• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउँछः मन्त्री खनाल

    राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउँछः मन्त्री खनाल

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट

    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट

    सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

    सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    सन् २०२५ मा ३५० सहायताकर्मी मारिएको राष्ट्रसङ्घद्वारा जानकारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चित्रकार विनोदीको उपचार सहयोगार्थ चित्रकला प्रदर्शनी

by
२५ माघ २०८१,
0
चित्रकार विनोदीको उपचार सहयोगार्थ चित्रकला प्रदर्शनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवलपुर (नवलपरासी), २५ माघ : अर्बुद (क्यान्सर) रोगबाट पीडित नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का गैँडाकोटका कवि तथा चित्रकार गोविन्दराज विनोदीको उपचार सहयोगार्थ चित्रकला प्रदर्शनी गरिएको छ ।

पेटको क्यान्सरबाट पीडित विनोदीको उपचार खर्च जुटाउने उद्देश्यले गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठान र कलावती आर्ट काउन्सिलले संयुक्तरूपमा यही माघ १५ गतेदेखि चित्रकला प्रदर्शनी गरेको हो । विनोदीले लेख्नुभएका ४५ वटा कवितामा निर्माण गरिएको चित्रकलाबाट सङ्कलन भएको रकम उहाँलाई हस्तान्तरण गरिने प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कलाकार भीम शर्माले जानकारी दिनुभयो । “सुरूमा हामीले विनोदीका २५ वटा कवितामा चित्र बनाउने भनेका थियौँ,” उहाँले भन्नुभयो, “पछि ४५ जना कलाकारलाई चित्र कोर्न आग्रह गरेपछि उहाँहरूले चित्र कोरेर पठाउनुभएको छ, चित्र बिक्रीबाट आउने सम्पूर्ण आम्दानी विनोदी सरको उपचारका लागि प्रदान गर्छौँ ।”

वरिष्ठ चित्रकार दुर्गा बराल ‘वात्सायन’, ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्व उपकूलपति केके कर्माचार्य, वर्तमान कुलपति नारदमणि हारतमछाली, उपकूलपति लालकाजी लामा, कलाकारहरू सुनील सिग्देललगायतका कलाकारहरूले विनोदीको कवितामा आधारित भएर चित्र कोर्नुभएको शर्माले जानकारी दिनुभयो । प्रदर्शनीमा ५५ वटा चित्रहरू राखिएका शर्माको भनाइ छ । “प्रदर्शनीमा राखिएका चित्रमध्ये गैँडाकोट नगरपालिकाले २२ वटा चित्र तथा अन्य व्यक्ति र संस्थाले समेत चित्र खरिद गर्नुभएको छ,” उहाँले भन्नुभयो, “प्रदर्शनीमा राखिएका करिब ९० प्रतिशत चित्र बिक्री भइसकेका छन्, बाँकी चित्र पनि बिक्री हुने सम्भावना छ ।”

गैँडाकोट नगरपालिका–५ स्थित प्रज्ञा प्रतिष्ठानको जानकी ग्यालरीमा आयोजित चित्रकला प्रदर्शनीलाई सह–सम्बन्ध नाम दिइएको छ । चित्र र कविताको सम्बन्ध जनाउने उद्देश्यले प्रदर्शनीको नाम सह–सम्बन्ध राखिएको चित्रकार शर्माले बताउनुभयो । “चित्र र कविताको सम्बन्धले गर्दा चित्रकार र कविको बीचको सम्बन्ध हो र यो मानवीय सम्बन्धको कुरा हो” उहाँले भन्नुभयो, “विनोदीले लेख्नुभएको कविता चित्रकारलाई पठाएपछि उहाँहरूले कवितालाई अगाडि राखेर आफूमा आएको भावलाई चित्रमा उतार्न भनेका थियौँ, त्यहीअनुसार चित्र प्रदर्शनी गरिएको हो ।”

चित्रकला प्रदर्शनीमा क्यान्सर पीडित कवि एवम् चित्रकार विनोदीले कोर्नुभएको चित्रसमेत राखिएका छन् । चित्रकलामा प्रदर्शन गरिएका तस्बिर र तस्बिर कोरिएका कविताहरूको सङ्ग्रहको रूपमा पुस्तकसमेत प्रकाशन गर्ने तयारी गरिएको शर्माको भनाइ छ । कवि तथा चित्रकार विनोदीले उपचार खर्चबापत सिधै रकम लिन नमानेपछि उहाँसँगको सहमतिमा चित्रकला प्रदर्शनी आयोजना गरिएको शर्माले बताउनुभयो ।

प्रदर्शनीमा राखिएका चित्रहरू न्यूनतम रू २० हजारदेखि रू ४० हजार मूल्यका रहेका छन् । वरिष्ठ कलाकार र नाम चलेका कलाकारहरूले कोर्नुभएको चित्रको मूल्य धेरै राखिएको उहाँको भनाइ छ । चित्रको बारेमा बुझेका र कवि एवम् चित्रकार विनोदीप्रति सद्भाव राख्ने व्यक्ति एवम् संस्थाहरूले खरिद गरेको चित्रहरू प्रदर्शनी सकिएपछि हस्तान्तरण गरिने शर्माले बताउनुभयो ।

Previous Post

झाडी फाडेर सुन्तला बगान

Next Post

तराईका केही भागमा हुस्सु, अन्य स्थानको मौसम सफा रहने

सम्बन्धित खबर

राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउँछः मन्त्री खनाल
जीवन शैली

राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउँछः मन्त्री खनाल

२ भदौ २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
आर्थिक

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

२ भदौ २०८३,
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

२ भदौ २०८३,
परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट
आर्थिक

परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट

२ भदौ २०८३,
सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण
आर्थिक

सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

२ भदौ २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

सन् २०२५ मा ३५० सहायताकर्मी मारिएको राष्ट्रसङ्घद्वारा जानकारी

२ भदौ २०८३,
Load More
Next Post
कस्तो छ देशभरको मौसम ?

तराईका केही भागमा हुस्सु, अन्य स्थानको मौसम सफा रहने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In