• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

छाड्नेलाई आऊ भन्ने ‘ओली’ भएकालाई किन खेदिरहेछन् ?

by
४ माघ २०८१,
0
छाड्नेलाई आऊ भन्ने ‘ओली’ भएकालाई किन खेदिरहेछन् ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई एकैदिन कारबाही गर्‍यो।

रावललाई साधारण सदस्य नरहने गरी र पाण्डे र तिम्सनालाई ६ महिनाका लागि पार्टीबाट निकालेको एमालेले कारबाहीकाे चक्र घुमाइरहेकाे छ।

एमाले सचिवालय बैठकले पुस १० गते यी ३ नेतालाई कारबाहीकाे डन्डा चलाएकाे एक महिना नहुँदै कोशी प्रदेशका पूर्वसांसद विमल कार्की पनि पार्टीबाट निकालिए।

पुस २७ र २८ मा बसेको एमाले कोशी प्रदेश कमिटीको बैठकले उनलाई पार्टीबाट ६ महिनाका लागि निकालेको थियो। कार्की उदयपुरका हुन्।

यसअघि मंसिर ११ गते लुम्बिनी प्रदेशका एमाले सांसद दुर्गा प्रसाद चौधरी पार्टीबाट निकालिए। उनी बाँके क्षेत्र नम्बर १ (२)बाट निर्वाचित प्रदेश सांसदसमेत हुन्।

२ महिनामा एमालेले पार्टीका पूर्वउपाध्यक्षदेखि बहालवाला सांसद, पूर्वसांसद तथा पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका ५ जनालाई निकालिसकेको छ।

एमाले पार्टीभित्र उनीहरूका लागि किन ठाउँ भएन? एमालले भन्ने गरेको छ– ‘यी नेताहरूले पार्टी अनुशासन उल्लङ्घन गरे।’

पार्टीबाट कोही किन निकालिएको छ? जसले पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायत शीर्ष नेतृत्वको विरोध गर्छन्, उनीहरू सिधैं एमालेबाट निकालिन्छन्।

भीम रावल, विन्दा पाण्डे, उषाकिरण तिम्सेनाले व्यापारी मीनबहादुर गुरुङबाट दान लिएर पार्टी कार्यालय बनाउने कुराको विरोध गरेपछि उनीहरू ओलीकाे कारबाहीमा परेका हुन्।

एमाले केन्द्रीय पार्टी कार्यालय कुनै व्यापारीकाे लगानीमा, त्यसमा पनि अदालतमा मुद्धा खेपिरहेका व्यक्तिबाट दान लिएर बनाउनु स्वार्थको खेल हुनसक्ने राजनीतिक विश्लेषकहरू बताउँदै आएका छन्।

तर एमालेलाई त्यो मतलब छैन।

दान लिँदैनाैँ भन्न छाडेर एमालेले व्यापारीबाट जग्गा दान लिनु लाखौँ पार्टी सदस्यको अपमान हुन्छ भन्नेहरूलाई कारबाही गर्‍यो।

पूर्वसांसद कार्की र बहालवाला सांसद चौधरीले पनि अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको विरोध गरेकै कारण निकालिएका हुन्।

‘पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायत नेताहरूलाई गालीगलौज गर्ने, पार्टीका विरुद्ध समाचार लेख्ने, सामाजिक सञ्चालमा लेख्ने गरेकाले पार्टीबाट निलम्बन गरिएको हो’, चौधरीलाई निकाल्नुको कारणबारे एमाले बाँके अध्यक्ष निरज गुरुङले भनेका थिए।

भीम रावलले त एमाले अध्यक्ष ओली निरङ्कुश भएकाले आफूलाई निकालिएको बताउँदै आएका छन्। उनले एमालले निकालेको नभइ ‘बा’माले (मात्र ओली र ओली पक्षका नेताहरू)ले निकालेको अभिव्यक्ति दिँदै आएका छन्।

केन्द्रीय समिति बैठकमा ओलीले पाण्डे र तिम्सेनालाई आफूविरद्धको गतिविधि नरोकिए ६ महिना पनि कुर्न नसकिने धम्कि दिइसकेका छन्।

६ महिनाका लागि पार्टीबाट निलम्बन भएपछि पाण्डे र तिम्सेनाले ओली कार्यशैलीको आलोचना गर्दै आएका छन्।

एमालेको चरित्र– पार्टी छाडेकालाई बोलाउँछ, भएकालाई खेद्छ

एमालेले पार्टी छाडेकालाई घरमै फर्किन पटक–पटक भन्दै आएको छ। यही पुस २१ गतेदेखि २३ गतेसम्म भएको पार्टी केन्द्रीय समितिको बैठकमा पनि एमालेले पार्टी छाडेर गएकालाई पार्टीमै फर्किन आग्रह गर्‍यो।

कुनै तहमा विचार नमिलेर गएकालाई पार्टीमा स्वागत गर्न तयार एमाले नेतृत्व पार्टीलाई सुदृढ बनाउन आवाज उठाउनेलाई भने खेद्ने नीति अवलम्बन गर्दै आइरहेको छ।

