• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

    मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

    मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

ओझेलमा भक्तपुरका चारधाम

by
१५ माघ २०८१,
0
ओझेलमा भक्तपुरका चारधाम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ख्वप लाय्कू (भक्तपुर दरबार स्क्वायर) परिसरमा अवस्थित पवित्र तीर्थस्थल चारधाम देवस्थल ओझेलमा परेको छ। ख्वप लाय्कूको दक्षिण पश्चिममा अवस्थित चारधामका पाँचै देवस्थल मल्लकालीन राजाहरुको पालामा निर्माण गरिएको भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो।

भक्तपुरमा चारधामका पाँच देवस्थल रहेका छन्। ख्वप लाय्कू प्रवेश गर्ने मुख्य प्रवेशद्वार खौमा ढोकाको दक्षिणतर्फ रहेको चारधामअन्तर्गत बद्रीनाथ, जगन्नाथ, केदारनाथ, द्वारिकानाथ ९गोपीनाथ० र रामेश्वर महादेवको देवस्थल रहेको छ। भक्तपुरको ख्वप लाय्कूमा अवस्थित तलेजु भवानीसहित  चारधामका पाँच देवस्थलका देवीदेवताको श्रद्धापूर्वक नियमित पूजापाठ गर्नाले मृत्युपछि बैकुण्ठबास हुने धार्मिक विश्वास स्थानीयहरुको रहेको छ।

चारधामका सबै देवलमा दैनिक बिहान नित्य पुजा हुन्छ। दिनभरि बन्द हुने यी देवलहरुमा नित्य पुजाका क्रममा मन्दिरभित्रै गएर पूजाआजा र दर्शन गर्न पाइने द्वारिकानाथका पुजारी विनोदराज शर्माले बताए। ‘प्रचार–प्रसार नहुँदा भक्तपुरमा चारधाम छ भन्ने नै आमनागरिकलाई जानकारी छैन। यहाँका स्थानीय पनि खासै पूजाआजा र दर्शन गर्न आउँदैन’, उनले भने।

द्वारिकानाथको मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाको दिन नसा (भुटेको मकै, गहँु, लाभा, भटमास) ले भगवान्को आकृति बनाई पूजा गर्ने परम्परा रहेको छ। त्यसैगरी वर्षको एक दिन पुरोहित राखेर रुद्री पूजा गरी केदारनाथको बुसादाँ (जन्मदिन मनाउने) गर्ने परम्परा छ।

चारधाममा बालाचतुर्थीमा सत्बिज छर्ने परम्परा पनि छ। मल्लकालदेखि चल्दै आएको यो परम्परा अहिले पनि कायमै रहेको पुजारी शर्मा बताउँछन्। चारधाममा महास्नान गराउने परम्परा भने लोप भइसकेको छ। शिखर शैलीमा दाँचीअप्पाले निर्मित देवस्थलको गर्भगृहमा डेढ फिट अग्लो भगवान् विष्णुको मूर्ति छ। मन्दिरमा ढुङ्गाको कलात्मक थाम, कलात्मक काठको ढोका र अगाडि एक जोडा सिंह रहेको छ।

जगन्नाथ मन्दिर राजा भूपतिन्द्र मल्लकै पालामा निर्माण गरिएको हो।  यस मन्दिरमा बायाँ सेतो बलराम, बीचमा रातो सुभद्रा दायाँ, नीलो कृष्णको काठको मूर्ति रहेको छ। यी तीन देवीदेवताको संयुक्त नाम जगन्नाथ हो। हाल यस मन्दिरको पुनःनिर्माण कार्य भइरहेको छ।

