• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य फेरि बढ्यो

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य फेरि बढ्यो

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

हरेक वर्ष किन बढ्दै छन् सम्बन्धविच्छेदका घटना?

by
२ चैत्र २०८१,
0
हरेक वर्ष किन बढ्दै छन् सम्बन्धविच्छेदका घटना?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : सर्वोच्च अदालतले सबैभन्दा धेरै मुद्दा सम्बन्धविच्छेद रहेको प्रतिवेदन सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै देशभरबाट ४० हजार २ सय ३० मुद्दा दर्ता भएको जनाएको छ।

जसमा ३१ हजारभन्दा धेरै मुद्दा फर्स्योट भए। ८ हजार अझै फर्स्योट गर्ने क्रममा रहेको उल्लेख छ।

कुन अदालतमा कति?

वैदेशिक रोजगार, पारिवारिक किचलो, बानी व्यवहार जस्ता असमझदारीले सम्बन्धविच्छेद हुने गरेको छ। सम्बन्धविच्छेदका सबैभन्दा धेरै मुद्दा जिल्ला अदालतमा परेका छन्।

जिल्लामा ३९ हजार ५४ मुद्दा दर्ता भएका छन् भने ३० हजार ९ सय ४ वटा मुद्दा फर्स्योट भएका छन्। त्यस्तै उच्चमा १ हजार २ सय ६ मुद्दा दर्ता हुँदा ८ सय ४० मुद्दा फर्स्योट भएका छन्। त्यसैगरी सर्वोच्चमा ६० मुद्दा दर्ता हुँदा ८ मुद्दा फर्स्योट भएका छन्।

हरेक वर्ष बढ्दै छ सम्बन्धविच्छेद

सर्वोच्चको तथ्यांक अनुसार, पछिल्ला छ वर्ष (२०७५/०७६-२०८०/०८१) मा देशभरका अदालतहरूमा एक लाख ९४ हजार ६५ सम्बन्धविच्छेदका मुद्दा दर्ता भए।

जसमध्ये २०७५/७६ मा कुल २३ हजार ३११ मुद्दा सम्बन्धविच्छेदका थिए भने वर्ष २०७९/०८० मा ४० हजार १८३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भए।

२०७६/७७ मा देशभरका अदालतमा २५ हजार ४३२, २०७७/०७८ मा २७ हजार ४२५, वर्ष २०७८/०७९ मा ३७ हजार ४ सय ३४ र २०८०/८१ मा ४० हजार ३ सय २० सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्।

सहज जीवन बाँच्न नसके छुट्टिनु राम्रो

सम्बन्ध विच्छेद कति सही हो या कति गलत भन्ने कुरा आफैँ असहजपूर्ण विषय हो तर पारिवारिक मिलन आफैँमा एक सुन्दर पक्ष भने पक्कै हो। कतिपय सम्बन्धविच्छेद हुनुमा चेतनावृद्धि, वैदेशिक रोजगार, आत्मनिर्भरता, कानुनको स्पष्ट व्याख्या रहेको बताउँछन्।

समाजशास्त्री डा. दिनेश प्रसाईंले सम्बन्धमा दरार आए पनि सामाजिक इज्जतका लागि सँगै बसिरहनुपर्छ भन्ने मानसिकता हट्दै गएको बताउँछन्। कुनै पनि डिभोर्सी महिला वा पुरूष भन्ने बितिक्कै समाजमा हेरिने दृष्टिकोण राम्रो थिएन्। अब त समाजले पनि सम्बन्धमा समस्या भए अलग बस्दा हेयको दृष्टिले हेर्न छाडेको उनले बताए।

‘महिला वा पुरूषलाई डिभोर्स भएपछि इज्जत जान्छ भन्ने थियो। अब जिन्दगीलाई सहज तरिकाले अगाडि बढाउनुपर्छ भन्ने मानसिकता समाजमा विकास भइसकेको छ’, उनले भने, ‘महिलाहरूले पहिले चरम विभेद पनि सहेर बस्थे तर अहिले शिक्षा र चेतनाका कारण महिलाले आफूमाथि भएको हिंसा सहेर बस्ने अवस्था छैन्।’

सम्बन्धविच्छेदको मूख्य कारण भनेको आत्मस्वाभिमानको रक्षा पनि एक रहेको उनले बताए।

‘सम्बन्धमा एउटा हिंसा गरिरहने अर्कोले सहिरहनुपर्छ भन्ने छैन। अर्को कुरा अहिले महिला र पुरुष दुवै आत्मनिर्भर भएका छन्। उनीहरूसँग चेतना छ। शिक्षा छ। आफूलाई असहज भए छुट्टिन उनीहरू स्वतन्त्र छन्’, उनले भने, ‘आत्मसम्मान बिना कोही किन कसैसँग बस्छ?’

सबै सम्बन्धविच्छेद पैसाका लागि मात्र हुँदैन

सम्बन्ध जोगाउन अब महिला र पुरुषको बराबर दायित्व रहेको महिला आयोगकी प्रवक्ता कृष्णकुमारी पौडेल ‘खतिवडा’ले बताइन्। उसो त कुनै सम्बन्धविच्छेदका कारण महिला र पूरूष दुवै रहेको उनी जिकिर गर्छिन्।

‘कतिपय कुरामा कतै पुरूषमा समस्या होला। कतै महिलाका पनि समस्या होलान्। उनीहरूले सहज तरिकाले जीवन चलाउन नसके सम्बन्ध विच्छेद गर्छन्’, उनले भनिन्, ‘एकअर्काप्रति तुष पालेर सहज जीवन बाँच्न सकिँदैन भन्ने आधार भए उनीहरू छुट्टिन स्वतन्त्र छन्।’

अझै पनि समाजमा महिलाहरूले पारिवारिक, सामाजिक जिम्मेवारी सम्हालिरहेको र सम्बन्धविच्छेदको कारण धेरै कुराले पुरुष नै कारक रहेको उनले बताइन्।सम्बन्ध विच्छेद गर्दा महिलाले श्रीमानको सम्पत्तिबाट आधा अंश पाउने कानूनी व्यवस्था छ। कतिपयले भने महिलाले सम्पत्तिका लागि पनि सम्बन्ध विच्छेद गर्ने गरेको टिप्पणी पनि गर्छन्।

यसमा भने पौडेले विमति राख्छिन्। महिलाले अंश पाउने व्यवस्था कानुनले गरेको भए पनि सबै महिलाले श्रीमानबाट अंश लिने नगरेको उदाहरण प्रशस्त रहेको उनले बताइन्।

Previous Post

सरकारको आम्दानीभन्दा खर्च बढी, ८ महिनामा पुँजीगत खर्च २३ प्रतिशत

Next Post

निरन्तरको सिकाइले सफल बनेका सेम वाल्टन

सम्बन्धित खबर

पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य फेरि बढ्यो

१५ चैत्र २०८२,
कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन
जीवन शैली

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

१५ चैत्र २०८२,
Load More
Next Post
सफल बन्नु छ भने संभाषणको कला सिक्नुहोस्

निरन्तरको सिकाइले सफल बनेका सेम वाल्टन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In