• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

हिमाललाई नजिकबाट नियाल्ने गन्तव्य कपुचे ताल

by
१७ पुस २०८१,
0
हिमाललाई नजिकबाट नियाल्ने गन्तव्य कपुचे ताल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी । आँखै अगाडि ड्वाङड्वाङ आवाजसहित हिउँ पहिरो झर्ने कास्कीको मादी गाउँपालिका वडा नं १ स्थित कपुचे ताल नजिकबाट हिमाललाई नियाल्न सकिने गन्तव्यका रुपमा विकास भएको छ ।

अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट कुनै समयमा हिमपहिरो बनेको अनुमान गरिने यस ताल समुद्री सतहबाट जम्मा २ हजार ४ सय २१ मिटर उचाइमा रहेको छ । कूल १० हजार ४ सय ४० वर्गमिटर क्षेत्रफलमा फैलिएको कपुचेलाई विश्वकै कम उचाइमा भएको हिमतालका रुपमा दाबी गरिएको मादी गाउँपालिका वडा नं १ का वडाध्यक्ष देवीजङ्ग गुरुङले बताए ।

आँखै अगाडि हिमाल, हिमापहिरोका साथै हरियो र निलो मिश्रित रङको तालको पानीमा घामका किरणहरू पर्दाको मनोरम दृश्य नै यहाँको प्रमुख आकर्षण हो । कपुचे हिमताललाई स्थानीय गुरुङ भाषामा क्हफुचे भनिने बताउँदै वडा अध्यक्ष गुरुङले क्हको अर्थ हिउँ, फुको अर्थ डल्लो र चेको अर्थ समथर भूभाग भन्ने रहेको बताए ।

क्हफुचेबाट अपभ्रंस हुँदै यस ताललाई कपुुचे, कफुचे आदिका रुपमा लिने गरिएको उनले जानकारी दिए । बजारदेखि नजिकको हिमताल कपुचेको शान्त वातावरणसँगै वर्षातको समयमा यहाँ फूल्ने विभिन्न प्रजातिका रङ्गी, वीरङ्गी फूलहरूले फूलेर वनपाखा मनमोहक देखिन्छन् ।

पर्यटकीय गाउँ सिक्लेसदेखि हुगु हुँदै छ घण्टा पैदलयात्रा गरेपछि कपुचे पुग्न सकिन्छ । बाटोमा पर्ने इदी झरना मनमोहक र आकर्षक छ । पर्यटकको सुविधाका लागि कपुचे र हुगुमा रेष्टुराँ र अस्थायी संरचनाका होटल बनिसकेका छन् । परम्परागत रुपमा यसअघि बनेका कतिपय भेडीगोठलाई स्तरोन्नति गर्दै पर्यटकस्तरीय होटेलका रुपमा विकास गर्न खोजिएको देखिन्छ ।

काठले बारेका घरमा निगालोको चोयाले बनेका चित्राले छाएका घरमा पर्यटकलाई बास बस्ने ब्यवस्था मिलाएको सिक्लेस–कफुचे मार्गस्थित हुगुमा होटेल आइसफल चलाउँदै आएका पर्यटन व्यवसायी कृष्ण गुरुङले बताए । जङ्गलको बीच र मादी नदीको किनारमा रहेको हुगु यस क्षेत्रमा प्राचीन गोठहरू भएको क्षेत्र हो । अहिले प्राचीन गोठहरू हराउँदै गए पनि तिनै गोठहरू रहेका स्थानमा पर्यटक लक्षित गरी होटेल लगायतका पूर्वाधार विकास गर्न खोजिएको उनले बताए । हुगुका होटेलको आगनबाट टाउको ठडाउने बित्तिकै लमजुङ हिमाललाई आँखै अगाडि देख्न सकिन्छ ।

पछिल्ला समयमा हिमताल र हिउँ पहिरो अवलोनका लागि स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको कपुुचे हिमतालसम्म पुग्नका लागि बाटो लगायत पूर्वाधारलाई राज्यले प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

सिक्लेसदेखि सिधै कपुचे पुगेर त्यही बास बसेर भोलिपल्ट फर्किन सक्ने अथवा फर्किएर हुगुमा आएर बास बस्ने दुवै विकल्प छन् । हुगुमा परापूर्वकालमा हिउँदमा सिक्लेसवासीको गाईभैँसी र भेडागोठ राख्ने चलन थियो । हुगुदेखि सिक्लेस फर्कन र नौटा हुँदै अर्को गन्तव्य कोरी पुग्न सकिन्छ ।

पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको कला संस्कृतिले भरिपूर्ण गुरुङ गाउँ सिक्लेसबाट एक दिनको पदयात्रामा पुग्न सकिने भएका कारण पनि यो पछिल्लो समय चासो र चर्चामा छ । तालको महिमा र गरिमालाई स्वदेशी एवं विदेशी पर्यटकमाझ पु¥याउँदै यसको प्रवद्र्धन गर्ने लक्ष्यका साथ मादी गाउँपालिकाले यसको प्रवद्र्धनलाई जोड दिएको मादी–१ का वडाध्यक्ष गुरुङले बताए । सिक्लेसबाट कपुचेसम्म पुग्ने पैदलमार्गलाई व्यवस्थित गर्नेतर्फ आफूहरूको चासो र सक्रियता बढेको बताउँदै उनले यसबीचमा गाउँपालिकासहित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), राष्ट्रिय ताल प्राधिकरण, गण्डकी प्रदेश सरकार आदि निकायबाट तालको पूर्वाधार विकाससँगै तालसम्म जाने बाटो आदिका लागि सहयोग प्राप्त भई केही कामहरू अघि बढेको जानकारी दिए।

वडाध्यक्ष गुरुङका अनुुसार हराउँदै गएको घोडचढी संस्कृतिको जगेर्नालाई लक्षित गरी गाउँपालिकाले सिक्लेसबाट कपुचेसम्मका लागि ५० अनुदानमा घोडा खरिद गर्ने गरी कार्यक्रम अघि सारेको भएपनि त्यसतर्फ युवाहरूको आकर्षण देखिएन ।

ताल कहिले बन्यो भन्ने यकिन तथ्य नभए पनि उक्त क्षेत्रमा पहिले पहिले विभिन्न भेडी गोठ रहे पनि अहिले भने छैनन् । सिक्लेस–कपुुचे मार्गमा पर्ने हुँगु र कपुचे दुवै स्थान प्राचीन भेडी गोठ रहने क्षेत्र हो । कपुचेको यात्राका क्रममा सिक्लेसबाट राम्रो हिँड्न सक्नेहरू लगभग साढे तीन घण्टामा हुगु पुग्न सक्छन् । हिँड्न नसक्नेका लागि भने चारदेखि पाँच घण्टासम्म लाग्ने गर्दछ । हुगु पुगेका पर्यटक हिँड्न सक्ने एक घण्टामा कफुचे पुगे पनि नसक्नेका लागि डेढ दुई घण्टासम्म लाग्ने गर्दछ ।

पोखराबाट छोटो दूरीमा रहेको कपुुचेलाई समेटेर सिक्लेसहुँदै कपुचे–कोरी क्होलासोथार–कर्पुु हुँदै याङजाकोटलाई गुरुङ सम्पदा पदमार्गअन्तर्गत समेट्दै प्रवद्र्धनका काम अघि बढाइएको गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले बताए ।

सङ्घले प्राचीन गुरुङ बस्ती रहेको सिक्लेससहित गुरुङ गाउँ र जोडिएका प्राचीन भेडीगोठ एवं नुन बोक्ने मार्गलाई समेटेर बृहत् अवधारणका साथै गुरुङ सम्पदा पदमार्गको अनुसन्धान, एवं अन्वेषण गरी त्यसको प्रवद्र्धन र विकासमा जोड दिएको उनले बताए।

सङ्घकै आयोजनामा पुसको दोस्रो हप्ता सिक्लेसबाट कपुचे, कोरी, क्होलासोथार, कर्पु हुँदै याङ्जाकोटसम्ँमको गुरुङ सम्पदा पदमार्ग प्रवद्र्धन सम्पन्न गरिएको सङ्घका महासचिव तुल गुरुङले बताए । पोखराबाट नजिक रहेको कपुचे हिमतालको महिमा र गरिमासँगै यहाँको पर्यटकीय आकर्षणलाई विश्व पर्यटन बजारमा पुर्याउनुु जरुरी रहेको उनले बताए ।

Previous Post

रगत निःशुल्क उपलब्ध गराउनुपर्छः महामन्त्री थापा

Next Post

भेडेटारमा बढ्यो पर्यटकीय चहलपहल

सम्बन्धित खबर

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?
जीवन शैली

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

१६ भदौ २०८३,
अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार
आर्थिक

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

१६ भदौ २०८३,
मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु
आर्थिक

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

१६ भदौ २०८३,
सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै
आवाज

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

१६ भदौ २०८३,
रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु
आर्थिक

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

१६ भदौ २०८३,
बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
जीवन शैली

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

१६ भदौ २०८३,
Load More
Next Post
भेडेटारमा बढ्यो पर्यटकीय चहलपहल

भेडेटारमा बढ्यो पर्यटकीय चहलपहल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In