• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउँछः मन्त्री खनाल

    राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउँछः मन्त्री खनाल

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट

    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट

    सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

    सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    सन् २०२५ मा ३५० सहायताकर्मी मारिएको राष्ट्रसङ्घद्वारा जानकारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

by
२४ माघ २०८१,
0
नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सन् २०२४ को तथ्याङ्कलाई हेर्ने हो भने चीनमा ८६ हजार पर्दा (थियटर स्क्रीन) रहेको छ । चिनियाँ चलचित्रकर्मीको भनाइलाई आधार मान्ने हो भने चलचित्रको लागि विश्वकै ठूलो बजार चीन हो । त्यहाँ एक वर्षमा विदेशी चलचित्र प्रदर्शन हुन् पाउनेको सङ्ख्या ३४ मात्र रहेको छ ।

भारतकै सर्वाधिक व्यापार गर्ने चलचित्र ‘दङ्गल’ पनि चीनमा प्रदर्शन भएकै कारण इतिहास रच्न सफल भएको थियो । भारतीय मात्र नभई अमेरिकन (हलिउड) चलचित्र पनि न्यून मात्रमा चीनमा प्रदर्शन हुने गरेको छ । त्यहाँ नेपाली चलचित्र प्रदर्शन गर्न सकिने अवस्था छ त ? नेपालमा पहिलोपटक पुस २५ मा चाइना फिल्म एडमिनिस्ट्रेशन, यहाँस्थित चिनियाँ राजदूतावास, चाइना फिल्म आर्काइभ र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा संयुक्तरूपमा आयोजित एकदिवसीय ‘चीन चलचित्र दिवस’ सहभागी हुन् आएका वितरक कम्पनी टाइगर पिक्चर्स इन्टरटेनमेन्टका उपप्रमुख (भाइस प्रेसिडेन्ट) ओवेन यङले पछिल्ला केही वर्षमा नेपाली चलचित्रले राम्रो गरिरहेको आफूले थाहा पाएको बताए ।

उनले भने, “मैले हङकङ र अमेरिकाको बजारमा नेपाली चलचित्रको बारेमा सुनेको छु । विशेषत द्वन्द्व प्रधान र सामाजिक ‘ड्रामा’ भएका चलचित्रमा स्तरीयता थपिएको मैले महसुश गरें । यसकारण नेपाली चलचित्रको भविष्य निकै राम्रो छ भन्ने मैले महसुश गरेको छु । यस्तै महोत्सवमार्फत हामीले कला र संस्कृतिसँगै एक आपसमा चलचित्र बजार खोज्न सक्छौँ । नेपालीका लागि चीनको बजार नयाँ छ भने हाम्रो लागि नेपालको बजार पनि नयाँ नै छ ।”

उनले चीनका दर्शकले रोमान्टिक, एक्सन र थ्रिलर विधाका चलचित्र रुचाउने जानकारी दिए । विशेषत आउँदो मार्च महिनामा हङकङ र चीनकै बेइजिङमा हुने चलचित्र महोत्सवमा सहभागी भएर नेपाली चलचित्रको प्रचार गर्नुकासाथै स्थानीय वितरक र प्रदर्शकसँग भेटघाट गर्न सकिने उनले बताए ।

“चीनमा प्रदर्शन भएका विदेशी चलचित्रले राम्रो फाइदा लिएका छन् । यसकारण नेपाली चलचित्रकर्मी त्यहाँ पुगेर स्थानीय वितरकसँग सहकार्य गर्न सकेमा नयाँ सम्भावनालाई नकार्न सकिँदैन । विशेषत चलचित्रको छायाङ्कन अगावै त्यहाँ पुगेर स्थानीयलाई भेट्नु उपयुक्त हुन्छ । किनकि स्थानीयको सहभागिताले प्रदर्शनमा सहजता दिनेछ”, उनले भने ।

