• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नियमित रोजगारीमा श्रमिक संख्या घट्दो, आउटसोर्सिङ बढ्दै

metakhabar by metakhabar
१७ बैशाख २०८२,
0
नियमित रोजगारीमा श्रमिक संख्या घट्दो, आउटसोर्सिङ बढ्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नियमित रोजगारीमा रहेका श्रमिकको संख्या घटेको छ। नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)द्वारा आज आयोजित पत्रकार सम्मलेनमार्फत श्रम अडिट प्रतिवेदन २०८१ सार्वजनिक गर्दै नियमित रोजगारीमा रहेका श्रमिकको संख्या अघिल्लो वर्षको तुलनामा १० दशमलव ८४ प्रतिशतले घटेको विश्लेषण प्रस्तुत गरिएको छ।

विसं २०८० मा गरिएको श्रम अडिट प्रतिवेदनमा प्रतिष्ठानको प्रत्यक्ष रोजगारीमा रहेका श्रमिकमध्ये नियमित रोजगारीमा रहेका श्रमिक संख्या५९ दशमलव ७२ प्रतिशत रहेको थियो। तर २०८१ सालमा श्रम अडिट गरिएका प्रतिष्ठानमा ५३ दशमलव ३५ प्रतिशत श्रमिक नियमित रोजगारीमा कार्यरत रहेका छन्। जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले श्रम आपूर्तिकर्तामार्फत कार्यरत श्रमिक संख्या बढेको बताए।  नियमित रोजगारीमा श्रमिकको संख्या घट्नुको मुख्य कारण श्रमिक आपूर्ति (आउटसोर्स) भएको जिफन्टको दाबी छ।

यस्तै वैदेशिक रोजगारको आर्कषणका कारण पनि नियमित रोजगारी घटेको हुनसक्ने बताइएको छ। विसं २०८० मा श्रमिक आपूर्तिकर्ता (आउटसोर्स) कम्पनीमार्फत काम गर्ने श्रमिक नौ दशमलव ९३ प्रतिशत थियो। तर यो वर्ष अर्थात २०८१ सालमा सार्वजनिक प्रतिवेदनले श्रम अडिट गरिएका उद्योग÷प्रतिष्ठानमा आउटसोर्स कम्पनीबाट काम गर्ने श्रमिक १४ दशमलव ९१ प्रतिशत रहेको देखाएको छ।

प्रतिवेदनअनुसार श्रमिक आपूर्तिकर्ता (आउटसोर्स) कम्पनीमार्फत काम गर्ने श्रमिकलाई न्यूनतम पारिश्रमिक र ओभरटाइम आदि आधारभूत सुविधा नदिने कम्पनी ७२ दशमलव ६ प्रतिशत रहेको थियो भने यो वर्ष ७७ दशमलव २ रहेको छ।

उत्पादनमूलक उद्योग/प्रतिष्ठान, गार्मेन्ट, जुट, टेक्सटायल, होटल, ट्रेकिङ, ट्राभल्स, प्रिटिड्ग प्रेस, सहकारी, स्वास्थ्य क्षेत्रका निजी अस्पताल, निजी विद्यालय, निर्माण तथा श्रमिक आपूर्तिकर्ता कम्पनी गरी जम्मा तीन सय २७ वटा प्रतिष्ठानको श्रम अडिट प्रतिवेदनबाट श्रम कानुन कार्यान्वयनको अवस्था अध्ययन विश्लेषण गरी जिफन्टले यस प्रतिवेदन तयार गरेको बताएको छ। श्रम तथा रोजगार कार्यालयले श्रम निरीक्षण गर्दै आएको छ। जिफन्टले पनि श्रमिकसँग छलफल गरी अध्ययन विश्लेषण गरी श्रम अडिट प्रतिवेदन सार्वजनिक गर्दै आएको छ।

श्रम कानुन कार्यान्वयनको अवस्था विश्लेषण गरिएको यस प्रतिवेदनका अनुसार कार्यगत रोजगारीमा गत वर्ष ६ दशमलव १९ प्रतिशत श्रमिक कार्यरत रहेको देखिएको थियो। यस वर्षको प्रतिवेदनले श्रम अडिट गरिएका उद्योग/प्रतिष्ठानमा कार्यगत रोजगारीमा ५ दशमलव ५१ प्रतिशत रहेका छन्।

त्यस्तै समयगत रोजगारीमा कार्यरत श्रमिक संख्यागत वर्ष ५ दशमलव ५२ प्रतिशत रहेको थियो। यो वर्ष समयगत रोजगारीमा कार्यरत श्रमिक संख्या ८ दशमलव ५८ प्रतिशत रहेको छ। आंशिक समय रोजगारीमा गत वर्ष एक दशमलव ७३ प्रतिशत श्रमिक कार्यरत रहेका थिए। यो वर्ष आंशिक समय रोजगारीमा कार्यरत श्रमिक संख्या एक दशमलव ४८ प्रतिशत रहेको छ।

यसैगरी आकस्मिक तथा अन्य रोजगारीमा कार्यरत श्रमिक गत वर्ष तीन दशमलव ९७ प्रतिशत थियो। यो वर्ष चार दशमलव ६६ प्रतिशत रहेको छ। रोजगार सम्झौता गरेर वा नियुक्तिपत्र दिएर श्रमिकलाई काममा लगाउने उद्योग/प्रतिष्ठान संख्या गत वर्ष ६५ प्रतिशत रहेको थियो भने यसवर्ष ६० दशमलव १ प्रतिशत रहेको छ। यो वर्ष रोजगार सम्झौता गरेर श्रमिकलाई काममा लगाउने उद्योग/प्रतिष्ठान करिब पाँच प्रतिशतले घटेको छ।

‘यस विश्लेषणले श्रम निरीक्षण अनुगमन गर्ने निकाय श्रम प्रशासन फितलो बन्दै गएको पुष्टि हुन्छ’, अध्यक्ष श्रेष्ठले भने।

Previous Post

क्यानाडाका कार्नीसँग काम गर्न उत्सुक : भारतीय प्रधानमन्त्री मोदी

Next Post

लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो

लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In