• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तापक्रम वृद्धि राेक्ने लक्ष्य हासिल गर्न अब असम्भव : प्रतिवेदन

by
२७ माघ २०८१,
0
तापक्रम वृद्धि राेक्ने लक्ष्य हासिल गर्न अब असम्भव : प्रतिवेदन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी : वैज्ञानिकहरुले विश्वव्यापी तापक्रम वृद्धि २ डिग्री सेल्सियसमा नै रोक्ने लक्ष्य हासिल गर्न अब असम्भव भएको बताएका छन्। उनीहरुले यसबारे दिएको प्रतिवेदनलाई तीव्र गतिमा बढिरहेको पृथ्वीको तापमानका सन्दर्भमा गम्भीर चुनौती  ठानिएको छ।

बढ्दो हरितगृह ग्यास उत्सर्जनलाई पृथ्वीको जलवायुसँग जोडेर यसअघि जति संवेदनशील ठानिएको थियो त्योभन्दा निकै गम्भीर रहेको निष्कर्ष नयाँ प्रतिवेदनले निकालेको छ।

चर्चित जलवायु वैज्ञानिक जेम्स ह्यान्सनको नेतृत्वको टोलीले तयार पारेको उक्त प्रतिवेदन ‘वातावरण : विज्ञान र दिगो विकासको लागि नीति’ पत्रिकामा छापिएको छ।

यसअलावा, सकारात्मक मान्न सकिने एउटा घटनाका कारण यो संकट थप बढेको दावी गरिएको छ। ‘ढुवानी उद्योगबाट सिर्जित एयरोसोल प्रदूषणले सूर्यको प्रकाशलाई रोक्छ, जसले गर्दा विश्वव्यापी तापक्रम वृद्धिको प्रभावलाई थोरै कम गर्छ तर हालमा यो प्रदूषण घटेको छ, जसले तापक्रम वृद्धिको गतिमा क्षति पुर्‍याएको छ’ प्रतिवेदनमा भनिएको छ।

गम्भीर चेतावनी

ह्यान्सन पहिले नासाका शीर्ष जलवायु वैज्ञानिक थिए। उनी सन् १९८८ मा अमेरिकी संसदमा दिएको एउटा वक्तव्यका लागि चर्चित छन्, जुन वक्तव्यमा उनले विश्वव्यापी तापक्रम वृद्धि शुरु भएको घोषणा गरेका थिए।

ह्यान्सनले पछिल्लो समय एउटा कार्यक्रममा संयुक्त राष्ट्र संघीय जलवायु समितिले खिचेको महत्वाकांक्षी तस्वीरलाई ‘असम्भव परिदृश्य हो’ भनेका छन्।

राष्ट्र संघीय समितिले सन् २१०० सम्ममा तापक्रम वृद्धि २ डिग्री सेल्सियसभन्दा मुनि नै राख्ने ५० प्रतिशत सम्भावना रहेको बताएको थियो। जसलाई ह्यान्सनले असम्भव बताएका हुन्।

‘२ डिग्रीको लक्ष्य अब सकिइसकेको छ,’ उनले भने। अर्कोतर्फ, जीवाष्म इन्धन जलाएर वातावरणमा निस्कने हरितगृह ग्लासहरूले तापक्रममा थप वृद्धि सुनिश्चित गरिदिएको वैज्ञानिकहरूको तर्क छ।

आगामी वर्षहरूमा विश्वव्यापी तापक्रम १.५ डिग्री सेल्सियस वा सोभन्दा माथि रहने र सन् २०४५ सम्ममा 2 डिग्रीको आसपास पुग्ने उनीहरुले अनुमान गरेका छन्। आगामी २०–३० वर्षमा, ध्रुवीय बरफ पग्लने र उत्तरी एट्लान्टिकमा बढ्ने जलस्तर वृद्धिले एट्लान्टिक मेरिडियनल लहरलाई रोकिदिने पनि वैज्ञानिकहरूले घोषणा गरेका छन्।

यो लहरले संसारका धेरै कुनाहरूमा आवश्यक ताप पुर्‍याउँछ र समुद्री जीवहरूका लागि आवश्यक पोषक तत्वहरू पनि ल्याउने काम गर्छ तर यसको अन्त्यसँगै समुद्री सतह बढ्ने जस्ता धेरै समस्याहरू आउने प्रतिवेदनमा उल्लेख छ।

‘त्यसैले, हामी यो छालको अन्त्यलाई त्यो विन्दु मानिरहेका छौँ, जहाँबाट फर्कन सम्भव छैन’ रिपोर्टमा भनिएको छ।

कदम उठाउनुपर्ने खाँचो

सन् २०१५ मा, विश्वभरका देशहरूले जलवायुसम्बन्धी पेरिस सम्झौतामार्फत यस शताब्दीको अन्त्यसम्ममा, विश्वव्यापी तापक्रमलाई औद्योगिक युगको प्रारम्भअघिको स्तरबाट १.५ डिग्री सेल्सियसभन्दा धेरै बढ्न दिइने छैन भनि सम्झौता गरेका थिए।

पेरिस सम्झौताले दशकौंमा देखिने दीर्घकालीन प्रवृत्तिको बारेमा बोलेको थियो तर युरोपेली संघको जलवायु अनुगमन प्रणाली कोपर्निकसको तथ्याङ्कले यो लक्ष्य पार भइसकेको देखाइसकेको छ।

तापक्रम २ डिग्री बढ्दा नै गम्भिर असर पर्नेछ। नयाँ प्रतिवेदन लेख्ने वैज्ञानिकहरू आफ्ना निष्कर्ष डरलाग्दो रहेको स्विकार्दै परिवर्तनको लागि इमानदारी आवश्यक रहेको ठान्छन्।

‘जलवायु मूल्याङ्कन यथार्थपरक नहुँदा र हालका नीतिहरू प्रभावकारी बनाउन नसके युवाहरूको भलो हुने छैन’ उनीहरुले प्रतिवेदनमा भनेका छन्।

Previous Post

नेपालले बनायो एआई नीति

Next Post

कालिगण्डकी करिडोर : मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
कालिगण्डकी करिडोर : मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण

कालिगण्डकी करिडोर : मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In