• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

    कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित

    निर्वासनबाट हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना

    बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’

    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘एक घर एक धारा’ का लागि तीन लाख लिटरको ट्याङ्की

by
१ फाल्गुन २०८१,
0
चालु आवमा थप तीन लाख जनसङ्ख्यामा सुरक्षित खानेपानी सेवा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धुलिखेल। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलका नागरिकलाई ‘एक घर एक धारा’ अभियानअन्तर्गत खानेपानी वितरणका लागि तीन लाख क्षमताको खानेपानी ट्याङ्की निर्माण गरिने भएको छ ।

एकीकृत खानेपानी आयोजनामार्फत एक घर एक धारा वितरणका लागि डाँडागाउँ खानेपानी ट्याङ्की निर्माण तथा पाइपलाइन विस्तार योजना निर्माणकार्य बुधबारदेखि सुरु भएको छ । निर्माणकार्य शुभारम्भ गर्दै नगर प्रमुख शान्ति रख्त शाक्यले सबै नागरिकको घरमा खानेपानी पु¥याउने नगरको योजना रहेको बताए ।

यसअघि काभ्रे उपत्यका एकीकृत खानेपानीअन्तर्गत पानी आपूर्ति गर्दै आएकामा गत असोज १२ गते गएको बाढीले क्षति पुगेपछि नगरपालिकामा फेरि खानेपानीको समस्या भएको उनले बताए । नगरप्रमुख शाक्यले बनेपा नगरपालिकाले सबै वडाका नागरिकहरुलाई एक घर एक धारा जडानको उद्देश्यअनुरुप खानेपानीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए । खानेपानीमा राजनीति नगरी समस्या समाधान गर्ने काममा सहयोग गर्न उनले सबै नगरवासीलाई आग्रह गरे ।

नगर उपप्रमुख बिमला सापकोटा दाहालले बनेपा नगरपालिका–६ ले सुरु गरेको अभियानमा नगरपालिकाको पूर्ण समर्थन रहेको र यसका लागि आवश्यक बजेट तथा समन्वयका लागि नगरपालिका तयार रहेको बताए । उनले खानेपानी, सडक, स्वास्थ्य जस्ता विकासमा सबै नगरवासीले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए । बनेपा नगरपालिका–६ का वडाअध्यक्ष सचितानन्द केसी पहिलो चरणको खत्रीगाउँ डिपबोरिङको काम ९९ प्रतिशत सम्पन्न गरी धारा वितरण गरिसकेको बताउछन्र ।

उनले दोस्रो चरणको योजनाबाट डाँडागाउँ क्षेत्रका करिब एक हजार जना लाभान्वित हुने बताउछन्र । “तीन लाख लिटर क्षमताको ट्याङ्की निर्माण सम्पन्नपश्चात् तेस्रो चरणका लागि ७० लाख विनियोजन गरिएको छ । यसबाट तल्लोटोल रातमाटे, न्यौपाने टोल, राममन्दिर, भक्तेश्वर क्षेत्रका नागरिक लाभान्वित हुनेछन्”, उनले भने । सबै पानीका मुहान एकीकृत गर्न गठित समितिका संयोजक कृष्णबुद्ध बजगाईंले वडावासीको समग्र हितका लागि छरिएका मुहानलाई एकीकृत गर्न भएको सहमतिअनुसार तीव्र गतिमा काम अगाडि बढिरहेको बताए ।

“हामी सबै राजनीतिक दल, स्थानीय उपभोक्ता र जनप्रतिनिधिको संयुक्त भेलाबाट छरिएका मुहान एकीकृत गरेर संयुक्त रूपमा पानी ट्याङ्कीमार्फत वितरण गर्न सहमत भएका हौँ । सोहीअनुसार काम अगाडि बढेको छ”, उनले भने । डाँडागाउँ खानेपानी ट्याङ्की निर्माण तथा ‘पाइपलाइन’ विस्तार योजनाका संयोजक सुनिल घर्ती मगरले रु ३५ लाख ३० हजारमा लाइन विस्तार र खानेपानी ट्याङ्की निर्माण सम्पन्न हुने बताए ।

नगरस्तरीय योजनाअन्तर्गत रु पाँच लाख ३० हजार उपभोक्ताबाट र बाँकी ३० लाख नगरपालिकाबाट बेहोर्ने उहाँले बताए । खत्रीगाउँमा रहेका सातवटा मूललाई एकीकृत गर्ने र थप पानीको स्रोतका लागि ‘डिपबोरिङ’ गरिएको छ ।

Previous Post

जनयुद्धले व्यवस्था बदल्यो, तर जनताको अवस्था परिवर्तन अधूरै : प्रचण्ड

Next Post

रोजगारी गुमाएका तीन हजार नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग

सम्बन्धित खबर

कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
आवाज

कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

१५ असार २०८३,
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
आवाज

गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित

१५ असार २०८३,
निर्वासनबाट हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना
अन्तर्राष्ट्रिय

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’

१५ असार २०८३,
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा
खेलमैदान

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

१५ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१५ असार २०८३,
Load More
Next Post
अमेरिकाः विश्वको सपना गन्तव्य र वैश्विक घर

रोजगारी गुमाएका तीन हजार नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In