• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुसका लागि लडिरहेका ६०० उत्तर कोरियाली सैनिक मारिए : सियोलका सांसद

metakhabar by metakhabar
१७ बैशाख २०८२,
0
रुसका लागि लडिरहेका ६०० उत्तर कोरियाली सैनिक मारिए : सियोलका सांसद

OLYMPUS DIGITAL CAMERA

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सियोल । प्योङयाङले मस्कोलाई सहयोग गर्न सेना तैनाथ गरेको आधिकारिक पुष्टि गरेपछि युक्रेनविरुद्ध रुसका लागि लडिरहेका करिब छ सय उत्तर कोरियाली सैनिक मारिएको र हजारौँ घाइते भएको सियोलका एक सांसदले बुधबार बताएका छन् ।

“अहिलेसम्म उत्तर कोरियाली सैनिकहरूको हताहती अनुमानित चार हजार सात सय रहेको छ, जसमा करिब छ सय जनाको मृत्यु भएको छ”, संसद्को गुप्तचर समितिका सदस्य सांसद ली सेओङ–क्वेनले देशको जासुसी एजेन्सीद्वारा दिइएको ब्रिफिङपछि पत्रकारहरूलाई भन्नुभयो ।

उत्तर कोरियाले सोमबार पहिलो पटक रुसमा सेना तैनाथ गरेको पुष्टि गरेको छ । सरकारी समाचार एजेन्सी केसिएनएले प्योङयाङका सैनिकहरूले मस्कोलाई रूसी सीमावर्ती क्षेत्र कुर्स्कमा युक्रेनी नियन्त्रणमा रहेको क्षेत्र पुनः प्राप्त गर्न मद्दत गरेको रिपोर्ट गरेको छ ।

सियोल र वासिङ्टनले प्योङयाङलाई सहयोगका लागि थप सेना र हतियार पठाएको आरोप लगाए पनि दुवै देशबाट महिनौँको आधिकारिक मौनतापछि मस्कोले उत्तर कोरियाको सहभागितालाई छुट्टै पुष्टि गरेको थियो ।

यस वर्ष करिब दुई हजार सैनिकलाई आणविक हतियार भएको उत्तर कोरियामा फिर्ता लगिएको लीले बताउनुभयो । उनीहरूलाई अहिले प्योङयाङ र देशभरका अन्य स्थानहरूमा एकान्तवासमा राखिएको बताइएको छ ।

“मारिएका सैनिकका शवहरू उत्तरमा फिर्ता लैजानुअघि स्थानीय रूपमा कुर्स्कमा जलाइएको बुझिएको छ”, उहाँले भन्नुभयो ।

“उत्तर कोरियाले दुई चरणमा १८ हजार सेना परिचालन गरेर रुसलाई कुर्स्क पुनः कब्जा गर्न सहयोग गर्‍यो“, लीले भन्नुभयो । मार्चदेखि यस क्षेत्रमा झडपको सङ्ख्या घटेको छ ।

उहाँका अनुसार उत्तर कोरियाली सेनाभित्र अत्यधिक मदिरा सेवन र चोरीसहित दुर्व्यवहारका खबरहरू आएका छन् ।

– युद्ध क्षमता उल्लेखनीय रूपमा सुधारिएको –

दक्षिण कोरियाले सैनिक खटाउने कार्यको पटक–पटक आलोचना गरेको छ र युक्रेन विरुद्धको रुसको युद्धमा सहयोग गर्न मिसाइलसहित कन्टेनर–लोड हतियार पठाएकामा उत्तर कोरियाको आलोचना गरेको छ ।

सियोलले दाबी गरे अनुसार बदलामा आणविक–सशस्त्र उत्तर कोरियाले रूसबाट उल्लेखनीय प्राविधिक सहयोग प्राप्त गरेको छ ।

यसबाहेक छ महिनाको लडाइँपछि सियोलको नेसनल इन्टेलिजेन्स सर्भिसले उत्तर कोरियाली सेनाको ‘युद्ध क्षमतामा उल्लेखनीय सुधार भएको’ अनुमान गरेको लीले बताउनुभयो ।

“प्रारम्भिक अनुभवहीनता घटेको छ र उनीहरू ड्रोनसहित नयाँ हतियार प्रणाली प्रयोग गर्नमा बढी दक्ष भएका छन्”, उहाँले भन्नुभयो ।

उत्तर कोरियाले रुसमा थप सैनिकहरू पठाउन सक्छ भन्ने कुरालाई ‘पूर्ण रूपमा अस्वीकार’ गर्न सम्भव नभएको लीले बताउनुभयो ।

उत्तर कोरियाको अभिजात स्टर्म कर्प्सबाट रुस पठाइएको सेनालाई बन्दी बनाउनुको सट्टा आत्महत्या गर्ने आदेश दिइएको सियोलले यसअघि बताएको थियो ।

सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि मस्को र प्योङयाङले आफ्ना सैन्य सहयोग बढाएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको दुर्लभ भ्रमण गर्दा दुई देशले गत वर्ष आपसी रक्षा खण्डसहित व्यापक सैन्य सम्झौतामा हस्ताक्षर गरेका थिए ।

प्योङयाङले गत वर्ष संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको उल्लङ्घन गर्दै ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।

युक्रेनविरुद्ध प्रयोगका लागि रुसलाई निर्यात गर्न आणविक हतियार भएको उत्तर कोरियाले हतियारको परीक्षण गरिरहेको हुन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

Previous Post

बिमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछः प्रधानमन्त्री

Next Post

पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न फोटो यात्रा

metakhabar

metakhabar

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
पूर्वी नेपालको सौन्दर्य र संस्कृतिमा आधारित चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शन हुँदै

पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न फोटो यात्रा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In