• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

समृद्धि प्राप्त गर्नु साझा लक्ष्य होः देउवा (पूर्णपाठसहित)

by
२५ पुस २०७९,
0
समृद्धि प्राप्त गर्नु साझा लक्ष्य होः देउवा (पूर्णपाठसहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको प्रतिनिधिसभाबाट जनताले अपेक्षा गरेअनुसार काम गर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यो प्रतिनिधिसभाबाट जनताले धेरै अपेक्षा गरेको समेत बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले भने, ‘यो प्रतिनिधिसभाबाट जनताले धेरै अपेक्षा राखेका छन् । समृद्धि प्राप्त गर्नु साझा लक्ष्य हो । त्यही अनुसार यो प्रतिनिधिसभाबाट काम हुनेछ ।’

देउवाले संविधान रक्षा र संविधानको भावनाअनुसार अगाडि बढ्नुपर्ने पनि बताए । सभापति देउवाले कांग्रेस प्रतिनिधिसभाको ठूलो दल भएकोले जनतालाई धन्यबाद दिँदै उनले भने, ‘जनताका अपेक्षा र साथीहरूका भावनाअनुसार कांग्रेसले काम गर्नेछ । कांग्रेसले रचनात्मक भूमिका खेल्छ ।’

देउवाको सम्बोधनको पूर्णपाठ

सम्माननीय सभामुख महोदय,

(१) नेपालको वर्तमान संविधान जारी भएपछि दोस्रो प्रतिनिधि सभाको पहिलो बैठक आज प्रारम्भ हुदैछ। म सबै भन्दा पहिले देशमा लोकतान्त्रिक व्यवस्थाको स्थापना, पुर्नस्थापना र संरक्षणकालागि जीवन आहुती दिन हुने सम्पूर्ण प्रातः स्मरणीय ज्ञात, अज्ञात शहिदहरुमा हार्दिक श्राद्धान्जली अर्पण गर्दछु।

(२) देशमा संघीय, लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्न र बर्तमान संविधान निर्माण गर्न योगदान गर्नु हुने सबैका प्रति उच्च सम्मान गर्दै प्रसंशा गर्न चाहन्छु।

(३) प्रतिनिधि सभामा निर्वाचित भएर आउनु भएका सबै माननीय सदस्य साथीहरुलाई हार्दिक बधाई दिन चाहन्छु । तपाईहरु पाँच वर्षको आफ्नो कार्यकालमा देश र जनताको हितमा काम गर्न सर्वथा सफल हुनु हुनेछ भन्ने विश्वास गर्दै कार्यकालको पूर्ण सफलताको शुभ कामना व्यक्त गर्दछु । तपाईहरुलाई निर्वाचित गर्ने जनताको भावना अनुरुप काम गर्न अनुरोध गर्दछु।

(४) माननीय पुष्प कमल दाहाल प्रचण्डजी प्रधानमन्त्री नियुक्त हुनु भएको छ। वहाँको नेतृत्वमा नयाँ मन्त्रिपरिषदको गठन भएको छ। म नव नियुक्त प्रधानमन्त्री माननीय प्रचण्डजीलाई हार्दिक बधाई दिन चाहन्छु। वहाँको कार्यकालको पूर्ण सफलताको हार्दिक शुभ कामना व्यक्त गर्दछु। मन्त्रिपरिषदमा नव नियुक्त माननीय मन्त्रीज्यूहरुलाई बधाईका साथै सफलताको शुभ कामना व्यक्त गर्दछु।

(५) आज भन्दा अठार महिना पहिले अप्रत्यासित तवरले विकसित राजनीतिक घटनाक्रमको बिचमा नेपाली काँग्रेस सहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सहयोग र समर्थनमा म प्रधानमन्त्री नियुक्त भएको थिए। तत्कालिन अवस्थामा संविधानको भावना बमोजिम प्रतिनिधि सभालाई पूर्ण कार्यकाल कार्य सम्पादन गर्ने सुनिश्चितता गर्नु, स्थानिय तह, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन समयमा सम्पन्न गरि देशलाई लोकतान्त्रिक मार्गमा अग्रसर गराउनु मेरो नेतृत्वको सरकारको प्राथमिक जिम्मेवारी थियो। यस कार्यमा तमाम चुनौति र कठीनाईहरु थिए तापनि प्रतिनिधि सभा पूर्ण कार्यकाल कायम रह्यो। स्थानिय तहको निर्वाचन समयमा सम्पन्न भयो। पछिल्लो पटक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन स्वतन्त्र, निस्पक्ष, भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न भएर आज हामी प्रतिनिधि सभाको पहिलो बैठकमा बसी रहदा मलाई हर्ष एवं गौरवको अनुभूति भएको छ। म यस अवसरमा सवैमा हार्दिक धन्यवाद दिन चाहन्छु।
सभामुख महोदय,

(६) आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य शर्त हो। स्थानिय तह, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनहरु समयमा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने देश भित्र र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहीनी, दाजूभाईहरु, सबै मतदाता, राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय, समग्र कर्मचारी संयन्त्र, नागरिक समाज, बुद्धिजिवि, संचार जगत र निर्वाचनमा प्रत्यक्ष वा परोक्ष रुपले संलग्न भई सहयोग गर्ने सबैमा हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु। निर्वाचनको प्रयोजनकालागि अन्तर्राष्ट्रिय जगतबाट प्राप्त सद्भाव र सहयोगका लागि धन्यवाद दिन चाहन्छु।

