• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, April 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत

    ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ

    अण्डाको मूल्य बढेपछि किसानलाई राहत

    उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो

    घनाबस्तीमा निगमको डिपो, स्थानीयद्वारा तत्काल स्थानान्तरणको माग

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित

    कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा

    दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितका सहकार्य गर्न आवश्यकः सभापति थापा

    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिनः राष्ट्रपति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

थामेमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न

by
१० बैशाख २०८२,
0
थामेमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सोलुखुम्बु : यहाँको थामेमा आयोजित ‘आरोही सम्मेलन, जलवायु न्यायका लागि संवाद’ विषयक सम्मेलन सम्पन्न भएको छ । साथसाथै फाउन्डेसनले आयोजनामा भएको सम्मेलनको आज यहाँ उद्घाटन गर्दै रक्षामन्त्री मानवीर राईले पृथ्वी बचाउ अभियानमा सबै एकताबद्ध हुनुपर्ने बताउनुभयो । त्यसका लागि नेपाल सरकारले राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्ने उहाँको भनाइ थियो ।

मन्त्री राईले जलवायु परिवर्तनको असरका कारण हिमताल विस्फोट हँुदा आएको बाढीले पर्यटकीय नगरी थामेबस्ती तहसनहस बनाएको स्मरण गर्दै थामेबस्ती पुनःनिर्माणको काम सरकारले अघि बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनले हामी आक्रान्त छौँ तर यसको न्यूनीकरणमा सबै जुट्नुपर्छ । त्यसका लागि सरकार अघि बढिसकेको छ ।”

कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनजन्य विपत्तिबाट प्रभावित समुदायको पुनःनिर्माण कार्यलाई नेपाल सरकारले अगुवाइ गरेर अघि बढाउने घोषणा गर्नुभयो । मन्त्री शाहीले बाढीपीडित बस्तीको पुनःनिर्माणलाई सरकारले ‘अपनत्व’ लिएको र सरकार सधैँ खुम्बुवासीको पक्षमा रहेको बताउनुभयो ।

कतारकी राजकुमारी तथा सगरमाथा आरोही आश्मा अलथानीले हरेक विकासमा जलवायु परिवर्तनको मुद्दालाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हिमालमा हिउँ रित्तिदै गएको महसुस भइरहेको छ, हरेक वर्ष हिमालमा हिउँ घट्दै जानु भनेको ठूलो खतराको सङ्केत हो । यसको न्यूनीकरणमा हामी सबै जुटौँ ।” थामेजस्ता बाढीपीडित क्षेत्रको पुनःनिर्माणमा नेपाल मात्र नभई विश्व समुदाय नै जुट्नुपर्ने थानीको भनाइ छ ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले थामेको पुनःनिर्माण, पुनःस्थापना र परिपुरणका लागि तीनै तहका सरकार योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्ने सुझाव दिनुभयो । उहाँले सञ्चार क्षेत्रले जलवायु परिवर्तनका मुद्दालाई प्राथमिकताका साथ उठान गर्नुपर्ने बेला आएको बताउनुभयो । ट्रेकिङ ऐजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले पर्यटन पूर्वाधार विकास तथा क्षतिग्रस्त संरचना निर्माणका लागि ढिला भइसकेको बताउनुभयो । थामे खोलामा आएको बाढीले सगरमाथा क्षेत्रको पर्यटकीय संरचना ध्वस्त भएकाले यसको निर्माणमा जुट्न उहाँले सरकारलाई आग्रह गर्नुभयो ।

आयोजक संस्थाका अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम प्रभावित क्षेत्रमै पुगेर गर्दा फलदायी हुने बताउनुभयो । पृथ्वी बँच्यो भने मात्रै प्राणी जगत्को अस्तित्व सम्भाव हुने भन्दै उहाँले अब पृथ्वीको न्यायका लागि सबैले सशक्त भूमिका खेल्नुपर्ने बताउनुभयो ।

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बाढी प्रभावितका लागि राहत र पुनःनिर्माणका लागि स्थानीय सरकार अहोरात्र खटिरहेको बताउनुभयो । अन्तरराष्ट्रिय पत्रकार महासङ्घका कार्यकारी सदस्य बद्री सिग्देलले खुम्बु जस्तो विकट क्षेत्रमा सरकारका मन्त्री आफैंँ उपस्थित भएर जनगुनासो सुन्नु सकारात्मक भएको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुका अध्यक्ष सुवास दर्नालले सगरमाथासहितका हिमालको सुरक्षा, हिमशृङ्लाको अस्तित्व र पृथ्वीको सन्तुलनका निम्ति सबै पत्रकार एकठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।

सम्मेलनमा आरोही, जनप्रतिनिधि, सरकारी अधिकारी र स्थानीयवासीसहित भएको छलफल र संवादपछि पाँचबुँदे घोषणापत्र जारी गरिएको छ । घोषणापत्रमा थामेसहितका बाढीपहिरोपीडितका मुद्दालाई आगामी जेठ २ गते हुने सगरमाथा संवादमा प्राथमिकताका साथ उठान गर्नुपर्ने र त्यसका लागि सबै आरोही एकजुट हुनेलगायत घोषणा समेटिएका छन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घसहितका विभिन्न सङ्घ संस्थाले सहकार्य गरेका थिए ।

Previous Post

मुक्तिनाथ मन्दिरमा करिब ४८ लाख भेटी सङ्कलन

Next Post

निमा रेञ्जी शेर्पा र पूर्णिमा श्रेष्ठ यूएनडिपीका जलवायु अभियन्ता

सम्बन्धित खबर

वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत
आवाज

ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै

१ बैशाख २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ

१ बैशाख २०८३,
अण्डाको मूल्य बढेपछि किसानलाई राहत
आर्थिक

उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो

१ बैशाख २०८३,
घनाबस्तीमा निगमको डिपो, स्थानीयद्वारा तत्काल स्थानान्तरणको माग
आर्थिक

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित

१ बैशाख २०८३,
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
आर्थिक

दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितका सहकार्य गर्न आवश्यकः सभापति थापा

१ बैशाख २०८३,
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिनः राष्ट्रपति

१ बैशाख २०८३,
Load More
Next Post
निमा रेञ्जी शेर्पा  र पूर्णिमा श्रेष्ठ यूएनडिपीका जलवायु अभियन्ता

निमा रेञ्जी शेर्पा र पूर्णिमा श्रेष्ठ यूएनडिपीका जलवायु अभियन्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In