• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उद्योगपति पाण्डेद्वारा महायज्ञमा रु ५४ लाख बढी दान

    उद्योगपति पाण्डेद्वारा महायज्ञमा रु ५४ लाख बढी दान

    धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर

    धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    ३३औँ प्रधानन्यायाधीशको नेतृत्व गर्दै डा शर्मा

    भारतको वार्षिक वृद्धि दर ६.५ प्रतिशत

    पाकिस्तानविरुद्ध भारतको कडा सन्देश

    लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरुको आग्रह

    लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरुको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

झाडी फाडेर सुन्तला बगान

by
२४ माघ २०८१,
0
म्याग्दीमा साढे ३३ करोडको सुन्तला बिक्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी, २४ माघ : कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउन (बन्दाबन्दी)का समयमा घुम्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले पुगेका बेनीका ब्यवसायी विकास श्रेष्ठलाई त्यही जग्गा किनेर घर र बगैचा बनाउने सोच आयो ।

बेनीमा पोल्ट्रि र घरजग्गा ब्यवसाय गर्दै आएका विकासले सोखका लागि गाउँमा घर बनाएर बस्नका लागि किनेको दोसल्ले गाउँको शिरमा रहेको जङगलछेउको भिरालो पाखोबारी अहिले हराभरा भएको छ ।

“बुढेशकालमा शान्त वातावरणमा बस्नका लागि भनेर दोसल्लेमा जग्गा किनेको थिए,” उहाँले भन्नुभयो “काम गर्दा गर्दै सुन्तला बगैचा पो भयो ।” रोजगारीका लागि पोर्चुगलमा रहेका जग्गाधनीका परिवार र आफन्त पोखरामा बसाईसराई गरेपछि विकासले किनेको जग्गामा रहेको सुन्तला बगैचाले स्याहार पाउन छाडेको थियो । पाखोबारी झाडीमा परिणत भएको थियो ।

श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफुल, तरकारी तथा कृषि फार्ममा पुराना एक सय ५० बोट सुन्तलाले मलजल, स्याहार सुसार पाएपछि उत्पादन दिन थालेका छन् । थप सात बिरुवा बगानमा हुर्किरहेका छन् ।

पाखोबारीलाई घेराबार गर्ने, गह बनाउने, खाडल खनेर सुन्तलाका बिरुवा लगाउने, गोडमेल, मलजल गर्न, संरचना बनाउन र जग्गा खरिद सहित फार्ममा रु. तीन करोड ५० लाख लगानी भएको श्रेष्ठले बताउनुभयो ।

“यसपाली रु. १५ लाखको सुन्तला बिक्री भयो,” उहाँले भन्नुभयो “कृषिबाट यति राम्रो कमाई होला भनेर सोचेको थिइन्, गर्न सकेमा हुदो रहेछ भन्ने मैले महशुस र अनुभव गरे । थप चार रोपनीको बगैचा किनेर फार्म विस्तार गरेको छु ।”

दिवंगत हजुरबुवा सुर्यनारायण श्रेष्ठको जीवनबाट प्रभावित भएर कृषि ब्यवसायमा जोडिएको विकासले बताउनुभयो । उहाँको फार्ममा तीन जनाले नियमित रोजगारी पाएका छन् । सुन्तलाखेतीसँगै उक्त फार्ममा लोकल र ब्रोइलर जातका कुखुरा पनि पालिएको छ ।

सुन्तलाका लागि कुखुराको सुलीको मल उपयोगी हुने श्रेष्ठको अनुभव छ । कृषि फार्मका लागि सरकारी निकायबाट हालसम्म अनुदान नलिएको श्रेष्ठले बताउनुभयो । काठमाडौको बल्खुका ब्यापारीसँग सिधै सम्पर्क गरेर सुन्तला पठाउन थालेपछि उचित मूल्य पाएको र बजार सुनिश्चित भएको उहाँले बताउनुभयो ।

