूचना सार्वजनिक हुँदैनन् भन्दै उनले कानूनमा व्यवस्था भएका अति संवेदनशील पाँच प्रकारका सूचना संरक्षण गरेर राखिने विषयहरू पनि जनताकै हितका लागि हुन् भन्ने पनि भुल्न नहुने उनको भनाइ थियो ।

Previous Post

पोखरा–मुग्लिन सडक विस्तार : विद्युत् पोल एक साताभित्र हटाइँदै

Next Post

ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख

metakhabar

metakhabar

सम्बन्धित खबर

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ
फिचर-ब्यानर

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

२८ बैशाख २०८३,
गुडिया र अचार बनाएर आर्जन गर्दै महिला
समाचार

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

२८ बैशाख २०८३,
गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत
समाचार

गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

२८ बैशाख २०८३,
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि
खेलमैदान

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

२८ बैशाख २०८३,
‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ
समाचार

‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

२८ बैशाख २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

२८ बैशाख २०८३,
Load More
Next Post
ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख

ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In