पार्टी नेतृत्वलाई गल्ती भइरहेको छ, सच्याउँ भन्नेहरूलाई खेदिरहेको एमालेले छाडिजानेलाई फेरि आउ भन्नु एमालेको वैचारिक चरित्रमाथि प्रश्न उठ्नु हो।

माथिल्लो तहका नेताहरूमात्र होइन, एमालेले पालिका तहका नेताहरूलाई पनि पार्टी नेतृत्वकाविरुद्धमा बोलेकै कारण कारबाही गरिरहेको छ।

गएको असारमा मोरङ एमालेले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापासहित तीन जनालाई कारबाही गरेको थियो। पार्टीको अनुशासन उल्लङ्घन गरेको भन्दै थापासहित महानगरका उपसचिव नवराज नेपाल र वडा नं ३ का अध्यक्ष लालमणि भट्टराई साधारण सदस्य नरहने गरी कारबाहीमा परेका थिए।

अझै ओलीको निसानामा छन् नेताहरू 

नेकपा एमालेभित्र अझै पनि केही नेताहरू पार्टी अध्यक्ष ओलीको निसामा रहेको बताइन्छ। विशेष गरेर ओलीको कार्यशैलीको विरोध गर्नेहरू पार्टीबाट निस्कासन हुने लिस्टमा छन्।

जसमा पश्चिमेली नेताहरू बढी रहेको एक स्थायी कमिटी सदस्यले बताए। उनकाअनुसार कैलालीका झपट रावल, बाजुराका प्रकाशबहादुर शाह अछामका अर्का नेता प्रकाश शाह ओलीको निसानामा छन्।

झपट केन्द्रीय सदस्य पनि हुन्।  प्रकाशबहादुर यसअघि ओलीको स्पष्टीकरण खाइसकेका व्यक्ति हुन्।

सुदूरपश्चिम सरकारमा रहँदा पार्टीविपरीत कार्य गरिरहेको भन्दै ओलीले मन्त्री हुँदा नै उनीमाथि ८ बुँदे स्पष्टिकरण सोधेका थिए।

रावल–शाह भीम रावल पक्षका नेताहरूका रुपमा चिनिँदै आएका छन्। केन्द्रीय समितिको बैठकमा उनीहरूले भीम रावलमाथिको कारबाहीको विरोधसमेत गरेका थिए।

त्यसपछि झनै उनीहरू ओलीको निसानामा परेका छन्।

ओलीले भीम रावल पक्षको मात्र होइन, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा भित्र्याउन वकालत गर्नेहरूलाई पनि कारबाही गर्न सक्ने एक स्थायी कमिटी सदस्य बताउँछन्।

जसमध्ये पूर्वसांसद कृष्ण राई एक हुन्। उनले भण्डारीलाई पार्टी अध्यक्ष बनाउनुपर्ने वकालत गर्दै पार्टीका तल्ला कमिटीमा लविङ गरेको बुझिन्छ।जसले गर्दा उनलाई पनि ओलीले कारबाही गर्न सक्ने पार्टीभित्र चर्चा छ।

यस्तै नवलपरासी पश्चिमका बैजनाथ चौधरी, सिन्धु जलेसा बुढाथोकीसमेत ओलीको निसामा छन्। बैजानाथले ओलीको कार्यशैलीको आलोचना गर्दै आइरहेका छन्।

उनीहरू लुम्बिनी प्रदेशमा विष्णु पौडेल निकट मानिन्छन्। लुम्बिनीमा पार्टी उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबीच टकराव देखिँदै आएको छ।

एमालेले कार्यक्रतामाथि कारबाहीको चक्र चलाइरहँदा नेतृत्वमाथि बाेल्न सक्ने अवस्थामा काेही छैनन्। भीम रावल, विन्दा, उषाकिरणलाई कारबाहीको निर्णय गर्दा केही नेताहरूले बिराेध गरेकाे बताएपनि ओलीले उनीहरूको कुरा नसुकेकाे बताइन्छ।

अहिले जाे कसैलाई ओलीले कारबाही गर्न सक्ने डरकाबीचमा बाेल्न सक्ने अवस्थामा नेतहरू छैनन्।

बिएल नेपाली सेवाकाे सम्पर्कमा आएका केही दाेस्रो–तेस्रो तहका नेताहरूले निरन्तरको कारबाहीको विषयमा प्रश्न गर्दा अध्यक्ष ओली र महासचिव पोखरेललाई नै सोध्न आग्रह गरे।

Previous Post

बेनी–मल्लाज सडक स्तरोन्नति

Next Post

कागबेनी–छुुसाङखण्ड कालोपत्र गर्न ५० करोड बजेटको स्रोत सुनिश्चित

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
बेनी जोमसोम सडकः माथि पहिरो तल उर्लिदो काली

कागबेनी–छुुसाङखण्ड कालोपत्र गर्न ५० करोड बजेटको स्रोत सुनिश्चित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In