• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कोशी पर्यटन वर्षः घुम्न लायक १० गन्तब्य

by
१० बैशाख २०८२,
0
कोशी पर्यटन वर्षः घुम्न लायक १० गन्तब्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कोशी प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन वर्ष घोषणा गरेको छ। कोशी प्रदेशको विकास, समृद्धि र पर्यटन प्रवद्र्धनका लागि आधारशीला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गरिएको हो।

कोशी प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिहंले गरिसकेका छन्।

नयाँ वर्षका दिन शुभारम्भ गरिएको कोशी पर्यटन वर्षका लागि एक सय बढी गन्तब्यहरु सरकारले नै तयारी गरिसकेको छ। ८२ गन्तब्यहरुको पहिचान गरि सूची नै तयार भएको छ।

नयाँ गन्तब्यहरुको पहिचान गरी सोही अनुसारको पूर्वाधार विकासमा प्रदेश सरकारले योजनाहरु अघि सारिसकेको छ। कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन वर्षलाई सफल बनाएर प्रदेशलाई समृद्ध बनाउने अभियानमा लाग्न अपिल गरेका छन्।

यसै सिलसिलामा कोशी प्रदेशमा रहेका संभावना बोकेका र धेरैको रोजाइमा परेका प्रमुख १० पर्यटकीय गन्तव्यहरुको सूची नेपाल न्यूज बैंकले तयार गरेको छ। प्रदेशमा रहेका १४ जिल्लामध्येबाट छनौट गरिएका गन्तव्य यसप्रकार छन्:

पाथीभरा 

ताप्लेजुङको पाथीभरा कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य मध्ये एक हो। चीन र भारत दुवैसंग सिमाना जोडिएको जिल्ला ताप्लेजुङको पाथीभरा खासगरी हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्तै पवित्र तीर्थस्थल मानिन्छ।

समुद्री सतहबाट करिब ३ हजार ७९४ मिटर उचाइमा अवस्थित पाथिभराका साथै मुकुलुङमामा आफ्नो मनोकामना पूरा हुने विश्वासले यहाँ दर्शन गर्न आउने गरेका छन्। हरियाली वनजंगल, सुन्दर हिमालको दृष्यावलोकनका साथै सांस्कृतिक विविधताले समेत भरिर्पूण पाथीभरा क्षेत्रमा तपाईको गन्तव्यलाई थप मनोरम बनाउन मद्दत पुग्ने नै छ।

मेची राजमार्गको सवारी यात्रा त्यसपछि तीन चार घण्टाको पैदलपछि मन्दिर पुग्न सकिन्छ। उच्च हिमाली भेगमा रहेको यस धार्मिक पर्यटकीय गन्तव्यलाई सफल र मनोरञ्जनात्मक बनाउन तातो लुगा, वर्षातको तयारी, औषधि र आवश्यक खाद्य सामग्री जरुरी पर्छ।

हलेसी

तीन धर्म (हिन्दू, बौद्ध र किरात) को संगमस्थल खोटाङ जिल्लामा अवस्थित हलेसी प्रमुख पर्यटकीय गन्तब्य बन्न सक्छ। समुन्द्र सतहबाट १ हजार ४४४ मिटरको उचाईमा रहेको हलेसी हिन्दूहरुका लागि पूर्वको पशुपतिले समेत परिचित रहेको छ।

किरात समुदायको आदिम भूमि, बौद्धमार्गीहरुका लागि दोस्रो लुम्बिनी आफैंमा प्राकृतिक दृष्टिले समेत यात्रा गर्नैपर्ने स्थानका रुपमा लिन सकिन्छ। यहाँ पनि आफ्नो मनोकांक्षा पुरा गर्नका लागि वर्षेनी लाखौं पर्यटक आउने गर्दछन्।  सवारीसाधनको प्रयोगबाटै पुग्न सकिने हलेसी सहज गन्तव्य समेत बन्न सक्छ। हलेसी क्षेत्रमा आवश्यक वासस्थानको समेत उचित व्यवस्था रहेको छ।

