• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

    आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

by
२५ माघ २०८१,
0
सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २५ माघ : चालु आर्थिक वर्षको छ महिनामा रू छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार आव २०८१/८२ मा रू १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बजेट विनियोजन भएकोमा २०८१ पुस मसान्तसम्म कूल विनियोजनको ३५ दशमलव ८९ प्रतिशत खर्च भएको छ ।

चालु आर्थिक वर्षको छ महिनासम्मको समग्र खर्च विगत वर्षको सोही अवधिको तुलनामा १७ दशमलव ६६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा सरकारको स्रोततर्फ रू छ खर्ब १८ अर्ब ५१ करोड ४३ लाख खर्च भएको छ । जुन गत आर्थिक वर्षको खर्चको तुलनामा १५ दशमलव ८६ प्रतिशतले बढी हो । वैदेशिक अनुदानतर्फ रू सात अर्ब ७१ करोड ९२ लाख खर्च भई गत आर्थिक वर्षको तुलनामा ४३ दशमलव ७९ प्रतिशतले बढी खर्च भएको छ ।

चालु आर्थिक वर्षको पुस महिनासम्मको अवधिमा मन्त्रालय अन्तर्गतका आयोजनाको लागि रू एक खर्ब १ अर्ब ९६ करोड ५५ लाखको स्रोत सहमति प्रदान गरिएको छ ।

गत आर्थिक वर्षसम्मको सिर्जित दायित्व रू २८ अर्ब ५१ करोड ९० लाख भुक्तानी दिन बाँकी रहेकोमा समीक्षा अवधिसम्म रू २२ अर्ब २२ करोड ८९ लाख भुक्तानीका लागि स्रोत व्यवस्थापन गरिएको छ । बाँकी रकमको पनि स्रोत व्यवस्थापन गरी दायित्व भुक्तानी गर्न सहजीकरण गरिएको छ ।

अर्थ मन्त्रालयका अनुसार विभिन्न मन्त्रालयबाट अनुरोध भई आएका ६४ वटा ऐन, नियम, कार्यविधि, निर्देशिका र मापदण्डमा राय तथा सहमति प्रदान गरिएको छ ।
बजेट प्रणालीलाई व्यवस्थित गर्न तथा सार्वजनिक खर्चमा एकरूपता कायम गर्नका लागि कार्य सञ्चालन निर्देशिका, २०८१ तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

समीक्षा अवधिमा रू छ खर्ब ७२ अर्ब ८० करोड ९४ लाख राजस्व प्राप्तिको अनुमान रहेकोमा यस अवधिमा विविध प्राप्ति समेत गरी जम्मा रू पाँच खर्ब ६७ अर्ब ३९ करोड ७३ लाख सङ्कलन भएको छ । यो रकम राजस्व प्राप्ति अर्धवार्षिक लक्ष्यको तुलनामा ८४ दशमलव ३३ प्रतिशत र गत आर्थिक वर्षको सोही अवधिसम्मको राजस्व सङ्कलन रू पाँच खर्ब १५ अर्ब ३९ करोड ७६ लाखको तुलनामा करिव १० दशमलव शुन्य नौ प्रतिशतले अधिक छ ।

गत पुस मसान्तसम्म आन्तरिक ऋण प्राप्ति रू एक खर्ब ८१ अर्ब ५ करोड र आन्तरिक ऋणको साँवा भुक्तानी रू एक खर्ब २७ अर्ब २४ करोड भई खुद आन्तरिक ऋण परिचालन रू ५३ अर्ब ८१ करोड भएको छ ।

चालु आर्थिक वर्षमा सार्वजनिक ऋणको सावाँ व्याज भुक्तानीमा रू चार खर्ब दुई अर्ब ८५ करोड बजेट विनियोजन भएकोमा पुस मसान्तसम्म रू एक खर्ब ८२ अर्ब ४० करोड भुक्तानी भएको छ । जुन वार्षिक बजेट विनियोजनको तुलनामा ४५ दशमलव २८ प्रतिशत हो भने गत आवको कूल गार्हस्थ उत्पादनको तुलनामा कूल ऋण सेवा खर्च तीन दशमलव २० प्रतिशत हुन आउँछ ।

चालु आर्थिक वर्षमा रू दुई खर्ब ७० अर्ब विकास सहायता परिचालन गर्ने अनुमान गरिएकामा समीक्षा अवधिसम्म रू ४९ अर्ब ९ करोड ३५ लाख अर्थात् अनुमानको १८ दशमलव १८ प्रतिशत प्राप्त भएको छ । यस अवधिमा रू दुई खर्ब पाँच अर्ब बराबरको विकास सहायता प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

Previous Post

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

Next Post

सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक

सम्बन्धित खबर

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
आर्थिक

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

१६ असार २०८३,
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
आर्थिक

पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

१६ असार २०८३,
जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै
आर्थिक

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

१६ असार २०८३,
जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु
आवाज

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

१६ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

१६ असार २०८३,
कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आर्थिक

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

१६ असार २०८३,
Load More
Next Post
चित्रकार विनोदीको उपचार सहयोगार्थ चित्रकला प्रदर्शनी

सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In