• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

    दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए

    घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

    नवरात्रको अन्तिम दिन ः सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

    आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

    आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

    झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

    नवरात्रको अन्तिम दिनः आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डढेलोबाट घर जोगाउनै मुस्किल

by
२३ चैत्र २०८१,
0
डढेलोबाट घर जोगाउनै मुस्किल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाँचथर, २३ चैतः बुधवारदेखि तमोर नदीको किनार साँवासेराको जङ्गलमा डढेलो लागेपछि जङ्गल नजिकै घर भएका गाउँले समस्यामा थिए । अकस्मात डढेलो आइपुग्यो भने खर (फुस)को छानो भएका घर गोठ जोगाउने कुनै उपाय नहुने पीर गाउँलेमा थियो ।

सुक्खाले अत्यधिक प्रभावित यस स्थानमा वर्षा नभएको पनि छ महिना भइसकेको छ । वर्षा नहुँदा सुक्खाले पात पतिङ्गर सबै सुकिसकेका छन । त्यसमाथि हावाहुरी अत्यधिक चलिरहेको थियो ।

बुधवारदेखि सल्किएको डढेलो गाउँ आइपुग्न धेरै समय लागेन । साँवासेरामा लागेको डढेलो शुक्रबार कुम्मायक गाउँपालिका–१ यासोकको टङटङे र लेकेताम वनसम्म आइपुगेको थियो ।

डढेलो गाउँमा जानबाट रोक्न अग्नि रेखा निर्माण भएको थिएन । सुक्खाले प्रभावित गाउँमा आगो निभाउने गरी प्रशस्तै पानी हुने नै भएन । कुम्मायक गाउँपालिकाका कर्मचारीसमेत रहनुभएका काफ्लेपानीका कमल श्रेष्ठ शुक्रवार छिमेकी वीरबहादुर लावतीको घरको छानोमा बाल्टीभरि पानी लिएर बस्नुभएको थियो ।

घरको वरिपरी डढेलोबाट निस्केको धुँवाले ढाकिसकेको थियो । खरको छानो भएको उक्त घरमा हावाहुरीले आगोको झिल्का ल्याइपु¥याए जोगाउन नसकिने भएपछि उहाँले करीव दुई घण्टा पानी बोकेर छानो माथि बस्नुभयो ।

“आगो घरभन्दा करीव ५० मिटर मुनि जङ्गलमा आइसकेको थियो । त्यहाँ बाँसको झाँङ पनि थियो । आगो लागेपछि बाँसका पात हावामा उड्छन । आगो सल्किएका पात र झिल्को खरको छानोमा आइपुग्ला कि भनेर बाल्टीमा पानी लिएर छानोमा बसेको हुँ”, उहाँले भन्नुभयो, “आगोको झिल्को आइपुग्ना साथ बाल्टीको पानी छ्यापेर निभाउने प्रयास गरेका हौँ ।”

श्रेष्ठले छिमेकीको छानो रुघ्ने र अरु गाउँलेले घर नजिकै आइपुगेको आगो निभाउने काम गरेका थिए । उहाँजस्तै आगो निभाउने गएका अरु मानिस खरको छानो भएका घरको छानोमा पानी लिएर बसेका थिए । करीव १५ घरलाई यसरी छानो रुघेर जोगाइएको श्रेष्ठको भनाइ छ ।

सुक्खाले अत्यधिक प्रभावित कुम्मायक गाउँपालिका–१ यासोक, वडा नं ३ रानीगाउँ, वडा नं ४ रानीगाउँ र वडा नं ५ स्याबरुम्बाका विभिन्न वनमा डढेलो लागेको छ । वनमा लागेको डढेलो हावाहुरीका कारण क्षणभरमा नजिकै रहेका वस्तीमा पस्ने गरेको छ ।

सङ्घ, प्रदेश र स्थानीय सरकारले नागरिकका घरमा जस्तापाता लगाउने विभिन्न कार्यक्रम चलाएपनि अझैसम्म सबै घरमा जस्तापाता पुग्न सकेको छैन । वनमा लागेको डढेलो गाउँमा पस्दा आज मात्रै सो स्थानका घनेन्द्र दर्जी बसोबास गर्दै आएको घरको भान्साघर जलेको श्रेष्ठले जानकारी दिनुभयो ।

सोही डढेलो वस्तीमा पस्दा उक्त वडाको खाल्डेका दीर्घबहादुर खत्री, देवेन्द्र राई, यामकुमार चाम्लिङ, विष्णु राई, पहलमान कार्की, देवेन्द्र कार्की, डिकबहादुर कार्कीको घर, गोठ, अन्नपात, लत्ताकपडा, पशु चौपायासमेत जलेका छन ।

कुम्मायक गाउँपालिकाकै वडा नं ३ ताम्राखु वनमा लागेको डढेलोमा परी स्थानीय २६ वर्षीया प्रतिमा सम्बाहाम्फेको विहीवार मृत्यु भएको थियो । विहीवार दिउँसो प्रतिमासँगै २८ वर्षीया सपना सम्बाहाम्फे, ११ वर्षीया शिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फे घाँस काट्न जङ्गल गएका थिए ।

आगलागीबाट जोगिन भाग्ने क्रममा उनीहरुलाई आगोको लप्काले भेटेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घाइते रहेका सपना, शिवाना र निरमायाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आजसम्म उपचार गरी थप उपचारका लागि आज कीर्तिपुर जलन अस्पताल पु¥याइएको कुम्मायक–३ का वडाध्यक्ष बावुराम कार्कीले जानकारी दिनुभयो ।
–––

Previous Post

फरार प्रसाईंको भेटियो सुराक, गाडी मोरङमा, चालक सुनसरीमा, प्रसाईं झापा कि भारत ?

Next Post

बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, तीनजना घाइते

सम्बन्धित खबर

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति
आर्थिक

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

४ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

४ कार्तिक २०८३,
दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए
आवाज

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

४ कार्तिक २०८३,
आवाज

नवरात्रको अन्तिम दिन ः सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

४ कार्तिक २०८३,
आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै
आवाज

आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

४ कार्तिक २०८३,
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
आवाज

नवरात्रको अन्तिम दिनः आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

४ कार्तिक २०८३,
Load More
Next Post
बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, तीनजना घाइते

बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, तीनजना घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In