• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

    विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

    विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

    जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति

    जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

म्याग्दीको प्रभुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना

by
१८ फाल्गुन २०८१,
0
म्याग्दीको प्रभुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी । मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक ध्यान केन्द्र स्थापना भएको छ । परापूर्वकालमा ऋषिमुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएको केन्द्र गर्ने थलोका रूपमा विकास भएको छ ।

प्रभुचेला धुरी प्रवर्द्धन समाजका अध्यक्ष टीकाबहादुर जुग्जाली (नवीन)ले गण्डकी प्रदेश सरकार र प्रवासमा रहेका बिमवासीको सहयोगमा मेडिटेसनस्थलको पूर्वाधार तयार पारिएको जानकारी दिए । ‘परापूर्वकालमा ऋषिमुनिहरूले प्रभुचेला धुरीमा तपस्या गरेर ज्ञान आर्जन गरेको तीन वर्षअघिको अध्ययनबाट तथ्यहरू पहिचान भएपछि संरक्षण र पूर्वाधार निर्माण गरिएको हो’, योग प्रशिक्षक समेत रहेका उनले भने, ‘बस्तीदेखि टाढा र जङ्गलको बीचमा शान्त हावापानी र वातावरणमा योग ध्यान गर्नका लागि प्रभुचेलामा पूर्वाधार तयार भएको छ ।’

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको रु ५० लाख बजेटबाट ध्यान केन्द्रस्थल वरपर घेराबार, सार्वजनिक शौचालय, हवन कुण्ड र पक्की पर्खाल निर्माण गरिएको छ । रु २८ लाख खर्चेर गोलो आकारको ध्यान गर्ने भवन निर्माण भएको छ । स्थानीय काठ, ढुङ्गामाटोको प्रयोग गरेर मौलिक किसिमको गोलघर बनाउन प्रवासमा रहेका बिमवासीले सहयोग गरेका अध्यक्ष जुग्जालीले बताए ।

पूर्वाधार निर्माणपछि यहाँ आउने तपस्वी, भक्तजन र पर्यटकलाई सहज भएको प्रभुुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुुरमन गर्बुुजाले बताए । ‘प्रभुुचेलाको धार्मिक महत्व नबुुझेर यहाँ केही वर्षअघिसम्म स्थानीयवासीले गाईभै‌सी र भेडाबाख्राको गोठ राख्ने खर्क बनाएका थिए’, उनले भने, ‘प्राकृतिक हिसाबले सुन्दर र मनमोहक रहेको प्रभुचेलामा नियमित ध्यानकेन्द्र सञ्चालनको तयारीमा छौँ ।’

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु १५ लाख सहयोगमा ५० जना क्षमताको आश्रयस्थल भवन र उकालो बाटोमा ८७ मिटर पक्की पदमार्ग निर्माण भएको छ । कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षण गरिएको छ । प्रभुचेला धुरीमा एक सय वर्षअघिसम्म ऋषिमुनिहरूका लागि तपस्यास्थल थियो । बिमगाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुनि आउने गर्दथे । स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले विसं १९७० देखि १९७५ सम्म यही ठाउँमा तपस्या गरेका थिए ।

कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधनास्थल र हवन कुण्डको भग्नावशेष अझै छन् । प्रभुचेला धुरीबाट धवलागिरि र गुर्जा हिमशृङ्खला अवलोकन गर्न पाउनु अर्को विशेषता हो । मालिका गाउँपालिकाको सहयोगमा सोरवाङबाट प्रभुचेला धुरीलाई सडकले जोडिएको छ । विभिन्न दाताले व्यक्तिगत लगानीमा मन्दिर, खानेपानी र ध्यानाश्रम बनाएका छन् । पलवीर जुग्जालीले कपिलानन्दले ध्यान गरेको कुटीको पुनर्निर्माण गरेका छन् ।

छकप्रसाद पाइजाले शिव र देउप्रसाद जुग्जालीले गणेशको मन्दिर बनाएका छन् । रुपलाल पुनको संयोजकत्वमा स्वर्गीय मनबहादुर थजाली पुन र रतिमा पुनको स्मृतिमा खानेपानीको पाइप जडान, धारा र ट्याङ्की निर्माण भएको छ। आश्रयस्थल बनेपछि तपस्वी, भक्तजन र पर्यटकलाई राति, हिउँ, पानी परेको र घाम चर्किदा आश्रय लिन सहज भएको छ । समुद्र सतहबाट दुई हजार चार सय मिटर उचाइमा अवस्थित प्रभुचेला धुरी बिमबाट दुई घण्टा र सवारीसाधनमा ३० मिनेटमा पुगिन्छ । प्रभुुचेलालाई ध्यान केन्द्रका रूपमा विकास गर्न पूर्वाधार निर्माणमा प्रदेश सरकारबाट बजेट विनियोजन गराएको म्याग्दी क्षेत्र नं १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए ।

Previous Post

औषधि छैन भन्ने छुट सरकारी अस्पताललाई छैन: मन्त्री पौडेल

Next Post

बेलायतमा नोरोभाइरस सङ्क्रमण झन्डै ३० प्रतिशतले वृद्धि

सम्बन्धित खबर

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल
समाचार

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

१६ असार २०८३,
सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
समाचार

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

१६ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

१६ असार २०८३,
विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था
फिचर-ब्यानर

विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

१६ असार २०८३,
जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति
फिचर-ब्यानर

जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति

१६ असार २०८३,
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
आर्थिक

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

१६ असार २०८३,
Load More
Next Post
बेलायतमा नोरोभाइरस सङ्क्रमण झन्डै ३० प्रतिशतले वृद्धि

बेलायतमा नोरोभाइरस सङ्क्रमण झन्डै ३० प्रतिशतले वृद्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In