• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुज खोल्ने इरानी प्रस्ताव अस्वीकार

    दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

    दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

    कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना

    कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

    जिब्रो छेड्ने श्रेष्ठलाई रु दुई लाखसहित सम्मान

    जिब्रो छेड्ने श्रेष्ठलाई रु दुई लाखसहित सम्मान

    पहिराले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

    पहिराले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा

by
२६ चैत्र २०८१,
0
अन्नपूर्ण पदमार्गमा सन् २०२४मा ३० हजार आठ सय ६६ विदेशी पर्यटक आए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी, २६ चैतः म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा चालु वसन्त यामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । आरोहण सुरु भएको पहिलो दिन सोमबार बिहान ८ देखि ११ बजेको बीचमा नेपाली शेर्पा र विदेशी पर्वतारोहीसहित ३२ जनाले सफल आरोहण गरेका नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।

सङ्घका महासचिव मोहन लम्सालले सेभेन समिट ट्र्याकबाट नौ, पायनियर एडभेन्चरबाट आठ, आठके एक्सपिडेसन बाट नौ, इमाइजिन नेपालबाट तीन र मकालु एभेन्चरबाट दुईजनाले अन्नपूर्णको सफल आरोहण गरेको जानकारी दिनुभयो । अन्य दिनको तुलनामा सोमबार मौसम अनुकूल भएकाले धेरै आरोही अन्नपूर्णको शिखरमा पुग्न सफल भएको उहाँले बताउनुभयो ।

आरोहण टोलीका दुईजना शेर्पा हिउँपहिरोमा बेपत्ता भएका छन्भने अरू सकुशल आधार शिविर फर्किएका छन् । क्याम्प दुई र तीनको बीचमा हिउँ पहिरो आउँदा बेपत्ता भएका सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पाको खोजीमा हेलिकप्टर र शेर्पाको टोली परिचालन गरिएको छ ।

आरोही मिग्मा शेर्पाले धेरै जोखिम मोलेर अन्नपूर्णको आरोहण गर्न सफल भएको सामाजिक सञ्जाल ‘फेसबुक’ मा लेख्नुभएको छ । “सुक्खा अवस्था, धेरै दरार, क्याम्प दुई र क्याम्प तीनबीचको घातक हिमपहिरोले ज्यान बचाउन कठिन भयो”, उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “अठोट र साहसका कारण चुचुरोमा पुगेर यो सुुन्दर हिमाललाई बिदाइ गरे, अन्नपूर्णको सुन्दरताले मलाई सधैँ आकर्षित गर्दथ्यो, तर अब यहाँ मेरो ज्यान जोखिममा पार्न सक्दिनँ ।”

वसन्त याममा अन्नपूर्ण आरोहणका लागि ६६ जनाले अनुमति लिएका छन् । गत वर्ष जम्मा २५ जनाले मात्र अनुमति लिएका थिए । चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरुले भरिएको छ ।

अन्नपूर्णको अहिलेसम्म ५२० जनाले सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ । सन् १९५० मा फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण पहिलोपटक आरोहण गर्नुभएको थियो । प्रथम आरोही मौरिस हर्जोग आरोहणका क्रममा प्रयोग गरेको बाटोलाई पहिचान गरेर नारच्याङ–आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग निर्माण गरिएको छ ।

गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारी साधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुग्न सकिन्छ । पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको आकर्षक पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।

Previous Post

इरानसँग प्रत्यक्ष आणविक वार्ता गर्ने ट्रम्पको घोषणा

Next Post

सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुज खोल्ने इरानी प्रस्ताव अस्वीकार

१२ अशोज २०८३,
दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’
आवाज

दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

१२ अशोज २०८३,
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
आर्थिक

कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना

१२ अशोज २०८३,
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

१२ अशोज २०८३,
जिब्रो छेड्ने श्रेष्ठलाई रु दुई लाखसहित सम्मान
आवाज

जिब्रो छेड्ने श्रेष्ठलाई रु दुई लाखसहित सम्मान

१२ अशोज २०८३,
पहिराले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध
आवाज

पहिराले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

१२ अशोज २०८३,
Load More
Next Post
सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो

सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In