बराहक्षेत्र

धरतीको पहिलो धाम सुनसरीस्थित बराहक्षेत्र धाम पनि यात्राका लागि प्रमुख गन्तब्यका रुपमा पर्न सक्छ। तराईकै जिल्लामा अवस्थित रहेर पनि बराहक्षेत्र यात्राका लागि त्यति कठिन छैन। हिन्दूहरुका लागि प्रमुख धार्मिक गन्तब्य बराहक्षेत्र उचित मान्न सकिन्छ।

यात्राका क्रममा खुवालुङ क्षेत्रका साथै हरियाली वनजंगल र सप्तकोशीको सुन्दर रसपानले मनै आनन्दित हुने दृष्य समेत देख्न सकिन्छ। जुनसुकै समयमा पनि आउन सकिने बराहक्षेत्रमा खासगरी कात्तिक पूर्णिमा, मकर संक्रान्ति, विभिन्न एकादशीहरुमा समेत मेला लाग्ने गर्दछ।

भेडेटार

धनकुटा जिल्लाको साँघुरीगढी गाउँपालिकामा रहेको भेडेटार कोशी प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्र हो। यातायातको सहज पहुँच, चिसो सुन्दर हावापानी, भौतिक संरचनाका साथै रमणीय ठाउँहरुको अवलोकनका लागि मानिसहरु भेडेटार आउने गर्दछन्। स्काईवाक, जिपलाईन, नमस्ते झरना, राजारानी पोखरी, त्यहाँको पाथीभरा मन्दीरको दर्शन, भ्यू टावरका साथै होमस्टेको लागि भेडेटारलाई यात्राका रुपमा गन्तब्य बनाउन सकिन्छ। प्रदेशको राजधानी विराटनगरबाट मात्र ४३ किलोमिटर उत्तरमा रहेको भेडेटार सहज र सुलभ पर्यटकीय क्षेत्र समेत हो। यस क्षेत्र अध्ययन तथा अवलोकनकाका साथै शैक्षिक भ्रमणका लागि समेत उपयुक्त क्षेत्रका रुपमा लिन सकिन्छ।

इलाम

कोशी प्रदेशको पूर्वी पहाडी जिल्ला इलाम आफैंमा एक पर्यटकीय एक पर्यटकीय गन्तब्य हो। कोशी प्रदेशलाई सुर्योदयको प्रदेश भनिएझैं इलामबाटै सुर्योदय हेर्न सकिन्छ। विहानीको सुरुवात नै इलामले गर्ने भएकाले पनि इलाम आफैंमा विशेष छ।  चिया बगान, अन्तु डाँडा, सन्दकपुर, माईपोखरी, सिद्धिथुम्का जस्ता पर्यटकीय गन्तब्य इलामले प्याकेजका रुपमा पाएको छ। यसका अलावा इलामलाई अध्ययन तथा अवलोकनकाका साथै शैक्षिक भ्रमणका लागि समेत उपयुक्त क्षेत्रका रुपमा लिन सकिन्छ। होमस्टे, होटलका साथै रिर्सोटहरु समेत उचित प्रवन्ध भएको इलाम मेची राजमार्ग हुँदै यातायातको समेत सहज पहुँच राख्न सकेको छ। अनुकुल हावापानी र रमणीय दृष्य र न्यानो आतिथ्यताले समेत मन लोभ्याउन सक्छ।

साल्पा पोखरी

साल्पा पोखरीलाई प्रदेशको प्रमुख गन्तव्यका रुपमा लिन सकिन्छ। भोजपुर जिल्लामा रहेको हिन्दू, बौद्ध र किँरात धर्मालम्वीहरुको प्रमुख गन्तव्यका रुपमा लिइने पोखरी प्राकृतिक विविधताले भरिपूर्ण छ। तीन हजार ४ सय ४३ मिटरको उचाइमा रहेको पोखरीको यात्रा भने त्यति सहज छैन। मुन्धुम ट्रेलले समेत जोडिने यो पर्यटकीय गन्तव्यमा जाँदा केही योजना बुनेर जानु उत्तम देखिन्छ। पैदल यात्रा र पहाडी भेगलाई समेत बुझ्न सकिएमा यहाँको यात्रा रमणीय र आनन्दित हुन्छ। यात्राका क्रममा देखिने प्राकृतिक संरचनाका साथै हावापानी र मौसमले मनै आनन्दित तुल्याउँछ। यसलाई ट्रेकिङ गन्तब्यका रुपमा अपनाउन पनि सकिन्छ।

नाम्चे बजार 

हिमाली जिल्ला सोलु आफैंमा पर्यटकीय गन्तब्य भएको जिल्ला हो। विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको जिल्लाको मुख्य गन्तब्यका रुपमा नाम्चे बजारलाई लिन सकिन्छ। पद यात्राका लागि समेत महत्वपूर्ण मानिने यो बजार सगरमाथा सहितका हिमशृङ्खलाको दृष्यावलोकनका साथै शेर्पा समुदाय र हिमाली रहनसहन बुझ्नका लागि नाम्चे बजार जानुपर्ने मुख्य गन्तब्य पर्न सक्छ। तीन हजार ४४० मिटरको उचाईमा रहेको यस क्षेत्र जाँदा विषेश योजनाका साथ जानका लागि आवश्यक छ। सडक मार्गबाट सल्लेरीसम्म पुग्ने र त्यसपछि पाँच दिनको ट्रेकिङ गर्न सकिन्छ। हवाईबाट काठमाडौं–लुक्ला उत्रिसकेपछि थप गन्तब्यहरु तय गर्न सकिन्छ।

मुन्धुम ट्रेल

खोटाङ, भोजपुर र संखुवासभा जोडिएको यो ट्रेकिङ गन्तब्य पर्यटन वर्षको रोजाइमा पार्न सकिन्छ। खोटाङको दिक्तेलबाट सुरु हुने यो ट्रेक यात्रा संखुवासभाको सिलिचोङमा पुग्न सकिन्छ। किरात सभ्यता संस्कृतिका साथै पहिचान बोकेको यो मार्गले पर्यटन वर्षलाई स्वागत गर्न सक्छ। कम्तिमा १० दिनको यात्रा योजनाका साथ गाउँका परिवेश बुझ्नका लागि पनि यो योजनाबद्ध पर्यटकीय गन्तब्य हो। पहाडी, हिमाली भेग र त्यमाथि पैदल यात्रा हुने हुँदा आवश्यक ट्रेकिङ गाइडका साथ गएमा आवश्यक सहजता प्रदान गर्दछ।

बसन्तपुर 

गुराँसको राजधानी समेत भनेर चिनिने तेह्रथुम आफैं पनि पर्यटकीय गन्तव्य हो। नेपालको राष्ट्रिय फूलको अवलोकन, पहाडी हावापानीको अनुभवका लागि त्यहाँ जान सकिन्छ। बसन्तपुर जिल्लाको व्यापारिक केन्द्र समेत हो। तराईबाट सहज ढंगबाट पुग्न सकिने बसन्तपुर घुम्न लायक गन्तब्य हो।

केचनाकवल

होचो भूभाग भनेर चिनिने केचनाकवल पनि अवलोकनका लागि धेरैलाई उत्सुक हुन सक्दछ। झापामा रहेको केचनाकवल समुद्री सतहबाट ६० मिटरको उचाइमा छ। यात्राका लागि सहज पहुँच रहेको यो गन्तब्य घुम्नका साथै कृषिभण्डार मानिने तराईको क्षेत्र अवलोकनका लागि केचनाकवललाई रोज्न सकिन्छ।

Previous Post

जम्मू-कश्मीर आक्रमण: मोदीले साउदी भ्रमण छोट्याए,ट्रम्पको भारतलाई ऐक्यबद्धता

Next Post

एनएमबि बैंकको सीईओ पदमाश्री गोविन्द घिमिरे नियुक्त

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
एनएमबि बैंकको सीईओ पदमाश्री गोविन्द घिमिरे नियुक्त

एनएमबि बैंकको सीईओ पदमाश्री गोविन्द घिमिरे नियुक्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In