प्रसिद्ध गान्धीवादी नेता र काँग्रेसका पूर्व अध्यक्ष डाक्टर पट्टाभिसीतारमैया आफ्नो सबै पत्रमा हिन्दीमा ठेगाना लेख्थे । यस कारण दक्षिण भारतको हुलाकीलाई बडो असुविधा हुन्थ्यो । एक पटक सबै हुलाकीहरुले उनलाई लेखेर पठाए, तपाईंले अँग्रेजीमा पत्र लेख्ने गर्नुस्, ताकि पत्र बाँड्न सजिलो होस् ।
पट्टाभिसीतारमैयाले जवाफ दिए, भारतको राष्ट्रभाषा हिन्दी हो । त्यसैले म आफ्नो पत्र व्यवहारमा त्यसैको प्रयोग गर्नेछु । हुलाकीहरुले भने, हेर्नुस् यदि तपाईंले अँग्रेजीमा ठेगाना लेख्न सुरु गर्नुभएन भने हामी यी सारा पत्र डेड लेटरमा पठाइदिनेछौँ ।
पट्टाभिसीतारामैयालाई यो धम्कीले कुनै असर पारेन । दुवै पक्षको बीचमा एक वर्षदेखि शीतयुद्ध जारी थियो । आखिर हुलाकीहरुले झुक्नुप¥यो । बाध्य भएर उनीहरुले मछलीपट्टामको हुलाकमा एउटा हिन्दी बुझ्ने मानिस राख्नुप¥यो ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट












