• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, February 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

    नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

    मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

    मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बुद्ध दर्शनको प्रचारप्रसार र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा थाई सरकारको योगदान

by
२३ चैत्र २०८१,
0
बुद्ध दर्शनको प्रचारप्रसार र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा थाई सरकारको योगदान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी, २३ चैतः बुद्ध जन्मस्थल लुम्बिनीमा थाई सरकार र थाई समुदायले बुद्धधर्म र दर्शनको प्रचारप्रसार तथा लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधिमार्फत योगदान पु¥याउँदै आएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा थाई सरकारका तर्फबाट धार्मिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय प्रवद्र्धनमा महत्वपूर्ण योगदान हँुदै आएको छ । यसले नेपाल र थाइल्याण्डबीचको बौद्ध धर्म एवं दर्शनले जोडेको हजाराँै वर्षदेखिको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने काम गरेको छ ।

थाई सरकारका तर्फबाट लुम्बिनीस्थित थाई विहारमार्फत लुम्बिनीको सांस्कृतिक, धार्मिक र पर्यटन प्रवद्र्धनसँगै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

यसअन्तर्गत भूकम्पले क्षति पु¥याएका विद्यालयका भवन निर्माण, भूकम्पपीडितका लागि सहयोग, विद्यालयमा शैक्षिक सामग्री वितरण, छात्रवृत्ति वितरण, स्वास्थ्य शिविर सञ्चालनजस्ता गतिविधि सञ्चालन गर्दै आएको थाई बौद्ध विहारको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बुद्ध धर्मको प्रचारप्रसारका लागि थाई सरकारको सहयोगमा लुम्बिनीमा रोयल थाई मन्दिर(विहार) निर्माण गरिएको छ । जुन थाई वास्तुकलाको उत्कृष्ट नमुना हो । यस मन्दिरको उद्घाटन सन् २०१७ मा थाई राजकुमारी महा चक्री सिरिन्धोर्नद्वारा गरिएको थियो । यससँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा औपचारिक रुपमा थाई सरकारको सहभागिता प्रारम्भ भएको मानिन्छ ।

लुम्बिनी थाई बौद्ध विहार एउटा सुन्दर र शान्त बौद्ध विहार विशेषगरी थाई शैलीको वास्तुकलामा बनेको छ । लुम्बिनीमा रहेका सबै अन्तरराष्ट्रिय विहारमध्ये सबैभन्दा आकर्षक र कलात्मक शैलीको मन्दिरमध्ये एक हो ।

लुम्बिनीमा निर्माण गरिएको कलात्मक यो गुम्बा निर्माणसँगै यहाँ हरेक वर्ष थाई बौद्ध भिक्षुहरू र तीर्थयात्री पर्यटकको आगमन हुने गरेको छ । थाई नागरिकका लागि बुद्ध जन्मस्थल धार्मिक आस्थाको प्रमुख केन्द्र बनेको छ । यसैले लुम्बिनी थाई पर्यटक र तीर्थयात्री दुवैका लागि महत्वपूर्ण गन्तव्य मानिन्छ । यहाँ हरेक वर्ष थाई सहयोगमा तीनमहिने वर्षावास कार्यक्रम, प्रवज्या गर्ने कार्यका लागि र मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचनका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

सन् २०२४ सेप्टेम्बरमा, थाइल्याण्डका १७ भिक्षुहरूले लुम्बिनीमा तीनमहिने वर्षावास (वर्षा यामको व्रत) बस्दै ध्यान र प्रवचनमा समय बिताएका थिए । लुम्बिनीको धार्मिक, सांस्कृतिक, पर्यटकीय प्रवद्र्धनमा थाई सरकारका तर्फबाट महत्वपूर्ण योगदान हुँदै आएको सदस्य सचिव सानुराजा शाक्य बताउनुहुन्छ । यसले नेपाल र थाइल्याण्डबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाएको छ । थाई सरकारको आर्थिक र प्राविधिक सहयोगमा शिक्षा, स्वास्थ्य तथा सम्पर्क सुधारका परियोजनाहरू समावेश छन् ।

यसैअन्तर्गत थाई सरकारका तर्फबाट गत वर्ष सन् २०२३ जुलाइमा, थाई चिकित्सा टोलीले लुम्बिनीमा स्थानीयका लागि निःशुल्क घुँडा शल्यक्रिया कार्यक्रम सञ्चालन गरी ३२ बिरामीलाई सेवा प्रदान गरेको थियो । यससँगै काठमाडौँस्थित तिलगङ्गा आँखा अस्पतालको सहयोगमा लुम्बिनीमा आँखा शिविर सञ्चालन गर्दै आएको छ ।

