• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता

    एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता

    जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री

    संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

    मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध

    मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटक भित्र्याउन तीन सय वर्ष पुरानो मौलिक शहरको प्रर्बद्धन

by
५ माघ २०८१,
0
यसरी गर्न सकिन्छ नेपालमा पर्यटनको विकास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलकोट (बागलुङ), ५ माघः अहिलेको बागलुङ बजार दुई सय ८४ वर्षभन्दा पुरानो हो । पुरानो बजारमा अहिलेपनि एक सय वर्षभन्दा पहिले बनाइएका कलात्मक घर अहिले पनि उस्तै छन् । यहाँको नारायण चोक संस्कृतिक विविधताले धनी छ । अहिले त्यही नारायणचोक क्षेत्रलाई मौलिक शहरको रुपमा विकास गरी पर्यटक चिनाउने अभियान थालिएको छ ।

बागलुङ नगरपालिका–३ स्थित नारायणचोक आसपासका घर परम्परागत शैलीमा निर्माण भएका छन् । पर्यटकीय शहरका हिसाबले अझै महत्वपूर्ण मानिएको पुरानो शहरलाई स्थानीय र वडा कार्यालय मिलेर पर्यटन भित्र्याउनेगरी मौलिक शहरको रुपमा विकास गर्न थालिएको छ ।

नारायणचोकसँगै देउराली चोक, किराना टोल, नौबीसे टोल र कम्पुटोल बागलुङ बजारको पुरानो शहरमा पर्दछ । सय वर्ष पुरानो बागलुङ बजारको नारायणचोकमा रहेको भक्तिलाल चौपारी अहिले धपक्क बोलेको छ । चौपारीलाई बाँस र खरले छाइएको छ भने बक्तीले झिलीमिली पारिएको छ ।

बागलुङ नगरपालिका–३ वडा कार्यालय र स्थानीयको पहलमा गुमनाम बन्दै आएको बागलुङको पुरानो शहर संरक्षण गर्दै मौलिकता झल्कनेगरी सजाउन थालिएको छ ।

बढ्दो शहरीकरणको चापमा पुरानो शहर ओझेलमा पर्न थालेपछि स्थानीयले शहरको प्रचारप्रसारका लागि प्रवेशद्वार निर्माण, भक्तिलाल चौपारी पुनःनिर्माण, सजावट, सांस्कृतिक कार्यक्रम गर्ने र पर्यटकलाई स्थानीय खानाका परिकार चखाउन थालिएको हो ।

मौलिक शहरको रुपमा विकास गर्न भक्तिलाल चौपारीलाई सजाइएको छ भने पाँच वटा टोलको प्रवेशद्वारमा बाँसमाथी खरले छाएका प्रवेशद्वार बनाइएको छ ।

बढ्दो शहरीकरणका कारण मासिँदै गएको मौलिक शहरलाई जीवितै राख्नका लागि प्रचार–प्रसारमा जुटेको बागलुङ नगरपालिका–३ का वडा अध्यक्ष सनी केसीले बताउनुभयो ।

नेवारी बस्तीलाई मौलिक शहरको रुपमा स्थानीयको सक्रियतामा विकास गर्न थालिएको केसीको भनाइ छ । “अहिले पुरानो बजारलाई बेहुली झै सिगारिएको छ, उक्त शहरलाई सधैँ उस्तै बनाउने हाम्रो योजना हो, शहरको विभिन्न ठाउँलाई मौलिकरुपमा देखाउन सजाइएको छ, भक्तिलाल चौपारीमा नियमित सांस्कृतिक कार्यक्रम गरिन्छ” केसीले भन्नुभयो “स्थानीयले सहयोग सङ्कलन गरेका छन् भने वडा कार्यालयले दुई लाख ५० हजार बजेट विनियोजन गरेको छ, पर्यटकीय शहरको रुपमा विकास गरेर सुनसान पुरानो शहरलाई गुल्जार बनाउने हाम्रो योजना हो, अहिले शुक्रबार र शनिबार नियमित सास्कृतिक कार्यक्रम हुन्छ भने पुरानो बजारमा ठूला सवारीसाधान आउनका लागि रोक लगाइएको छ ।”

