• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

    महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

    कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड

    कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड

    काठमाडौँमा राखिएको निःशुल्क ‘वाटर बुथ’को पानी दुरुपयोग

    काठमाडौँमा राखिएको निःशुल्क ‘वाटर बुथ’को पानी दुरुपयोग

    धादिङको बैरेनीमा तीन सवारी ठोक्किँदा ३७ जना घाइते

    धादिङको बैरेनीमा तीन सवारी ठोक्किँदा ३७ जना घाइते

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    आजको मौसम पूर्वानुमानः केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युवा जगतको चौतर्फी विकासमा सरकार हरसम्भव सहयोग गर्न कट्टीबद्ध: प्रधानमन्त्री

by
१८ फाल्गुन २०८१,
0
युवा जगतको चौतर्फी विकासमा सरकार हरसम्भव सहयोग गर्न कट्टीबद्ध: प्रधानमन्त्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जगतको चौतर्फी विकासका लागि सरकार हरसम्भव सहयोग गर्न कट्टिबद्ध रहने बताएका छन् । सैनिक मञ्च टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दल (एनसिसी) को सिसं. १९ सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज कार्यक्रममलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी’ उक्तिलाई आत्मसात गर्दै चन्द्र र सूर्य अंकित झण्डाप्रति सदैव अनुशासित भई शिरोपर गर्न सक्ने युवाहरुको खाँचो राष्ट्रलाई रहने भएकाले यो कार्यक्रम नेपाल सरकारको उच्च प्राथमिकतामा परेको बताएका हुन् ।

‘तपाईहरुमाथि तपाईको अभिभावकको मात्र आशा र सपना निहित नरही तपाईहरुका प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ । त्यसैले सर्वाेत्कृष्ट समाज निर्माणका लागि यसै युवा अवस्थामा तपाईहरुले आफ्नो मनोबल उच्च बनाउनको साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै तपाईहरुको आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र त्यसलाई पूरा गर्न सवल नागरिक बन्ने कार्य पनि शुरु गर्नु पर्दछ ।’

सेवा दलका प्रमुख संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रलाई आवश्यक परेको बेलामा तपाईहरुले निःस्वार्थ सेवा भावबाट समर्पित भई एक सच्चा नेपाली नागरिकका रुपमा महत्वपूर्ण नेतृत्वदायी भूूमिका निर्वाह गर्नुहुनेछ र यस तालिमको दौरान तपाईहरुले हासिल गरेका ज्ञानले तपाईहरुलाई उक्त कार्यको लागि अभिप्रेरित र सहयोग गर्ने विश्वास लिएको छु ।’

प्रधानमन्त्री ओलीले देशभक्ति, कर्तव्यपरायणता र श्रेष्ठताका लागि दीक्षित छात्रा÷छात्रालाई शुुभकामना दिँदै अरुलाई छिर्के लगाएर नभई स्वच्छ प्रतिस्पर्धाका आधारमा मुलुकको विकासमा समर्पित हुन र अघि बढ्न आग्रह गरे ।कार्यक्रममा प्रथम महिला राधिका शाक्य, रक्षामन्त्री मानवीर राई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, प्रधानसेनापति अशोकराज सिग्देल, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोल, सुरक्षा निकायका प्रमुखहरुलगायत उपस्थित थिए । कार्यक्रममा भारत र माल्दिभ्सका एनसिसी र भूटान स्काउटको प्रमण्डल पनि सहभागी थियो ।

युवाहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले ‘अनुशासन राष्ट्र सेवाको मुल जग हो’ भन्ने आदर्श वाक्यका साथ विस. २०२२ सालमा स्थापित सो सेवा दलले युवाहरुलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपत्तिको समयमा परिचालन गर्न सकिने तालिमप्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्दै आएको छ । यस आर्थिक वर्षका यसका सात हजार सात सय चार छात्र-छात्रा रहेकामा आगामी वर्ष ११ हजार पाँच सय ५० पुर्‍याउने लक्ष्य दिइएको छ । हालसम्म यस सेवा दलबाट ८२ हजार एक सय ८४ दीक्षित भइसकेका छन् ।

Previous Post

नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

Next Post

वीरगञ्ज नाका हुँदै सात महिनामा आठ अर्ब ६८ करोड मूल्य धान–चामल आयात

सम्बन्धित खबर

महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
समाचार

महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

२९ बैशाख २०८३,
कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड
समाचार

कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड

२९ बैशाख २०८३,
काठमाडौँमा राखिएको निःशुल्क ‘वाटर बुथ’को पानी दुरुपयोग
फिचर-ब्यानर

काठमाडौँमा राखिएको निःशुल्क ‘वाटर बुथ’को पानी दुरुपयोग

२९ बैशाख २०८३,
धादिङको बैरेनीमा तीन सवारी ठोक्किँदा ३७ जना घाइते
फिचर-ब्यानर

धादिङको बैरेनीमा तीन सवारी ठोक्किँदा ३७ जना घाइते

२९ बैशाख २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

आजको मौसम पूर्वानुमानः केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

२९ बैशाख २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२९ बैशाख २०८३,
Load More
Next Post
अर्थ वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो

वीरगञ्ज नाका हुँदै सात महिनामा आठ अर्ब ६८ करोड मूल्य धान–चामल आयात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In