• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सडक र सत्कारले तान्यो पर्यटक

by
२३ पुस २०७९,
0
सडक र सत्कारले तान्यो पर्यटक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा पर्यटकलाई लक्षित गरेर एक दशकदेखि खुलेका होमस्टे कोरोनाका कारण सुनसान भएपनि पछिल्ला वर्ष आन्तरिक पर्यटकको आकर्षण बढेको छ । कोरोनाको त्रास हटेसँगै कास्कीको मादी गाउँपालिका–३ याङजाकोटमा एक वर्षयता होमस्टे र रमणीय स्थल अवलोकन गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकको संख्या ह्वात्तै बढेको छ । याङजाकोट संस्कृतिवीद् डा.जगमान गुरुङको जन्मस्थान पनि हो । पछिल्ला वर्षमा कास्कीका गाउँमा सडक र यातायातको विकास भएसँगै स्वदेशी तथा विदेशी पर्यटक ति ठाँउमा सहजै पुग्न सक्छन् ।

पर्यटक लक्षित खुलेका होमस्टेमा बास बस्नका लागि यतिबेला दैनिक तीन–चार ग्रुप त्यहाँ पुग्ने गरेको जानकारी बिनम होमस्टे संचालन गर्दै आएकी खिमकुमारी गुरुङ बताउँछिन्।
दिनहुँको कामले हुने तनावबाट मुक्त हुन शान्त वातावरण खोज्दै पोखरा तथा आसपासका स्वदेशी पर्यटकहरु त्यहाँ पुग्ने गरेको जानकारी होमस्टे संचालकहरु बताउँछन् । पोखराको काँहुखोलाबाट १८ किलोमीटर सडक पारगरेपछि याङजाकोट पुग्न सकिन्छ । काँहुखोलादेखि कसेरी, सुनपँधेली, चितेपानी, मादबेँसी, तारकाङको माझाडिही हुँदै याङजाकोट पुग्न सकिन्छ । याङजाकोट पुग्नका लागि काँहुखोलादेखि माझाडिहीसम्म १२ किलोमिटर पक्की सडक छ भने ६ किलोमिटर कच्ची सडक छ ।

याङजाकोटमा यतिबेला नौ वटा होमस्टे संचालित छन् । त्यहाँ एक सय ३० जना पाहुँना राख्न सकिन्छ । मादी गाउँपालिकाको कार्यालय पनि त्यही स्थानमा भएकाले मानिसहरुको आउजाँउ झनै वढ्दै गएको छ । मादी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष विकास गुरुङले पछिल्लो समय गाउँमा पर्यटकको संख्या वढनुको साथै यहाँका एतिहासिक तथा पर्यटकीय स्थलको विकासमा वडाले जोड दिएको बताए ।

याङजाकोटसम्म पुग्ने ६ किलोमिटर सडक पनि पिच गर्न सक्यौ भने गाउँमा पर्यटक भरिभराउ हुने थिए वडाध्यक्ष गुरुङको छ । गाउँमाथिको क्रपु डाँडा पर्यटकीय रुपमा अत्यन्तै महत्वपूर्ण मानिएकै कारण विदेशी पर्यटकलाइृ त्यहाँ पु¥याउन कच्ची सडक विस्तार गर्ने योजना गाउँपालिकाले राखेको जानकारी वडाध्यक्ष गुरुङले दिए । क्रपु डाँडामा हिउँ परेपछि हिउँ खेल्न जाने पर्यटकको ताँती लाग्ने गर्छ । गुरुङ र मगरले संचालन गर्दै आएको होमस्टेमा पर्यटकको आकर्षण वढी हुने गरेको छ । उनीहरुले दिने संस्कार र सेवाबाट नै पर्यटक आकर्षित हुने गर्छन ।

समुन्द्र सतहदेखि १४.५० मीटरको उचाईमा रहेको याङजाकोट पूर्वपट्टी फर्र्किएको गुजुमुच्च बस्ती छ । सूर्य झुल्कनासाथ सबैको घर आँगनमा घाम लाग्ने, २५० घर कुरिया याङजाकोमा पोखराबाट वनभोज खान जानेको संख्या पनि पछिल्लो समय वढ्न थालेको छ । आँखै अगाडि लमतन्न परेको अन्नपूर्ण हिंमश्र्रृखलाबाट पनि पर्यटक आकर्षित हुने गर्छन, स्थानीय सुकवीर गुरुङले बताउनुभयो । तीन वर्ष अघि ताङतिङबाट क्रपु जोड्नको लागि अस्थायी ट्रयाक खुलेपछि गत वर्षबाट त्यहाँ घुम्न जाने पर्यटकको संङख्या उल्लेख्य रुपमा बढेको जानकारी गाउँपालिकाका अध्यक्ष देविजंग गुरुङ बताउँछन् ।

हिउँदमा हिउँ पर्ने, लाली गुराँस फुल्ने र वर्खामा भुँईभरि रंगीविरङगी फूल फुल्ने यो क्षेत्र गुरुङ जातिको प्राचीन तथा ऐतिहासिक थलो मानिन्छ । यहाँबाट सुर्योदयको दृष्य देखिनुका साथै अन्नपूर्ण र लमजुङ हिमाल नजिकैबाट नियाल्न सकिन्छ भने कास्की र लमजुङका थुप्रै गाउँहरु हेर्न सकिन्छ अध्यक्ष गुरुङले भन्नुभयो । सांस्कृतिक पहिचान र शुद्ध पर्यावरणीय वातावरणको कारण याङजाकोट कास्की जिल्लाकै पर्यटकीय महत्वपूर्ण आकर्षणको केन्द्र बन्न पुगेको भनाई गुरुङको छ ।

याङजाकोटबाट अन्नपूर्ण हिमश्रृंखलाका साथै पोखरा उपत्यकाको केही भाग, पुम्दीको शान्ति स्तुप, शिव मन्दिर, सराङकोट, काँहूकोट तथा धरहरा, मादी नदी, पर्यटकीय स्थल थाक, मौजा, तप्राङ, खिलाङ, तारकाङ, मादबेँसी सैमराङका विभिन्न गाउँहरु अवलोकन गर्न सकिने जानकारी गाउँपाकिलाका अध्यक्ष देविजंग गुरुङले दिए ।

Previous Post

अमेरिकी विद्यालयमा ६ वर्षीय बालकले शिक्षकलाई गोली हाने

Next Post

जर्मनीको आर्थिक सहयोगमा सञ्चालित बर्थिङ सेण्टरमा स्वास्थ्य सेवा लिन आउनेको सङ्ख्या बढ्दै

सम्बन्धित खबर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?
फिचर-ब्यानर

अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

१९ बैशाख २०८३,
Load More
Next Post
जर्मनीको आर्थिक सहयोगमा सञ्चालित बर्थिङ सेण्टरमा स्वास्थ्य सेवा लिन आउनेको सङ्ख्या बढ्दै

जर्मनीको आर्थिक सहयोगमा सञ्चालित बर्थिङ सेण्टरमा स्वास्थ्य सेवा लिन आउनेको सङ्ख्या बढ्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In