घरजग्गा ब्यापार छाडेर कृषि ब्यवसायमा लागेका श्रेष्ठले बेनीमा दाना र चल्लाको ब्यापार गर्ने जलेश्वर पोल्ट्रि फर्म सञ्चालनको जिम्मा छोरा आदेशलाई जिम्मा लगाउनुभएको छ । अवसर, सुविधा र रोजगारीका लागि विदेश र सहर पस्ने क्रम बढीरहेको अवस्थामा बजारबाट गाउँ गएर कृषि ब्यवसाय गरेका श्रेष्ठ कृषकहरुका लागि उदाहरणको पात्र बन्नुभएको छ ।

दोसल्लेका अगुवा कृषक खगबिर पाईजाले बेनीबाट आएर श्रेष्ठले सुन्तलाखेती शुरु गरेपछि गाउँ छाडेर गएकाहरु फर्किएर सुन्तला खेती गर्न थालेका बताउनुभयो । “उहाँ (विकास)ले बाँझीएको जग्गालाई सदुपयोग मात्र गर्नुभएको छैन,” पाइजाले भन्नुभयो “गाउँमा सुन्तला खेतीका लागि नयाँ प्रबिधि भित्र्याउनुभएको छ । उहाँको सिको गरेर बजार झरेकाहरु गाउँ फर्किएर सुन्तला खेती गरेका छन् ।”

सुन्तला खेतीका लागि जग्गा किन्न आउनेहरु बढेका र खेतबारीको भाउ पनि बढेको पाइजाले बताउनुभयो । विकासको सुन्तला बगैचा अवलोकनका लागि बेनी र आसपासका ठाउँबाट कृषक तथा ब्यवसायीहरु आउने गरेका छन् । उक्त बगैचाबाट पृष्ठभूमिमा निलगिरि र धौलागिरि हिमाल देखिन्छ । बगैचाको बिच भागमा पाहुना र आफु बस्नका लागि घर बनाएका श्रेष्ठको फार्मलाई कृषि पर्यटनसँग जोड्ने योजना छ ।

समुन्द्रि सतहदेखि एक हजार पाँच सय मिटरको उचाईमा रहेको दोसल्लेका कृषकले सुन्तला खेतीलाई मुख्य आयस्रोत बनाएका छन् । यहाँ रहेका ४२ घरपरिवार सबैले सुन्तला खेती गरेका दोसल्ले सुन्तलाजात कृषक समूहका अध्यक्ष प्रेम पाइजाले बताउनुभयो । गत वर्ष रु. ८० लाखको सुन्तला बिक्री भएको दोसल्लेबाट यसपाली रु. एक करोड ८० लाख मूल्य बराबरको सुन्तला फलेको उहाँले बताउनुभयो ।

Previous Post

नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

Next Post

चित्रकार विनोदीको उपचार सहयोगार्थ चित्रकला प्रदर्शनी

सम्बन्धित खबर

उद्योगपति पाण्डेद्वारा महायज्ञमा रु ५४ लाख बढी दान
आर्थिक

उद्योगपति पाण्डेद्वारा महायज्ञमा रु ५४ लाख बढी दान

२५ बैशाख २०८३,
धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर
आर्थिक

धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर

२५ बैशाख २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

२५ बैशाख २०८३,
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
आर्थिक

३३औँ प्रधानन्यायाधीशको नेतृत्व गर्दै डा शर्मा

२५ बैशाख २०८३,
भारतको वार्षिक वृद्धि दर ६.५ प्रतिशत
अन्तर्राष्ट्रिय

पाकिस्तानविरुद्ध भारतको कडा सन्देश

२५ बैशाख २०८३,
लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरुको आग्रह
आर्थिक

लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरुको आग्रह

२४ बैशाख २०८३,
Load More
Next Post
चित्रकार विनोदीको उपचार सहयोगार्थ चित्रकला प्रदर्शनी

चित्रकार विनोदीको उपचार सहयोगार्थ चित्रकला प्रदर्शनी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In