• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

    बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

    कस्तो रहला आजको मौसम ?

    कस्तो रहला आजको मौसम ?

    मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ

    मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ

    कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

    कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर

    थोराङ्ला यात्रामा जोखिम बढेपछि पर्यटक मनाङबाटै फर्किन थाले

    थोराङ्ला यात्रामा जोखिम बढेपछि पर्यटक मनाङबाटै फर्किन थाले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

करको बक्यौता उठाउन घरघरमा पत्र

by
५ माघ २०८१,
0
६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन, गत वर्षको तुलनामा ६३ अर्ब बढी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन, ५ माघ : आन्तरिक राजस्व कार्यालय चितवनले बक्यौता कर उठाउन घरघरमा पत्राचार गर्न थालेको छ । लामो समयदेखि मूल्य अभिवृद्धि कर (भ्याट) र आय कर नबुझाएका करदाताको घरमा नै पत्र पठाउन थालेको हो ।

कार्यालयमा ७० हजार करदाता छन् । तीमध्ये १० हजार भ्याटका हुन् । कूल करदातामध्ये ४० प्रतिशतले आय विवरण बुझाएका छैनन् । कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार चार महिनाभन्दा बढी समयदेखि कर नबुझाएकालाई पहिलो चरणमा पत्राचार गर्न थालिएको छ ।

कार्यालयले बक्यौता उठाउन र चुहावट नियन्त्रण गर्न अभियान नै सुरू गरेको छ । लामो समयदेखि बक्यौता नतिरेका र बैंक खाता रोक्का भएका करदाताको सम्पत्ति रोक्काका लागि प्रक्रिया अगाडि बढाइएको छ ।

कार्यालय प्रमुख खड्काका अनुसार भूमि व्यवस्थापन तथा अभिलेख विभागमा कर नतिर्नेको तीन पुस्ते विवरण पठाएर उनीहरूको घरजग्गाको विवरण मगाइएको छ । रू १० लाखदेखि १४ करोडसम्म बक्यौता तिर्न बाँकी रहेका दुई सय करदाता कार्यालय मातहत रहेका छन् । ती करदाताबाट रू दुई अर्ब ४७ करोड असुल गर्नुपर्ने छ ।

कार्यालयले प्यानमा दर्ता भएर कारोबार रकम बढी भएका करदाताको पनि खोजी गरिरहेको छ । सेवा र वस्तुको हकमा रू ३० लाख र अन्यको हकमा रू ५० लाखभन्दा बढी कारोबार भएका मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने प्रावधान छ । खड्काका अनुसार त्यस्ता ५० वटा फार्ममा पत्राचार गरिएको छ । थप दुई सय फार्मको अध्ययन भइरहेको छ । त्यस्ता फार्मको तीन वर्षको कारोबारको अध्ययन गरेर उनीहरूलाई भ्याटमा ल्याइने उहाँले बताउनुभयो ।

कतिपय फार्महरूले वैदेशिक अध्ययनका लागि र कतिपयले बैंक ऋणका लागि समेत वास्तविक आयभन्दा बढी देखाउने गरेका छन् । चुहावट नियन्त्रणकै लागि भरतपुर महानगरपालिकाभित्रका १८ वटा करदाताको छनोट गरी मौज्दात परीक्षण काम भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विवरण हेर्दा आशङ्का देखिएकाको अध्ययन भइरहेको छ ।”

जिल्लास्तरीय राजस्व चुहावट नियन्त्रण समितिमार्फत अवैध मदिरा, नक्कली अन्तःशुल्क स्टिकर, अवैधरूपमा भित्रिएका सूर्तीजन्य पदार्थको अनुगमनलाई कडाइ गरिएको छ । कार्यालयले अग्रिम करकट्टी नबुझाउने मुख्यरूपमा अस्पताल, विद्यालय, शैक्षिक परामर्शदातालगायत १५ वटा फार्मको छनोट गरी अध्ययन गरिरहेको छ । कार्यालयले पुस मसान्तसम्ममा रू १० अर्ब ६३ करोड राजस्व असुली गरेको छ । यो पुस मसान्तसम्मको लक्ष्य रू १२ अर्ब दुई अर्बको ८६ दशमलव ६२ प्रतिशत हुन आउँछ ।

चालु आर्थिक वर्षका लागि विभागले कार्यालयलाई रू २६ अर्ब ३६ करोडको लक्ष्य दिएको छ । खड्काले भन्नुभयो, “सबैको साथ र सहयोग भएमा यो वर्ष हामी लक्ष्यमा पुग्न सक्छौँ ।”

Previous Post

दिवा खाजाका लागि विद्यालयको कौसीमा तरकारीखेती

Next Post

‘पत्रकारितामार्फत मुलुकप्रतिको निष्ठा र माया बढाउन जरुरी’

सम्बन्धित खबर

बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या
समाचार

बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

१३ अशोज २०८३,
कस्तो रहला आजको मौसम ?
समाचार

कस्तो रहला आजको मौसम ?

१३ अशोज २०८३,
मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ
समाचार

मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ

१३ अशोज २०८३,
कालीगण्डकी बाढीले उजाडियो तिल्केनी
फिचर-ब्यानर

कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

१३ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर

१३ अशोज २०८३,
थोराङ्ला यात्रामा जोखिम बढेपछि पर्यटक मनाङबाटै फर्किन थाले
फिचर-ब्यानर

थोराङ्ला यात्रामा जोखिम बढेपछि पर्यटक मनाङबाटै फर्किन थाले

१३ अशोज २०८३,
Load More
Next Post
सत्ता समीकरणमा फेरबदल हुँदैन, सरकार पाँचै वर्ष टिक्छ : प्रधानमन्त्री दाहाल

‘पत्रकारितामार्फत मुलुकप्रतिको निष्ठा र माया बढाउन जरुरी’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In