त्यो वेलामा लालबहादुर शास्त्री रेल मन्त्री थिए । एक पटक उनी रेलमा यात्रा गरिरहेका थिए । पहिलो श्रेणीको डब्बामा रहेको आफ्नो सीटमा एक रोगी मानिस सुतेको देखेर उनी आफू तृतीय श्रेणीमा गएर उसको स्थानमा च्यादर ओढेर सुते । केही क्षणमै निदाए ।
केही समयपछि टिकट निरीक्षक आयो र उनी सुतिरहेको देखेर गाली गर्न थाल्यो । लालबहादुर शास्त्री उसको आवाज सुनेर ब्यूँझिए । जब उनले टिकट निरीक्षकलाई आफ्नो परिचयपत्र देखाए तब ऊ डरायो । उसले भन्यो, सर तपाईं तेस्रो दर्जामा ? आउनुस्, म तपाईंलाई तपाईंको डब्बामा पु¥याइदिनेछु ।
तर उनले मुस्काउँदै भने— हेर्नुस् भाइ, मलाई निद्रा लागिरहेको छ । किन मेरो मीठो निद्रा खराब गर्नुहुन्छ ?
उनी फेरि ओढ्ने ओढेर सुते ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













