काठमाडौं – घाँटीमा रहेको थायराइड ग्रन्थी असामान्य रुपमा बढ्नु गाँड हो । थायराइड हर्माेन कम र बढी उत्पादन हुने दुवै अवस्थामा गाँड आउने भए तापनि प्राय थायरायड हर्माेनको उत्पादन कम भएपछि थायरायडको आकार बढ्न थाल्छ । पुरुषको तुलनामा महिलाहरुमा यो समस्या हुने सम्भावना बढी हुन्छ ।
थायरायड ग्रन्थीको गडबडीको कारणले यो समस्या उत्पन्न भएकोले थायरायडको उपचारबाट गाँडको समस्या निराकरण हुन्छ । विशेष गरी भोजन, प्राकृतिक जीवनशैली नै उपचारको महत्वपूर्ण पक्ष हो ।
घरेलु उपचारः
– आयोडिनको कमीको कारण गाँड आएको हो भने आयोडिनयुक्त खानेकुरा (भुइँटकहर, बदाम, अण्डा, केही प्रकारको माछा चीज आदि) खानुपर्दछ ।
– दैनिक भोजनमा प्रशस्त काँचो सलादहरु— गोलभेडा, गाँजर, प्याज, लसुन अदुवा, बन्दा, काँक्रो, सलाद साज आदि समावेश गराउनुपर्छ ।
– फलफूलहरु (स्याउ, अंगुर, भुइँकटहर, जुनार, नासपाती, सुन्तला वा यसको जुस १–२ गिलास दैनिक पिउनु लाभदायक हुन्छ ।
– समुद्री झारमा प्रशस्त आयोडिन पाइने हुँदा यसको सेवन गर्न सकिन्छ ।
– मैदा, सेतो चामल, मासु, बोसोयुक्त तारेका भुटेका खानाहरु बन्द गर्नुपर्छ ।
– बोक्रा सहितको आलु खानु फाइदा हुन्छ ।
– चिया, कफी र रक्सीको सेवन बन्द गर्नुपर्दछ ।
साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट













