काठमाडौँ— नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बेलायतको संसद भवन वेस्टमिनिस्टरमा आयोजना हुने विशेष कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्। कार्यक्रम आगामी जनवरी १३, २०२५ का दिन संसद भवनभित्र हुनेछ।
उक्त कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेस्ट, उद्योग, व्यापार तथा वाणिज्यमन्त्री ग्यारेथ थोमससहित बेलायती सांसदहरूको सहभागिता रहनेछ।
डा कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार नेता कोइराला क्याथराइन वेस्ट र ग्यारेथ थोमसको औपचारिक निमन्त्रणामा यही जनवरी ९ मा बेलायत प्रस्थान गर्दैछन्।
यो कार्यक्रम नेपाल–बेलायत सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण मानिएको छ भने डा कोइरालाको सम्बोधनले दुई देशबीचको अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ आयाम प्रदान गर्ने विश्वास गरिएको छ।