(७) म माननीय सदस्यहरुलाई विषेश रुपले आग्रह गर्न चाहन्छु। यो प्रतिनिधि सभावाट नेपाली जनताले धेरै अपेक्षा राखेका छन्। हाम्रो आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुन जरुरी छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु हामी सबैको साझा लक्ष्य हो। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता हो।यसका लागि नेपालको संविधानको रक्षा र संविधानको भावना अनुरुप कार्यान्वयन अनिवार्य शर्त हो। संविधानको कार्यान्वयनका लागि धेरै नीति र कानून निर्माण गर्न बाँकी छ।संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि त्यस अनुरुपका आवश्यक नीति र कानून बनाउनु छ। लोकतन्त्रको उन्नयनका निमित्त संविधान कानूनका साथै नैतिक आचरणको विषेश महत्व हुन्छ।हाम्रो सम्पूर्ण उर्जा, मनस्थिति, व्यवहार र काम कारवाहि नेपाल र नेपाली जनताको बृहत्तर हितका निमित्त केन्द्रीत हुनु पर्दछ।सबै माननीय साथीहरुमा म हार्दिक अपील गर्न चाहन्छु प्रतिनिधि सभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरणका लागि विषेश योगदान गर्न सकोस्। हामी सबै यसमा सफल हुन सकौं।
सभामुख महोदय,

(८) मंसिर ४ गते सम्पन्न निर्वाचनबाट नेपाली काँग्रेस प्रतिनिधि सभा र प्रदेश सभामा सबै भन्दा ठूलो राजनीतिक दल बनेको छ।नेपाली काँग्रेसमा यति ठूलो विश्वास र भरोसा गरेर जनमत प्रदान गर्नु हुने देश भित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दाजूभाई, दिदीबहिनीहरुमा आभार व्यक्त गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु।पार्टीका सबै साथीहरुले गर्नु भएको मेहनतको उच्च सराहना गर्दै धन्यवाद दिन चाहन्छु।संचार माध्यमले जनतालाई सुसूचित गर्ने गरि असल काम गर्नु भएको छ।वहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु।नागरिक समाज, बुद्धिजिवि लगायत सबै शुभेच्छुक प्रति आभारी छु।म सम्पूर्ण दाजूभाई, दिदीबहिनीलाई विश्वास दिलाउन चाहन्छु, तपाईले दिनु भएको विश्वासमा ठेस लाग्न दिने छैनौं। नेपाली काँग्रेस जनताको अपेक्षा र पार्टीका साथीहरुको भावना अनुसार काम गर्नेछ।हाम्रा असंख्य शहिदहरुको त्याग, तपस्या र बलिदानवाट हामीले प्रेरणा पाएका छौं।

संस्थापक नेता वि।पी। कोईराला, सुवर्ण शसशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसाद कोईराला, सुशिल कोईराला लगायतका नेताहरुको मार्ग दर्शनले हाम्रो यात्रा निर्देशित छ। म सबै नेताहरुको योगदानलाई श्रद्धापूर्वक स्मरण गर्न चाहन्छु। म नेपाली काँग्रेसको ईतिहासलाई पनि स्मरण गरिरहेको छु। देशमा जुनसुकै बेला जस्तोसुकै समस्या आई परेपनि काँग्रेसले आफ्नो नेतृत्वमा समाधान दिएको छ। यो सुनौलो ईतिहासले हामीलाई आगामी दिनमा पनि प्रेरणा दिईरहने छ । देशभरिका लाखौं साथीहरुको कठोर परिश्रम, मेहनतले हामी नेपाली जनतामाझ स्थापित भएका छौं। म सबै साथीहरुलाई विश्वास दिलाउन चाहन्छु शहिदहरुको बलीदान, नेताहरुको प्रेरणा र मार्ग निर्देश र साथीहरुको परिश्रम खेर जान दिईने छैन। हामी नेपालको संविधानको रक्षा र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सबलीकरण गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र संमृद्धि प्राप्त गर्ने हाम्रो लक्ष्यमा अबिचलित रुपले लागीरहने छौं। देश र जनताको बृहत्तर हितमा काम गर्ने छौं। यो प्रतिनिधि सभामा नेपाली नेपाली काँग्रेस एकताबद्ध, जिम्मेवार र रचनात्मक भई प्रस्तुत हुनेछ। जनताका जीवनसँग जोडिएका विषयमा हाम्रो विषेश ध्यान जानेछ।
सभामुख महोदय

(९) अन्तमा एक पटक पुनः नव नियुक्त प्रधानमंत्री माननीय पुष्पकमल दाहाल प्रचण्डजी र सबै माननीय सदस्यहरुलाई बधाई र कार्यकालको सफलताको कामना गर्दछु।

धन्यवाद। जय नेपाल।

Previous Post

फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सले उडान भर्ने

Next Post

जात र विविधताको मात्र होइन, अब राष्ट्रिय संस्कृति संरक्षण र सम्वर्द्धन गर्नुपर्छ : केपी ओली

सम्बन्धित खबर

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
Load More
Next Post
जात र विविधताको मात्र होइन, अब राष्ट्रिय संस्कृति संरक्षण र सम्वर्द्धन गर्नुपर्छ : केपी ओली

जात र विविधताको मात्र होइन, अब राष्ट्रिय संस्कृति संरक्षण र सम्वर्द्धन गर्नुपर्छ : केपी ओली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In