केदारनाथ मन्दिरमा पशुपतिमा जस्तै जलहरी भएको शिवलिङ्ग स्थापना गरिएको छ। राजा भूपतिन्द्रको समयमा निर्माण गरिएको यो मन्दिर पनि दाँचीअप्पाले शिखर शैलीमा निर्माण गरिएको छ। मन्दिरको चारै दिशामा चारवटा बुर्जाहरु जडित एकादश रुद्रका सुनमोलम्बा लगाएको धातुको शिरोभाग मूर्तिहरु, कलात्मक ढुङ्गाको थाम र धातुको गजुरले बनेको छ। मन्दिरको अगाडि ढुङ्गेधारा र पश्चिममा साँढे रहेको छ।

द्वारिकानाथ ९गोपीनाथ०मन्दिर दुईतल्ले झिँगटीको छाना र सुनको मोलम्बा गजुर भएको मन्दिर हो। काठका कलात्मक झ्याल ढोकाहरुले निर्मित मन्दिरमा दायाँबायाँ नृत्य मुद्रामा रहेको कृष्णका जेठी र माइली श्रीमती सत्यभामा र रुकुमणीको बीचमा महाविष्णु ध्यानमा रहेका कृष्णको मूर्ति छ। यसमा माथिको दुई हातमा शङ्ख र गदा र तलको दुई हातले बाँसुरी समाएको छ। दुई गाईमाथि खुट्टा टेकेर आसन बनाएको छ। मूल प्रवेश अगाडि गरुडध्वज स्तम्भ रहेको छ।

त्यसैगरी, रामेश्वर मन्दिर जलहरीसहितको शिलाको शिवलिङ्ग भएको मन्दिर हो। छ फिट अग्लो प्लेटफर्मको बीचमा शिवलिङ्ग भएको यस मन्दिर चुनासुर्की प्लास्टरले ढलान गरी घोप्टिएको कमलको फूलको आकारका छाना भएको नाग शैलीको मन्दिर हो। यस मन्दिरमा जलहरीसहितको शिवलिङ्ग र शिलाका कलात्मक थामहरु छन्।

चारधामका रुपमा प्रख्यात देवस्थलमा द्वारिकानाथ, केदारनाथ, बद्रीनाथ र जगन्नाथ पर्छ। भारतमा चारधाम यात्राका बेला हिउँदमा केदारनाथ जान नसक्ने अवस्थामा रामेश्वरको दर्शन गर्ने प्रचलन रहेको छ। सोहीअनुसार भक्तपुरमा चारधाम निर्माण गर्ने क्रममा केदारनाथसँगै रामेश्वरको पनि देवस्थल निर्माण गरिएकाले पाँचवटा धाम रहन गएको पुजारी शर्माले बताए।

मल्लकालमा राजधानी सहरको शोभा, सम्पदाको सम्पन्नता बढाउन निर्माण गरिएको चारधामको देवस्थलहरुको नित्य र पर्व पूजा गुठी संस्थानमार्फत सञ्चालनमा छन्। त्यसैगरी, मर्मतसम्भार कार्यका लागि स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय र भक्तपुर नगरपालिकाबाट भइरहेको छ।

भारतमा जान नसक्ने तथा आर्थिक अवस्था कमजोर भएका र असहाय अशक्तलाई आफ्नै ठाउँमा चारधाममा दर्शन एवं पूजा गर्न सहज भएको छ। आर्थिक रुपले कमजोर, कार्य व्यस्तताले भारतमा जान नसक्नेहरु, वृद्धवृद्धा, बालबालिकाहरुका लागि यही दर्शन पूजन गराउने उद्देश्यले तत्कालीन राजधानीको मुटु भक्तपुरको लाय्कूमा यी देवलहरुको तान्त्रिक विधिपूर्वक प्राण प्रतिस्था गरी स्थापना गरिएको इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन्।

भक्तपुरमा चारधाम स्थापना गर्र्नुको अर्को कारण तत्कालीन शैव र वैष्यमा कुनै भेदभाव छैन भन्ने सन्देश दिनु पनि रहेको किंवदन्ती छ। तत्कालीन समयमा शिवका अनुयायी शैव समुदाय र विष्णुका अनुयायी वैष्य समुदायबीच केही मतभिन्नता रहेको अवस्थामा नेपाल मण्डलमा त्यस्तो कुनै बेमेल छैन भन्ने सन्देश दिन दरवार क्षेत्रभित्र चारधामका पाँच देवलको निर्माण गरिएको हुनसक्ने प्राडा श्रेष्ठको कथन छ।

विष्णुको लोकप्रियता अत्यन्त बढेको त्यतिबेला सामाजिक एकता र सद्भाव झल्काउन एकै स्थानमा चारधाम निर्माण गरेको उनको भनाइ छ। ‘धार्मिक समन्वय सांस्कृतिक एकता र सद्भावको एउटा उत्कृष्ट उदाहरण हो चारधाम। शिव र विष्णुमा कुनै भेदभाव छैन भन्ने भाव यसले दिन खोजेको छ,’ प्राडा श्रेष्ठले भने।

मल्लकालमा राजधानी सहरको शोभा, सम्पदाको सम्पन्नता बढाउन निर्माण गरिएको चारधामको देवस्थलहरु नृत्य र पर्व पूजा गुठी संस्थानमार्फत सञ्चालनमा छन्। त्यसैगरी, मर्मतसम्भार कार्यका लागि स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय र भक्तपुर नगरपालिकाबाट भइरहेको छ। चारधामअन्तर्गत बद्रीनाथ, जगन्नाथ र केदारनाथको देवल १९९० सालको भूकम्पले केही क्षति पु¥याएको थियो। केदारनाथको गजुरको भागमा क्षति भएर जीर्णोद्धार गरिएको थियो। त्यसपछि २०७२ सालको भूकम्पले पनि केदारनाथको देवलको आधा भाग भत्काए पनि भक्तपुर नगरपालिकाले पुनर्निर्माण गरिसकेको छ।

पछिल्लो अनुसन्धानका क्रममा नेपाल संवत् ३४७ मै जगन्नाथको जीर्ण प्रतिमा फेरिएको पुरानो अभिलेखमा फेला परेको प्राडा श्रेष्ठले बताए। ‘जगन्नाथको देवल राजा यक्ष मल्लको भन्दा पहिला आन्नदेवको समयतिर १२औँ शताब्दीमा स्थापना भएको अनुसन्धानले देखाएको छ। त्यो समय नेपाल मण्डलमा जगन्नाथको मुख्य केन्द्र भक्तपुर र त्यसपछि चारधाम कान्तिपुर र ललितपुरमा विस्तार भएको हो,’ उनले भने।

भारतको सिक्किममा केही वर्षअघि निर्माण गरेको चारधामको प्रचारप्रसारले अहिले पश्चिम सिक्किममा वार्षिक लाखौँ धार्मिक पर्यटक दर्शनका लागि जाने गरेका छन्। भक्तपुरमा भएको चारधामको पनि प्रचारप्रसार गरी दैनिक रुपमा दिनभरि भक्तजनले दर्शन गर्नसके वार्षिक लाखौँ भक्तजन आउने र यसले आन्तरिक र बाह्य पर्यटन विकासमा थप टेवा पुग्ने देखिन्छ।

Previous Post

बाढीपहिरो : रोशीद्वारा क्षतिग्रस्त गौरवका आयोजना पुनर्निर्माणको माग

Next Post

नेपाल–भारत संयुक्त परियोजना अनुगमन समिति बैठक, भूकम्पपछिको पुनर्निर्माण परियोजनाको प्रगति समीक्षा

सम्बन्धित खबर

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
आर्थिक

मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

१८ चैत्र २०८२,
आर्थिक

१८ चैत्र २०८२,
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
आवाज

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

१८ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
Load More
Next Post
नेपाल–भारत संयुक्त परियोजना अनुगमन समिति बैठक, भूकम्पपछिको पुनर्निर्माण परियोजनाको प्रगति समीक्षा

नेपाल–भारत संयुक्त परियोजना अनुगमन समिति बैठक, भूकम्पपछिको पुनर्निर्माण परियोजनाको प्रगति समीक्षा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In