मुख्यतया नारायणचोक र देउराली चोकमा पर्यटक भित्र्याउनका लागि सडकमा ढुङ्गा छाप्ने र बन्दीपुरको झल्को दिनेगरी फूल लगाउने काम थालिएको हो । वडाको अभियानलाई स्थानीय नेवार समुदाय र अन्य समुदायले साथ दिनथालेका छन् । अहिले शुक्रबार र शनिबार साँझमा सांस्कृतिक कार्यक्रम गर्न थालिएको छ । जस्मा नेवारी र मगर सांस्कृति देखाउनसमेत थालिसकेको छ ।

विसं २०११ सालमा विपीसमेतले भक्तिलाल चौपारीमा उभिएर भाषण गरेको, नेवारी संस्कृति हनुमान नाँच र भदौरे नाँच यही चौपारीबाट निकालिँदै आएको र दसैँमा मालाश्री गाउने चौपारीलाई अहिले सिगारिएको किसानरा टोलका स्थानीय मुकेशचन्द्र राजभण्डारीले जानकारी दिनुभयो ।

भक्तिलाल चौपारी संस्कृति र राजनीतिको उद्गम थलको रुपमा रहेको राजभण्डारीको भनाइ छ । “मौलिक घर नै हाम्रा सम्पत्ती हुन् बन्दीपुरमा जस्तो पर्यटक भित्र्याउन नारायणचोकले सक्दछ, यहाँको नयाँ र पुरानो समुदायले पहिचानअनुसारको खानाका परिकार र आतिथ्यता दिनथालेका छन्” राजभण्डारीले भन्नुभयो “खासगरी नेवारी र मगर संस्कृति प्रदर्शन र परिकारले स्थानीय पर्यटक तान्नेछ भने यहाँको नारायणचोक र देउराली चोकको प्रचारप्रसार हुँनेछ ।”

सजाइएको पुरानो शहरले व्यापार बढाउने अपेक्षा गरेको स्थानीय रन्जितप्रसाद मलेपतीले बताउनुभयो । एक सय वर्षभन्दा पुरानो घरमा अझै डोको, नाम्लो, माछा मार्ने जालजस्ता सामग्री बिक्री गर्दै आउनुभएका मलेपतीले पुरानो बजारलाई पर्यटनसामु चिनाउन आवश्यक रहेको बताउनुभयो । आधुनिकतासँगै मौलिकतासमेतको समेत महत्व बढेर आएको उहाँको भनाइ छ ।

उहाँले यही पुरानोबजारबाट नयाँ बजार विस्तार भएको बताउदै पुरानो बजारलाई मौलिक शहरको रुपमा विकास गर्न स्थानीय लागेको बताउनुभयो ।

नारायणचोकमा दरबारको झल्कोदिनेगरी १९९५ सालमा ओम प्रसाद गौचनले निर्माण गरिएको ५२ झ्याले घर समेत संरक्षण गरी राखिएको छ । यहाँको पुरानो बस्ती अध्ययन अवलोकनकासमेत लागि महत्वपूर्ण मानिदै आइएको छ । यहाँको तीन सय वर्ष पुरानो हनुमान नाँच, लाखे नाँच, रोपाई नाँचलगायतका नाँचहरुले समय–समयमा प्रदर्शन गरिँदै आइएको छ ।

Previous Post

हुस्सु–कुहिरो लागेको छ, स्वास्थ्य सतर्कता अपनाउनु होला

Next Post

‘मिसिङः केटी हराएको सूचना’

सम्बन्धित खबर

एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता
आर्थिक

एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता

१४ अशोज २०८३,
जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री
आर्थिक

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

१४ अशोज २०८३,
मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध
अन्तर्राष्ट्रिय

मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध

१४ अशोज २०८३,
दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
समाचार

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

१४ अशोज २०८३,
ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा
समाचार

ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

१४ अशोज २०८३,
अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति
समाचार

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

१४ अशोज २०८३,
Load More
Next Post
‘मिसिङः केटी हराएको सूचना’

‘मिसिङः केटी हराएको सूचना’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In