मुख वा सास गन्हाउने समस्याले व्यक्तित्वमा समेत नराम्रो प्रभाव पर्दछ । मुखमा बाँकी रहेको खानेकुराको कण सडेर वा पेटको खराबीको कारण मुख गन्माउने गर्दछ ।
यो रोग आफैमा रोग नभई अन्य समस्याको लक्षण स्वरुप देखापर्ने गर्दछ । तसर्थ यसलाई उपचार गर्नु भनेको शरीरलाई स्वस्थ राख्नु हो ।
घरेलु उपचारः
यो समस्याबाट छुटकारा पाउन पूर्णरुपमा प्राकृतिक भोजन सेवन गर्नुपर्दछ ।
– यसमा फलपूmल, तरकारी सलाद, बियाँहरु, अन्न आदि समावेश गराउनुपर्दछ ।
– प्रशस्त पानी (२–३ लिटर) पिउनुपर्दछ ।
– फलफूलको जुस पिउनु लाभदायक हुन्छ ।
– ड्राइफुट्सर्ला पानीमा भिजाएर खानु लाभदायक हुन्छ ।
– काँचो अम्बा, एभोकाडो उत्तम फल हो । सास गन्हाउने समस्यामा अपच, कब्जियत, रक्तअल्पता आदिको कारण मुख गन्हाउने हुँदा यी समस्यामा लाभ गर्ने भोजन सेवन गर्नुपर्दछ ।
साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट













