• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    ह्यारी–मेघन बेलायत फर्कने

    ह्यारी–मेघन बेलायत फर्कने

    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    ह्यारी–मेघन बेलायत फर्कने

    ह्यारी–मेघन बेलायत फर्कने

    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बाढी–पहिरोको पाँच महिना : अझै पाएनन् पीडितले राहत–अनुदान

by
१९ फाल्गुन २०८१,
0
बाढी–पहिरोको पाँच महिना : अझै पाएनन् पीडितले राहत–अनुदान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक । पाँच महिनासम्म स्थानीय तहले प्रभावितको तथ्याङ्क नपठाउँदा काभ्रेपलाञ्चोकका बाढी–पहिरोपीडितले अझै सरकारी राहत–अनुदान पाउन सकेका छैनन् । जिल्लास्थित विपद् व्यवस्थापन समितिले बैठकमार्फत स्थानीय तहलाई पटक–पटक ‘गाँस–बास–कपास गुमाएका’ लाई राहत दिन स्थानीय प्रभावितको तथ्याङ्क पठाउन ताकेता गरिरहेको छ ।

समितिले पछिल्लो पटक गत बिहीबार प्रभावितको तथ्याङ्क पठाउन ताकेता गरेको हो । राहत–अनुदानका लागि स्थानीय तहले लाभग्राहीको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टलमा तथ्याङ्क अनिवार्य प्रविष्ट गरेपछि मात्रै राहत अनुदान आउनेछ । जिल्लाका १३ स्थानीय तहमध्ये पाँच वटाले मात्रै अस्थायी आवास निर्माणका लागि लाभग्राहीको एकीन विवरण टुङ्गो लगाएको समितिले जनाएको छ । समितिको गत बिहीबारको बैठकले तत्काल विवरण प्रविष्ट गर्न ताकेता गर्ने निर्णय समेत गरेको थियो ।

जिल्लाका धुलिखेल र नमोबुद्ध नगरपालिका तथा रोशी, चौरैदेउराली र महाभारत गाउँपालिकाले लाभग्राहीको विवरण प्राधिकरणको विपद् पोर्टलमा प्रविष्ट गरेका छन् । अति प्रभावित मानिएका बेथानचोक गाउँपालिका तथा पनौती नगरपालिकाले भने पूर्ण विवरण भरेका छैनन् । ‘विवरण छानबिन गर्दैछौँ, केही हप्तामा सक्नेछौँ’, पनौतीका प्रमुख रामशरण भण्डारीले भने । पोर्टलमा प्रविष्ट विवरण अनुसार धुलिखेल नगरमा ८६, नमोबुद्धमा आठ सय २४, रोशीमा पाँच सय ४८, चौरीदेउरालीमा दुई सय ७८ र महाभारत गाउँपालिकामा १७ परिवारको तथ्याङ्क छ । समितिले ती तहको अस्थायी आवास निर्माणका लागि रकम निकासा गर्न प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

प्राधिकरणबाट निकासा भएलगत्तै स्थानीय विपद् व्यवस्थापन समितिमा रकम निकासा भएपछि लाभग्राहीलाई वितरण गरिने जनाइएको छ । स्थानीय तहले अस्थायी आवास निर्माणका लागि लाभग्राहीको विवरण पोर्टलमा प्रविष्ट गरी स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयसहित जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउनुपर्ने प्रावधान रहेको छ, भने जिल्ला विपद् व्यवस्थापन समितिबाट अनुमोदन भएर प्राधिकरणमा पुगेपछि मात्रै रकम निकासा हुनेछ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले स्थानीय तहलाई पटक–पटक लाभग्राहीको विवरण प्रविष्ट गर्न पत्राचार गरिएको बताए ।

‘स्थानीय तहले ढिलाइ गर्दा बाढीपहिरो पीडितले अस्थायी आवास निर्माणको रकम पाउन ढिलाइ भइरहेको हो’, ढकालले भने । समितिको बैठकले सबै विषयगत क्लस्टरलाई पीडितको अपडेट र पूर्व तयारीका कार्य यही फागुन २० गतेभित्र टुङ्ग्याउन निर्देशन दिने निर्णय समेत गरेको छ ।

समितिद्वारा अस्थायी आवास निर्माणका लागि रु ५० हजार उपलब्ध गराउने मापदण्ड अनुसारको विवरणसमेत स्थानीय तहसँग माग गरिएको हो । केन्द्रीय सरकारका तर्फबाट भने ज्यान गुमाएका परिवारलाई गत असोज अन्तिम सातानै प्राप्त रु दुई लाखका दरले रकम उपलब्ध गराइसकिएको कार्यालले जनाएको छ । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा ७९ को मृत्यु भएको थियो,भने छ जना अझै वेपत्ताको अवस्थामा रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक विवरणअनुसार भने जिल्लामा दुई हजार ८ सय ४४ घर पूर्ण र ६ हजार ४६ घरमा आंशिक क्षति पुगेको छ । त्यस्तै, ३ हजारदेखि ३५ सय घर पुनर्निर्माण गर्नुपर्ने देखिएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ । तीन दर्जन सरकारी भवन, तथा साही संख्यामा सार्वजनिक भवन पूर्णरुपमा क्षति भएको जनाइएको छ । यसअघि प्राधिकरणले पछिल्लो पटक माघ १३ गते विपद् प्रभावित स्थानीय तहलाई पत्राचार गरी अस्थायी आवास निर्माणका लागि तत्कालै लाभग्राहीको विवरण उपलब्ध गराउन भनेको थियो ।

प्राधिकरणका शाखा अधिकृत बद्रीप्रसाद अर्यालका अनुसार निजी आवास पूर्णरुपमा क्षतिग्रस्त भई वा आंशिक रुपमा क्षतिग्रस्त भए तापनि बसोबास गर्न नमिल्ने लाभग्राहीको अस्थायी आवास निर्माण गर्नका लागि प्राधिकरणबाट भएका ताकेता अझै कार्यान्वयन हुनसकेको छैन । ‘क्षतिग्रस्त निजी आवासका लाभग्राहीको अस्थायी अवास निर्माणको गति अत्यन्तै सुस्त भएको, जाडोको मौसम चलिरहेको र निकट भविष्यमा हावाहुरी र गर्मीयाम सुरु हुने हुँदा निजी अस्थायी आवासका लाभग्राहीले थप कठिनाइ भोग्नुपर्ने अवस्था आउन नदिन शीघ्र विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान मापदण्ड, २०८१ को दफा ३ बमोजिम लाभग्राही कायम गर्ने व्यवस्था मिलाउन’ अनुरोधसहित पत्रमा उल्लेख गरिएको छ ।

Previous Post

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेब्रुअरीमा हालसम्मकै धेरै यात्रु आवागमन

Next Post

बिस्केट जात्राका लागि दुईवटा लिङ्गो योसिङ्खेल ल्याइयो

सम्बन्धित खबर

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या
आर्थिक

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

५ भदौ २०८३,
ह्यारी–मेघन बेलायत फर्कने
अन्तर्राष्ट्रिय

ह्यारी–मेघन बेलायत फर्कने

५ भदौ २०८३,
अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप
आर्थिक

अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

५ भदौ २०८३,
पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान
अन्तर्राष्ट्रिय

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

५ भदौ २०८३,
इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न
आवाज

इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

५ भदौ २०८३,
Load More
Next Post
बिस्केट जात्राका लागि दुईवटा लिङ्गो योसिङ्खेल ल्याइयो

बिस्केट जात्राका लागि दुईवटा लिङ्गो योसिङ्खेल ल्याइयो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In