• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार

    पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

    दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

    नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

    नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पानी नपरी बित्दै हिउँद, किसान चिन्तित

by
२३ माघ २०८१,
0
पानी नपरी बित्दै हिउँद, किसान चिन्तित

घोराही उपमहानगरपालिका -११ हापुरका किसानले खेती गरेको मकै पानी नपर्दा खडेरीले बारीमा सुक्न थालेको छन्। तस्बिर :रञ्जिता अधिकारी /रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी । यसपालि सिंगो हिउँद पानी नपरी बित्नै लाग्दा किसान निराश छन् । वसन्त पञ्चमी पर्व मनाई सक्दासम्म पानी पर्ने चालचुल नदेखेपछि महोत्तरीका किसान अहिले अपेक्षित हिउँदे बाली नहुने चिन्ताले पिरोलिएका छन् ।

“हिउँद पानी नपरी बित्यो”, बर्दिबास-९ टोकीटोलका ६० वर्षीय किसान रामचन्द्र थापा मगर भन्छन्, “खै हिउँदे बाली राम्ररी भित्र्याउन पाइएला जस्तो छैन ।” कुलोको स्थायी सिँचाइको प्रबन्ध नभएको आफ्नो ठाउँमा इनारको पानी मोटरले तानेर बाली सेचन गर्ने गरिएको उनको भनाइ छ । यसपालि अहिलेसम्म हिउँदे वर्षा नहुँदा इनारमा पानीको सतह गहिरिँदै गएर मोटरबाट पानी तान्न नसकिने अवस्था बनेको थापासहित टोकीटोलका किसानको चिन्ता छ ।

माघ अन्तिम साता लागि सक्दा हुस्सुले छाडेको छैन । हिउँदमा हुस्सु लाग्नु स्वभाविक भए पनि माघ लागेपछि घाम तात्दै जाने पुरानो मौसमको थिति खलबलिएको किसान बताउँछन् । “आकास धुम्मिएको धुम्मियै छ, पानी पर्न सकेको छैन”, बर्दिबास–७ का ७० वर्षीय विन्देश्वर यादव भन्छन्। खेतबारीमा तरकारी बाली हुस्सुले कक्रदै तथा पानी नपरेर माटो रुखिएको उनले बताए ।

भंगाहा–४ रामनगरका ७५ वर्षीय इस्लाम राइन भन्छन्, “यो हामीले पहिले देखे भोगेभन्दा फरक हुँदैछ ।” एक दशक अघि सम्मका ऋतुपिच्छेका मौसममा गरिने अड्कल अब मेल खान छाडेको राइनकै छिमेकी जव्वार शेष बताउँछन् । हिउँदे पानी नपर्दा गहुँ, उखु र दलहन बाली राम्ररी बढ्न सकेको छैन । यसैगरी भण्टा, रामतोरीया, खुर्सानीलगायत तरकारी पानी नपर्दा ओइलिन लागेका छन् । माटोमा चिस्यान नहुँदा पर्खनुको विकल्प नरहेको गौशाला-११ का भोगेन्द्र महतो बताउँछन् ।

हिउँदे वर्षा जमिन भिजाउने मात्र नभई बालीनालीका लागि अत्यन्त पोसिलो हुने पाका किसान बताउँछन् । भर्खरै हुर्कँदै गरेका वैशाखी लहरे तरकारी, उखु , आँपसहितका फलका रुख हिउँदे वर्षा पाएपछि लहलहाउने पाका किसानको अनुभव छ । तर, यसपालि वर्षा नै नभई हिउँद बित्दै गएपछि यी बालीबाट अपेक्षित उत्पादन लिन नसकिने किसानमा चिन्ता बढेको छ ।

हिउँदमा पानी नपरेपछि खानेपानीका स्रोतहरू इनार, चापाकल गर्मी चढेसँगै चाँडै सुक्ने छन् । खानेपानीको हाहाकार पर्न सक्ने बर्दिबास–१२ बिजलपुराका ६५ वर्षीय किसान राम विलास सिंह बताउँछन् । हिउँदमा पानी नपरेपछि अहिले माघ नसकिँदै खोल्साखोल्सी सुकी सकेका छन् । सदाबहार भुल्के (जरुवा) पानीको मुहानमा पानी देखिन छाडेको छ । हिउँदे वर्षा नभएपछि फलका रुखमा मज्जर (मञ्जरी) कम लाग्ने, मज्जर धेरै झर्ने र मधुवारोगको प्रकोप बढ्ने चिन्ता छ ।

हिउँदमा पानी पर्दा बालीनालीमा रोगको प्रकोप कम हुने र बाली हलक्क बढ्ने किसानको अनुभव छ । हिउँदे सम्यक वर्षा बालीनालीलाई अमृत नै हुने औरही-७ का मोहन महतो बताउँछन् । “हिउँदे वर्षा सिँचाइ मात्र हैन, बालीको पोषण र रोग प्रतिरोधका लागि रामवाण (बिस्तुर नजाने) हुन्छ”, उनी भन्छन् ।

महोत्तरीको कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये १० प्रतिशत मात्र कुलो लाग्ने छ । यस्ता जग्गामा पुगेका कुलोको पानीका स्रोतका मुहान पनि हिउँदे वर्षा नभएपछि सुक्दै गएका छन् ।

Previous Post

मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा ९० प्रतिशत काम सकियो

Next Post

‘यूएसएआईडी’ बन्द गर्ने ट्रम्प प्रशासनको घोषणा, गाभियो विदेश मन्त्रालयमा

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार
फिचर-ब्यानर

पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

१७ अशोज २०८३,
‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम
मनोरञ्जन

‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

१७ अशोज २०८३,
दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते
समाचार

दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

१७ अशोज २०८३,
नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण
समाचार

नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

१७ अशोज २०८३,
Load More
Next Post
‘यूएसएआईडी’ बन्द गर्ने ट्रम्प प्रशासनको घोषणा, गाभियो विदेश मन्त्रालयमा

‘यूएसएआईडी’ बन्द गर्ने ट्रम्प प्रशासनको घोषणा, गाभियो विदेश मन्त्रालयमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In