• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पोखरामा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त, ठेक्का अवधि सकिन चार महिना बाँकी

metakhabar by metakhabar
२१ बैशाख २०८२,
0
पोखरामा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त, ठेक्का अवधि सकिन चार महिना बाँकी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी। पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम तीनवर्षे ठेक्का अवधि सकिन चार महिना मात्र बाँकी रहँदा पनि सुस्त गतिमा अघि बढेको छ। हालसम्म पुलको भौतिक प्रगति ४४.६६ प्रतिशत मात्र रहेको छ। पोखरा–मुग्लिन सडक खण्डमा पर्ने यो पुलको ठेक्का अवधि आगामी भदौमा सकिँदै छ। विसं २०७९ साउनमा रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो।

पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)का प्रमुख कृष्णबहादुर कुँवरले पुल निर्माण सम्पन्न हुन अझै एक वर्ष लाग्ने बताए। “मापदण्डभित्रका संरचना हटाउन खोज्दा अवरोध आएकाले सुरुको चरणमा निर्माणले गति लिन सकेन, पुलको डिजाइन स्वीकृत हुन पनि समय लाग्यो,” उनले भने, “पुलका लागि चाहिने केबल लगायतका सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले काममा ढिलाइ भइरहेको हो।”

‘केबल–स्टेड’ प्रविधिको यो पुलमा चारवटा जगको काम सकिएको उनले जानकारी दिए। तीनवटा टावर निर्माण भइसकेको र एउटा निर्माणाधीन अवस्थामा रहेको प्रमुख कुँवरले बताए। आकर्षक डिजाइनमा बन्ने यो ‘सिग्नेचर’ पुलको जग निर्माणमा बढी समय लागे पनि टावर लगायत माथिल्लो संरचनाको काम छिट्टै सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ। छ लेनको यो सडकमा अहिले रहेको चाइना पुलको तल र माथि गरी दुईवटा आकर्षक ‘सिग्नेचर’ पुल बन्ने प्रमुख कुँवरले बताए।

एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत यो पुल निर्माण भइरहेको हो। भ्याटबाहेक ९४ करोड रुपैयाँको ठेक्कामा रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको काम गरिरहेको छ। ‘सिग्नेचर’ पुल बनेपछि पर्यटकीय नगरी पोखराको आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ। पुरानो प्रविधिको तुलनामा अहिले बन्न लागेको पुल डिजाइनका हिसाबले निकै आकर्षक रहेको बताइएको छ।

एक सय ९० मिटर लामो यो पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग हुने प्रमुख कुँवरले जानकारी दिए। पुल निर्माण गर्नुअघि विदेशी प्राविधिकसहितको टोलीले पुलको डिजाइन तयार पारेको थियो। पोखरा–मुग्लिन सडक चार लेनमा विस्तार तथा स्तरोन्नति आयोजना अन्तर्गत पोखराको सेती र तनहुँको मादी नदीमा ‘सिग्नेचर’ पुल निर्माणाधीन छन्।

पचास वर्षअघि बनेको पृथ्वी राजमार्ग अन्तर्गतको पोखरा–मुग्लिन सडक २०७८ साल वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम सुरु भएको थियो। निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ। गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिने यो सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन) मा हालसम्म भौतिक प्रगति ८२.९५ प्रतिशत र पश्चिम खण्ड (पोखरा–जामुने) मा ५०.३४ प्रतिशत पुगेको छ।

कुल ४१.४५ किमी दूरीको पूर्वी खण्डमा तीन किमी मात्र कालोपत्र हुन बाँकी छ। कुल ३८.८८ किमी दूरीको पश्चिम खण्डमा हालसम्म ३५.५ किमी एकतर्फी (दुई लेन) सडक कालोपत्र भइसकेको प्रमुख कुँवरले बताए। “करिब तीन किमी सडक एकतर्फी कालोपत्र हुन बाँकी छ, १८ किमी दूरीमा दुईतर्फी नै कालोपत्र भइसकेको छ,” उनले भने, “आउँदो असारभित्रमा ३० किमी दूरीमा दुईतर्फी नै कालोपत्र सक्ने लक्ष्य छ।”

Previous Post

घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडक २८ वर्षपछि कालोपत्र

Next Post

सुनको मुल्य बढ्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद
जीवन शैली

१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

१ चैत्र २०८२,
आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
आवाज

चितवनमा तेरीको उत्पादन घट्यो

१ चैत्र २०८२,
डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
आवाज

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

१ चैत्र २०८२,
साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
Load More
Next Post
सुनको मूल्य घट्यो

सुनको मुल्य बढ्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In