वितरक यङले निकट भविष्यमा नेपाली चलचित्रकर्मीसँग सहकार्य हुने विश्वास व्यक्त गरे । चाइना चलचित्र प्रसाशन (फिल्म एडमिनिस्ट्रेसन) का अन्तर्राष्ट्रिय विभाग निर्देशक सु याङले गत वर्ष (सन् २०२४)मा नेपालमा ‘पूर्णबहादुरको सारङ्गी’ र ‘१२ गाउँ’जस्ता चलचित्र सफल भएकाले चीनको बजारतर्फ प्रयाश गर्न नेपाली चलचित्रकर्मीलाई आग्रह गरे ।

उनले भने, “हाम्रो चिनियाँ चलचित्र उद्योग सबैका लागि खुल्ला छ, हामी सबैलाई अवसर दिने गरेका छौँ । यस्ता महोत्सवले हाम्रो दुई देशको चलचित्रलाई आदानप्रदान गर्ने विश्वाश लिएको छु । नेपाली चलचित्रकर्मीले प्रयाश गर्नुभएमा चीन पनि नेपाली चलचित्रका लागि बजार बन्न सक्नेछ । यसका लागि दुई देशबीच यस्तै महोत्सव हुनु आवश्यक छ ।”

उनले चिनियाँ चलचित्र नेपालमा छायाङ्कनका लागि आउने र नेपालको सुन्दरतालाई विश्वभर पर्याउने गरेको बताए। उनले चिनियाँ चलचित्रले नेपालको पर्यटन प्रवर्द्धनमा भूमिका निर्वाह गर्दै आएकोमा जोड दिए । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा चलचित्र निर्देशक केपी पाठकले नेपाली चलचित्रकर्मीका लागि चीनमा बजार खोज्ने सम्भावनालाई गति दिने काम ‘चीन चलचित्र दिवस’ ले गरेकोमा जोड दिए ।

उनले भने, “चीनका चलचित्र यहाँ प्रदर्शन भएका थिएनन्, यस किसिमको कार्यक्रम पहिलोपटक भएको छ । यसले दुई देशबीच सामीप्यता बढाउने मात्र नभई चलचित्र आदानप्रदानका लागि संवाद गर्ने अवस्था सिर्जना गरेको छ । हामीले त्यहाँ केही चलचित्रलाई पुर्याउन सकेमा हाम्रो चलचित्र उद्योग नयाँ युगमा प्रवेश गर्नेछ । नेपाल र चीनबीच सहकार्यको समृद्ध इतिहास छ ।”

एकदिवसीय ‘चीन चलचित्र दिवस’का लागि प्रसिद्ध अभिनेत्री यु हङ, चाइना फिल्म एडमिनिस्ट्रेसनका बजार विभागका उपनिर्देशक झेङ झेङ, निर्देशक जिङ जिआओ, पटकथा लेखक लु वेइ, निर्देशक झाङ गुदोङ, निर्देशक झाङ युडीसहित १४ चिनियाँ चलचित्रकर्मी नेपाल आएका थिए ।

Previous Post

के तपाईंलाई लगातार कम भोक लाग्छ ? यो क्यान्सरको लक्षण हुनसक्छ

Next Post

झाडी फाडेर सुन्तला बगान

सम्बन्धित खबर

राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउँछः मन्त्री खनाल
जीवन शैली

राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउँछः मन्त्री खनाल

२ भदौ २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
आर्थिक

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

२ भदौ २०८३,
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

२ भदौ २०८३,
परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट
आर्थिक

परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट

२ भदौ २०८३,
सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण
आर्थिक

सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

२ भदौ २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

सन् २०२५ मा ३५० सहायताकर्मी मारिएको राष्ट्रसङ्घद्वारा जानकारी

२ भदौ २०८३,
Load More
Next Post
म्याग्दीमा साढे ३३ करोडको सुन्तला बिक्री

झाडी फाडेर सुन्तला बगान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In