• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

    भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    रसुवामा खाद्यसामग्री वितरण सुरु

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

    बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उत्तरी गोरखामा भारी हिमपात: जनजीवन प्रभावित, किसानहरूमा खुशी

by
५ फाल्गुन २०८१,
0
उत्तरी गोरखामा भारी हिमपात: जनजीवन प्रभावित, किसानहरूमा खुशी

;fDbf] ufpFdf k/]sf] lxdkft uf]/vf, % kmfu'g M pQ/L uf]/vfsf] r'dg'a|L ufpFkflnsf–!, l:yt ;fDbf]df uP/ftLb]lv k/]sf] lxdkft . g'a|L EofnLdf / cf;kf; If]qdf o; k6ssf] lxpFbdf clxn];Dds} e/L lxdkft eO/x]sf] 5 . tl:j/ M bLks >]i7÷/f;;

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गोरखा । उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ । गएरातिदेखि यस पटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको स्थानीयवासी निमा लामाले जानकारी दिए । ‘‘लामो सुख्खापछि गएरातिदेखि दोस्रो पटक हिउँ परेको हो, उनले भने ‘‘दुई दिन अगाडि सामान्य हिउँ परेको भए तापनि अहिले परेको हिउँ यो यामनै सबैभन्दा ठूलो हिमपात हो ।’’

नुब्री भ्याली भनेर चिनिने उत्तरी गोरखाको सबैभन्दा उत्तरतर्फ गाउँ साम्दोदेखि तलसम्म रहेको सामा गाउँ र स्यालासम्म हिउँ परेको लामाको भनाइ छ । मध्यराति १२ बजेदेखि सुरु भएको हिमपात लगातार परिरहेको छ । साम्दोमा जमिनबाट करिब एक फिटभन्दा माथिसम्म हिउँ जमेको छ । तल स्याँलासम्म हिउँ परेको छ ।

भारी हिमपातका कारण नुब्री भ्याली, सामा गाउँ र स्याला क्षेत्रका स्थानीयवासीको जनजीवन प्रभावित भएको छ । टेलिफोन र इन्टरनेट सेवामासमेत समस्या भइरहेको लामाले बताए ।

‘‘सोलारबाट चल्ने टेलिफोन र इन्टरनेट कहिले आउने कहिले जाने भइरहेको छ’ उनले भने ‘‘हिउँ पर्न नरोकिँदासम्म सबै सेवा प्रभावित हुने देखिन्छ ।’’हिमपातकै कारण शनिबार साँझ त्यस क्षेत्रमा पुगेका स्वदेशी तथा विदेशी पर्यटकसमेत समस्यामा परेको पथप्रदर्शक सूर्य खनालले जानकारी दिए । ‘‘पर्यटकलाई लिएर लार्के पास जान सक्ने अवस्था छैन, उनले भने ‘‘पर्यटकसहित हामी साम्दोको होटलमा आश्रय लिएर बसिरहेका छौँ ।’’ मनास्लु पदमार्गको उक्त क्षेत्र भएर मनास्लु हिमाल आरोहण गर्ने तथा लार्के पास गरी मनाङ जाने पर्यटक प्रभावित भएको उनको भनाइ छ ।

यता लामो समयपछिको हिमपात सुरु भएसँगै स्थानीयवासी खसी भएका छन् । हिउँले जीवन प्रभावित पार्ने भए पनि अन्नबाली उत्पादन राम्रो हुने भएका कारण स्थानीयवासी खुसी भएका हुन् । स्याला क्षेत्रका स्थानीय कृषकले यसअघि नै करु रोपेको तर उम्रन नपाएकोले यो हिमपातसँगै करु खेती राम्रो हुने भएकाले खुसी भएका हुन् ।

त्यस्तै गरी सामा गाउँ र साम्दोमा अबको एक महिनापछि खेतीपाती सुरु हुने भएकोले हिउँले जमिन खुकुलो हुने र खेती गर्न सहज हुने लामाले बताए । सामा गाउँ र साम्दोमा करु, जौ, आलु, फापर र चरुको खेती हुने गर्दछ । चुमभ्याली तर्फ भने मौसम मात्र बदली रहेको र अवस्था सामान्य रहेको स्थानीयको भनाइ छ ।

Previous Post

देशभर २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरी : गृह मन्त्रालय

Next Post

डिस्चार्ज भएपछि अर्थमन्त्री पौडेलद्धारा नर्स, चिकित्सकदेखि सुरक्षाकर्मीप्रति आभार व्यक्त

सम्बन्धित खबर

पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने
आवाज

भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ

१४ भदौ २०८३,
बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो
आर्थिक

रसुवामा खाद्यसामग्री वितरण सुरु

१४ भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

१४ भदौ २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
आवाज

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

१४ भदौ २०८३,
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
आवाज

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

१४ भदौ २०८३,
बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री
आर्थिक

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

१४ भदौ २०८३,
Load More
Next Post
डिस्चार्ज भएपछि अर्थमन्त्री पौडेलद्धारा नर्स, चिकित्सकदेखि सुरक्षाकर्मीप्रति आभार व्यक्त

डिस्चार्ज भएपछि अर्थमन्त्री पौडेलद्धारा नर्स, चिकित्सकदेखि सुरक्षाकर्मीप्रति आभार व्यक्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In