• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नेदरल्याण्डका दम्पतीको नेपाल प्रेम

by
६ चैत्र २०८१,
0
नेदरल्याण्डका दम्पतीको नेपाल प्रेम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, ५ चैत (रासस) : एड क्रामर र आन्नी क्रामर नेपाललाई ‘दोस्रो घर’ ठान्छन् । नेदरल्याण्डका यी दम्पत्ति सन् १९७७ जुलाईमा पहिलो पटक नेपाल आएका थिए । तीन साना छोराछोरीसहित उनीहरूले यहाँ आठ वर्ष बिताए । सन् १९८५ मा स्वदेश फर्किए । “नेपाल छोड्न मनले त मानिरहेको थिएन, तर परिवारप्रतिको उत्तरदायित्वले हामी आफ्नै देश फर्कियौँ”, ७७ वर्षीया आन्नीले भन्नुभयो, “नेपाल हाम्रो दोस्रो घर हो, यहाँको सत्कार र मानिसको असल आनीबानी धेरै मनपर्छ ।” नेपालमा हरेकपटक आउँदा नयाँ अनुभव र ऊर्जा प्राप्त हुने गरेको उहाँले सुनाउनुभयो ।

उनासी वर्षका एड र आन्नी नेपाल आउँदा छोरी इङ्ग मार्गरिट सात महिनाकी थिइन् । छोरा मारत्येन चार वर्ष र एरिक तीन वर्षका थिए । अहिले क्रामर दम्पत्तिका सात नातिनातिना भइसकेका छन् । छोराछोरीका सबै परिवार नेदरल्याण्डमै बस्छन् । नेपालमा आठ वर्ष बस्दा उनीहरू यहाँको भाषा, संस्कृति र रहनसहनसँग घुलमिल भइसकेका थिए । “ठूलो छोरा मारत्येन हामीभन्दा पनि राम्रो नेपाली बोल्न सक्छ”, आन्नीले भन्नुभयो, “नेपालमा बस्दा छिमेकी बालबालिकासँग रमाउन र खेल्न खुब मन पराउँथे ।” समय मिलेसम्म अहिले पनि नेपाल आउँदा छोराछोरीलाई लिएर आउने गरेको उहाँको भनाइ छ ।

सिभिल इञ्जिनीयर एड क्रामर युनाइटेड मिसनमार्फत बुटवलको तिनहुँ नदीमा विद्युत् आयोजना निर्माण क्रममा पहिलोपटक नेपाल आउनुभएको थियो । पेसाले शिक्षक रहनुभएकी श्रीमती आन्नी र छोराछोरीलाई उहाँले साथमै ल्याउनुभयो । बुटवलमा केही समय बिताएर क्रामर परिवार स्न १९७८ को फेब्रुअरीमा बागलुङ आए । बागलुङको पहिलो साना जलविद्युत् केन्द्र, काठेखोलामा एडले काम गर्नुभयो । विसं २०३९ मा बागलुङ नगरपालिका–३ मा निर्माण गरिएको एक सय ७५ किलोवाटको उक्त आयोजना अहिले भने रूग्ण अवस्थामा छ ।

उक्त आयोजना निर्माण क्रममा क्रामर दम्पती बालबच्चासहित दुई वर्ष तीन महिना बागलुङमा बसेका थिए ।

बागलुङमा पहिलो पटक बिजुली बल्दाको साक्षी उनीहरू थिए । त्यो बेला यातायात, विद्युत्लगायतका सुविधा बागलुङमा थिएनन् । कास्कीको नागडाँडाबाट हिँडेर तीन दिनमा बागलुङ आइपुगेको एडले सुनाउनुभयो । “भाषा सिकाउने तीन जना, भरिया तीन जनासहित हामी हिँडेरै बागलुङ आएका थियौँ”, उहाँले भन्नुभयो, “पहिलो दिन पर्वतको एउटा गाउँमा र दोस्रो दिन मालढुङ्गा भन्ने स्थानमा बास बस्यौँ ।” बागलुङ आइसकेपछि उनीहरू स्थानीय भीमसेन श्रेष्ठको घरमा बसे । छिमेकी रामकृष्ण भारी, विष्णुनारायण भारीलगायतले उनीहरूको बसाइँमा मद्दत गरे ।

