• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ

    सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ

    एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

    एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    कांग्रेस नेता पूर्णबहादुर खड्काद्वारा पार्टी एकतामा जोड, केन्द्रीय विस्तारप्रति असन्तुष्टि

    कांग्रेस नेता पूर्णबहादुर खड्काद्वारा पार्टी एकतामा जोड, केन्द्रीय विस्तारप्रति असन्तुष्टि

    काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

    काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

    शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको हो : प्रचण्ड

    शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको हो : प्रचण्ड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उपत्यकाको विद्युत् माग सम्बोधन गर्न सबस्टेशन निर्माण गरिँदै

by
१८ फाल्गुन २०८१,
0
उपत्यकाको विद्युत् माग सम्बोधन गर्न सबस्टेशन निर्माण गरिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रको बढ्दो बिजुली माग सम्बोधन गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले विभिन्न क्षमताका आधा दर्जन सबस्टेशन निर्माण गरिरहेको छ । ती संरचना निर्माण सम्पन्न भएपछि उपत्यकाभित्रको बिजुली प्रवाह थप गुणस्तरीय र भरपर्दो बन्ने विश्वास गरिएको छ ।

प्रसारण तथा वितरण प्रणाली सुधारका लागि काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा १३२/११ केभी क्षमताका ६ वटा सबस्टेशन निर्माण कार्य अन्तिम चरणमा छ । प्राधिकरणका अनुसार काठमाडौँको टेकु सबस्टेशन सञ्चालनमा आइसकेको छ ।

यस्तै, फुटुङ र मूलपानी सबस्टेशन निर्माण अन्तिम चरणमा छ । दुवै सबस्टेशन आगामी दुई महिनाभित्र सञ्चालनमा आउने बताइएको छ । भक्तपुरको चाँगुनारायण सबस्टेशन निर्माण सम्पन्न भइसकेको छ । सबस्टेशनलाई सञ्चालनमा ल्याउन मात्र बाँकी छ । चोभार सबस्टेशन आगामी असारभित्र र भक्तपुरको ठिमी सबस्टेशन आगामी आठ महिनाभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ ।

ती सबस्टेशनको क्षमता ९०-९० एमभिए छ । सबस्टेशन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि काठमाडौँ उपत्यकामा थप करिब पाँच सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार तयार हुने छ । हाल काठमाडौँ उपत्यकाको विद्युत् माग पाँच सय मेगावाटको हाराहारीमा छ ।

भविष्यमा वृद्धि हुनसक्ने विद्युतको सम्भावित मागलाई सम्बोधन गर्न प्राधिकरणले सन् २०५० को समयसीमा निर्धारण गरी काठमाडौँ उपत्यकाका प्रमुख क्षेत्रमा चरणबद्ध रूपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाएको छ । सन् २०५० सम्ममा काठमाडौँ उपत्यकाको विद्युत्को उच्चतम माग तीन हजार एक सय मेगावाट पुग्ने प्रक्षेपण गरी प्राधिकरणले २२०, १३२, ३३ र ११ केभी तहका २० नयाँ सबस्टेशन निर्माण प्रक्रिया अगाडि बढाएको हो ।

सबस्टेशन निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण भइसकेको छ । कुल दुई सय २० केभी प्रसारण संरचनाले काठमाडौँ उपत्यकाको बाहिरी परिधिलाई घेर्ने गरी दुई सय २० केभीको रिङ निर्माण गर्न सर्वेक्षणलगायत पूर्वतयारीका काम सम्पन्न भइसकेका छन् ।

तामाकोसी र सुनकोशी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा आपूर्तिका लागि ४००/२२०, २२०/१३२ र १३२/११ केभी क्षमताको लप्सीफेदी सबस्टेशन निर्माणाधीन छ । काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिलाई भरपर्दो गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेशन निर्माण, सञ्चालनमा रहेका सशस्टेशनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्नेलगायत आयोजना सञ्चालनमा छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपत्यकाभित्रको विद्युत् बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन भौतिक पूर्वाधार निर्माणलाई गति दिइएको जानकारी दिए ।

काठमाडौँको दक्षिण–पूर्वी क्षेत्रको विद्युत् आपूर्ति सुधारका लागि कागेश्वरी मनोहरा नगरपालिकाको मूल पानीमा १३२/११ केभी सबस्टेशन निर्माण अन्तिम चरणमा छ । चपली-भक्तपुर १३२ केभी प्रसारण लाइनलाई मूलपानी सबस्टेशनमा छिराएर विद्युत् आपूर्ति हुने छ । सो सबस्टेशनबाट जडीबुटी, पेप्सीकोला, काँडाघाँरी, गोठाटार, मूलपानी, जोरपाटी, साँखु, ठिमीलगायत क्षेत्रमा विद्युत् आपूर्तिका लागि ११ केभी क्षमताका आठवटा फिडर निकालिएको छ । सो सबस्टेशन आगामी चैतभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

चोभार सब स्टेसनबाट चक्रपथ हुँदै १३२ केभी भूमिगत लाइन बनाउँदै ललितपुरको लगनखेल सबस्टेशनमा पुग्नेछ । लगनखेल सबस्टेशनलाई सुदृढीकरण गरी १३२ केभी क्षमतामा स्तरोन्नति गरिँदै छ । त्यसपछि आगामी दिनमा त्यहाँबाट भूमिगत रूपमा चापागाउँ र हरिसिद्धिमा लाइन जोडिने छ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी, एसियाली विकास बैंक (एडिबी), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधार अगाडि बढाइएको हो ।

Previous Post

बेलायतमा नोरोभाइरस सङ्क्रमण झन्डै ३० प्रतिशतले वृद्धि

Next Post

नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

सम्बन्धित खबर

सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ
समाचार

सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ

२९ बैशाख २०८३,
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
समाचार

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

२९ बैशाख २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
समाचार

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

२९ बैशाख २०८३,
कांग्रेस नेता पूर्णबहादुर खड्काद्वारा पार्टी एकतामा जोड, केन्द्रीय विस्तारप्रति असन्तुष्टि
समाचार

कांग्रेस नेता पूर्णबहादुर खड्काद्वारा पार्टी एकतामा जोड, केन्द्रीय विस्तारप्रति असन्तुष्टि

२९ बैशाख २०८३,
काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन
समाचार

काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

२९ बैशाख २०८३,
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको हो : प्रचण्ड
समाचार

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको हो : प्रचण्ड

२९ बैशाख २०८३,
Load More
Next Post
नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In