थाई समुदायले लुम्बिनीस्थित मेट्टा गुरुकूल स्कुलको भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ । त्यसले स्थानीय बालबालिकालाई गुणस्तरीय शिक्षा प्राप्त गर्न मद्दत पु¥याएको छ । यससँगै लुम्बिनी क्षेत्रका विभिन्न विद्यालयमा थाई बौद्ध विहारले विभिन्न किसिमले सहयोग प्रदान गर्दै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा तीन दिनअघि भएका विभिन्न सम्झौतामध्ये कृषि र पर्यटन क्षेत्रका सम्झौता लुम्बिनी क्षेत्रलाई समावेश गरिएको छ । लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्य थाइल्याण्ड सरकारका तर्फबाट पहिलेदेखि नै लुम्बिनी क्षेत्रमा कृषिमा लगानी गर्ने प्रस्ताव आएको र अहिले प्रधानमन्त्रीको भ्रमणका क्रममा भएका सम्झौताले अब उनीहरुको कार्यक्रम आउने सम्भावना रहेको बताउनुहुन्छ ।

यससँगै बौद्ध पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने समझदारीअनुरुप लुम्बिनी पर्यटन प्रवद्र्धनमा थाई सरकारको लगानी बढाउने अपेक्षा गरिएको सदस्य सचिव शाक्यले बताउनुभयो ।

सन् २०२५ को फेबु्रअरी महिनामा च हजार ६२० थाई पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी आएका छन् । गत महिना लुम्बिनी आएका तेस्रो मुलुकका पर्यटकमध्ये सबैभन्दा बढी थाई पर्यटक हुन् ।

गत महिना लुम्बिनीमा विभिन्न धार्मिक गतिविधि भएकाले पनि विभिन्न बुद्धिष्ट मुलुकबाट आउने पर्यटकको सङ्ख्या बढेको हो । धार्मिक कार्यक्रमका कारण पनि थाइल्याण्डबाट आएका भिक्षुहरुको चहलपहल बढेको हो । लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले गत फागुन १६ गतेदेखि एक हजार २०० नेपालीलाई प्रवज्या गर्ने कार्यका लागि र मायादवी मन्दिर परिसरमा त्रिपिटक वाचन कार्यक्रमका लागि थाइल्याण्डबाट बुद्ध धर्मावलम्बी आएका हुन् । एक महिनासम्म चलेको यी धार्मिक कार्यका लागि आर्थिक सहयोग थाइल्याण्डबाटै भएको थियो ।

लुम्बिनी भ्रमणमा आएका तेस्रो मुलुकका पर्यटकमध्ये थाइल्याण्डबाट आउने पर्यटकको सङ्ख्या दोस्रो स्थानमा रहेको छ । सन् २०२४ को फेब्रुअरीमा तीन हजार ९८१ थाई पर्यटक लुम्बिनी आएका थिए । सन् २०२३ को फेब्रुअरीमा तीन हजार ३६७ र कोभिडअघि सन् २०१९ मा छ हजार २०८ थाई पर्यटक लुम्बिनी आएका थिए ।

Previous Post

थाइल्याण्ड भ्रमण र बिम्स्टेक सम्मेलनमा सहभागिता सफल र सार्थक: प्रधानमन्त्री

Next Post

नेपाल–भारत सम्बन्धलाई सुदृढ गर्दै लैजान्छौँः प्रधानमन्त्री ओली

सम्बन्धित खबर

नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान
अन्तर्राष्ट्रिय

नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

१ फाल्गुन २०८२,
मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा
अन्तर्राष्ट्रिय

मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

२९ माघ २०८२,
नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत
फिचर-ब्यानर

नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

२९ माघ २०८२,
चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
फिचर-ब्यानर

चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

२९ माघ २०८२,
काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
फिचर-ब्यानर

काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

२९ माघ २०८२,
बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो
फिचर-ब्यानर

बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

२९ माघ २०८२,
Load More
Next Post
नेपाल र जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ : प्रधानमन्त्री

नेपाल–भारत सम्बन्धलाई सुदृढ गर्दै लैजान्छौँः प्रधानमन्त्री ओली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In