काठमाडौँ । टुँडिखेलमा विशेष समारोह आयोजना गरी ७५ औँ प्रजातन्त्र दिवस मनाइएको छ । १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष आजको दिन प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।
टुँडिखेलमा आयोजितमा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू तथा उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो ।
समारोहलाई उत्सवमय बनाउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ ब्यानर अंकित हेलिकोप्टरबाट पुष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाइएको थियो ।
सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।