“त्यो बेला बिजुली थिएन, टेलिफोन थिएन, पानी लिन बाहिर जानुपथ्र्यो, दाउरामा खाना पकाउनुपथ्र्यो, धेरै गाह्रो थियो”, एडले भन्नुभयो, “सानो छोराछोरी भएकाले हामीलाई भान्छामा छिमेकी गाउँ तित्याङको बुकेनीका नगेन्द्र र शकुन्तलाले धेरै सहयोग गर्नुभयो ।” केही दिनअघि बागलुङ आएका बखत क्रामर दम्पत्तिले बुकेनी पुगेर नगेन्द्रलाई भेटे र ४५ वर्षअघिका ती क्षणलाई सम्झे । जतिबेला नगेन्द्र मात्र १३ वर्षको हुनुहुन्थ्यो । एड ३४ र आन्नी ३२ वर्षको हुनुहुन्थ्यो । एउटै क्याम्पस पढेका एड र आन्नीको प्रेम विवाह भएको थियो ।

साना जलविद्युत् केन्द्रमा इञ्जिनीयरका रूपमा एडसँगै बुटवलदेखि आएका अन्य प्राविधिक र स्थानीयवासी खटिएका थिए । त्योबेला बागलुङलगायत देशका विभिन्न जलविद्युत् आयोजना निर्माण गरेका हिमो हाइड्रो इन्जिनीयरिङ प्रालिमामा एड महाप्रबन्धकसमेत भएर काम गर्नुभएको थियो । उहाँले स्याङ्जाको आँधीखोला, तातोपानी, डोटीलगायत ठाउँमा जलविद्युत् आयोजनामा काम गर्नुभयो । सन् १९८५ मा नेदरल्याण्ड फर्केका क्रामर दम्पती १० वर्षपछि सन् १९९५ मा पुनः नेपाल आएका थिए । त्यसयता उनीहरूको नेपाल आउनेजाने क्रम चलि नै रह्यो । पानी व्यवस्थापन विज्ञसमेत रहनुभएका एड सन् २०१२ मा पुनः नेपाल आएर पाल्पाको मिसन अस्पतालमा फोहर पानी सफा गर्ने परियोजनामा काम गर्न थाल्नुभयो । “मिसन अस्पतालको ठूलो खानेपानी ट्याङ्कीको डिजाइन मैले नै गरेको हुँ, फोहर पानी सफा गराउने परियोजना अहिले पनि सञ्चालित छ, यसकै सिलसिलामा अहिले नेपाल आएका हौँ”, उहाँले भन्नुभयो ।

दुई महिनाअघि नेपाल आएका उनीहरू अर्को साता नेदरल्याण्ड फर्कदैँछन् । नेपाल रहँदा चार दिन बागलुङमा बिताएको एड्ले बताउनुभयो । यसपालि एडले आफूसँगै ४५ वर्षअघि बागलुङ रहँदा खिचेका तस्बिर पनि साथै लिएर आउनुभएको थियो । त्योबेलाको बागलुङको समाज, संस्कृति, रहनसहन र जीवनशैली झल्काउने २९ थान तस्बिर नेपाल पत्रकार महासङ्घ, बागलुङलाई हस्तान्तरण गर्नुभयो । अहिले पनि फोटोग्राफीमा उत्तिकै रूचि राख्ने एडले बागलुङका पुराना तस्बिरको प्रदर्शनी राख्ने इच्छा रहेको सुनाउनुभयो ।

महासङ्घ, बागलुङका सचिव नारायण रिजालले प्रतिलिपि अधिकारको सुनिश्चिततासहित एडले खिचेका तस्बिर महासङ्घले सुरक्षित तबरले सङ्ग्रह गर्ने बताउनुभयो । क्रामर दम्पती बागलुङ आएका बेला पहिले आफू बसेको घर र गाउँटोल पुगे । चिनेजानका व्यक्तिगसँग भेटघाट गरे । “सन् २०१२ पछि हरेक वर्षजसो नेपाल आइरहेका छौँ, नेपाल आउँदा बागलुङ आउन पनि छुटाउँदैनौँ”, आन्नीले भन्नुभयो, “यहाँ आउँदा ज्यादै रमाइलो लाग्छ, अहिले त बागलुङ पनि धेरै परिवर्तन भइसकेको छ ।” बुटवल, पोखरा, काठमाडौँ, पाल्पालगायतका ठाउँ पुगेर आफूहरू नेदरल्याण्ड फर्कन लागेको उहाँले बताउनुभयो । “हामी फेरि छिट्टै नेपाल आउनेछौँ, नेपालको धेरै माया लाग्छ”, आन्नीले भन्नुभयो ।

Previous Post

चैत ६ गतेदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

Next Post

‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन

सम्बन्धित खबर

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
Load More
Next Post
‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन

‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In