• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    किसानलाई सिँचाइको समस्या

    किसानलाई सिँचाइको समस्या

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

    बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

    धार्मिक महत्वको लुङबुक गुफा

    धार्मिक महत्वको लुङबुक गुफा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रिय तथा अन्तरराष्ट्रिय भलिबलः सेमिफाइनल समिकरण पूरा

metakhabar by metakhabar
२१ बैशाख २०८२,
0
राष्ट्रिय तथा अन्तरराष्ट्रिय भलिबलः सेमिफाइनल समिकरण पूरा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्की : पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा यही वैशाख १८ देखि पोखरा रङ्गगशालाको बहुउद्देश्यीय कभर्ड हलमा सुरु भएको प्रतियोगिताअन्तर्गत आज समूह चरणका खेलहरू सकिएसँगै अन्तिम चारको टुङ्गो लागेको हो ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ र त्रिभुवन आर्मी तथा इरानको टोलीले अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् ।

विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच भएको आजको दोस्रो खेलमा पराजित भए पनि पुलिस सेमिफाइनल प्रवेश गरेको छ । आर्मीले पुलिसलाई ३–१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५–१९ ले गुमाएको आर्मीले पछिल्ला तीन सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्न सफल भयो ।  आर्मीले दोस्रो सेट २५–१४, तेस्रो सेट २५–१७ र चौथो सेट २५–२१ ले जितेको हो । आर्मी र पुलिससँग समान अङ्क रहेको भारतीय टोली सेटका आधारमा प्रतियोगिताबाट बाहिरिएको छ । सेट र अङ्कका आधारमा पुलिस विजेता र आर्मी उपविजेताका रुपमा सेमिफाइनल पुगेका छन् ।

समूह ‘बी’ अन्तर्गत पहिलो खेलमा पुलिसले भारतीय टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । दोस्रो खेलमा भारतीय टोलीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको थियो । आज भएको खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटमा पराजित गरेको हो ।

यसअघि समूह ‘ए’ बाट सशस्त्र प्रहरी बल (एपिएफ) र इरानी टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । आजै सम्पन्न पहिलो खेलमा गण्डकी प्रदेशलाई ३–२ को सेटमा पराजित गर्दै एपिएफले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा जितसँगै एपिएफले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पहिलो सेट १९–२५ ले गुमाएको एपिएफले दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो ।

तेस्रो सेट २३–२५ ले गुमाएको एपिएफले चौथो र पाँचौँ सेटमा पुनरागमन जित निकाल्दै सेमिफाइनल पुगेको हो । एपिएफले चौथो सेटमा २५–१४ ले जित निकाल्दा खेल पाँचौँ सेटमा धकेलिएको थियो । पाँचौँ सेटमा सुरुआतबाटै अग्रता बनाएको एपिएफले १५–११ ले जित दर्ता गरेको हो ।

इरानी टोली समूह विजेता र एपिएफ उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । दुवै खेलमा पराजित भएको घरेलु टोली गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । सेमिफाइनलका खेल आइतबार हुनेछन् ।

पहिलो सेमिफाइनल समूह ‘ए’ को विजेता इरानी टोली र समूह ‘बी’को उपविजेता टिम त्रिभुवन आर्मीबीच हुनेछ । यसैगरी, दोस्रो सेमिफाइनल खेल समूह ‘बी’ विजेता नेपाल पुलिस क्लब र समूह ‘ए’ उपविजेता टोली सशस्त्र प्रहरी बल (एपिएफ) बीच हुने आयोजकले जनाएको छ ।

Previous Post

वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन, भक्तपुरबाट काभ्रे जाने सवारीलाई डाइभर्सन

Next Post

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

metakhabar

metakhabar

सम्बन्धित खबर

किसानलाई सिँचाइको समस्या
समाचार

किसानलाई सिँचाइको समस्या

१ चैत्र २०८२,
रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा
समाचार

रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

१ चैत्र २०८२,
अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो
समाचार

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

१ चैत्र २०८२,
तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान
फिचर-ब्यानर

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

१ चैत्र २०८२,
बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित
समाचार

बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

१ चैत्र २०८२,
धार्मिक महत्वको लुङबुक गुफा
समाचार

धार्मिक महत्वको लुङबुक गुफा

१ चैत्र २०८२,
Load More
Next Post
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In