• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सन् २०२४ मा मनोरञ्जन क्षेत्र, स्वीफ्टोनोमिक्सदेखि कोरियन सङ्गीतको सफलतासम्म

by
१७ पुस २०८१,
0
सन् २०२४ मा मनोरञ्जन क्षेत्र, स्वीफ्टोनोमिक्सदेखि कोरियन सङ्गीतको सफलतासम्म
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ।सन् २०२४ हुँदै गर्दा विश्व प्रसिद्ध पप स्टार टेलर स्वीफ्टको ‘दि इरास टुर’ सुरु भइसकेको थियो । जुन वर्षको अन्त्यसम्म जारी रह्यो । यही ‘टुर’ले स्वीफ्टलाई डलर अर्बपतिको सूचीमा समावेश गरायो भने उक्त साङ्गीतिक प्रस्तुतिमार्फत कैयौँ सहरको अर्थतन्त्र चलायमान बन्यो ।

विश्वका छ वटा महादेशका विभिन्न १४९ स्थानमा आयोजना भएको उनको साङ्गीतिक कार्यक्रममा १० करोड १६ लाख आठ हजार आठ जना सहभागी भए । जसले औषतमा प्रवेश शुल्कमा मात्रै २०४ अमेरिकी डलर खर्चिए । त्यसबाहेक दोस्रो बजारमा बिक्री हुने टिकटको मूल्य औसतमा एक हजार डलरभन्दा बढी भएको समेत विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उक्त विश्व यात्रा समापन हुँदासम्म प्रवेश शुल्कबाट मात्रै दुई अर्ब डलर सङ्कलन भएको थियो । जुन आफैमा कीर्तिमान थियो । यसअघि यो कीर्तिमान गत अगष्ट सम्पन्न कोल्डप्लेको विश्व यात्राका नाममा थियो । उक्त विश्व यात्रामा एक अर्ब अमेरिकी डलरको टिकट बिक्री भएको थियो । एक्काइस महिना लामो उक्त ‘टुर’ गत डिसेम्बरमा सम्पन्न भयो ।

टेलर स्वीफ्टको उक्त कन्सर्टले मनोरञ्जन मात्रै दिएन, विभिन्न स्थानको आर्थिक गतिविधि चलायमान बनाएको उल्लेख गर्दै त्यसलाई स्वीफ्टोनोमिक्स समेत नाम दिइएको थियो । उनको कार्यक्रम आयोजना हुने धेरै स्थानमा होटलहरुको अकुपेन्सी शतप्रतिशत पुग्नुका साथै करोडौँ व्यक्तिको सहभागिताले आर्थिक गतिविधि चलायमान भएको बताइएको थियो ।

सन् २०२४ मा सामाजिक सञ्जाल युट्युवको प्रभाव बढ्दो रह्यो । पछिल्लो समय विश्वप्रसिद्ध सेलिब्रेटीहरु पनि युट्युवमार्फत स्रोता, दर्शकमाझ पुग्नेक्रम जारी रह्यो । यसैक्रममा सन् २०२४ को अगष्टमा विश्वप्रसिद्ध फूटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पनि युट्युवमा च्यानल खोले । उनले खाता खोलेको ९० मिनेटमा एक करोडभन्दा बढी ‘सब्सक्राइबर्स’ पुगेका थिए । जुन हालसम्मकै कीर्तिमान हो ।

वर्ष २०२४ सम्ममा युट्युवमा सबैभन्दा धेरै हेरिने भिडियोमा बालबालिकाका लागि तयार पारिएको ‘बेबी सार्क डान्स’ परेको छ । किड्स इन्टरटेइनमेन्ट च्यानलमा रहेको उक्त भिडियो हालसम्म १५ अर्बभन्दा बढी पटक होरिएको छ । दक्षिण कोरियामा निर्माण भएको यो भिडियो सन् २०१६ मा रिलिज गरिएको थियो । हालसम्म युट्युवमा हेरिने भिडियोमा दोस्रो स्थानमा रहेको स्पेनका गायक लेइस फोन्सीको ‘डेस्पासिटो’ छ । उक्त गीत युट्युवमा मात्रै हालसम्म आठ दशमलव ६२ अर्ब पटक हेरिएको छ ।

त्यसैगरी हिप–हपका दुई ठूला स्टारहरु ड्रेक र केन्ड्रिक लैमरबीचको लामो समयदेखिको विवाद सन् २०२४ मा पनि जारी रह्यो । क्यानाडाका ¥यापर ड्रेकले युनिभर्सलप्रति कृत्रिमरुपमा स्ट्रीम बढाएको आरोप लगाएपछि विवाद अझ चर्को भएको छ । किनभने लैमरले उक्त ‘नट लाइक अस’ गीतमा ड्रेकलाई ‘पीडोफाइल’ भनेका थिए । उनले युनिभर्सल म्युजिकलाई आरोप लगाउनुका साथै स्पोटिफाइलाई पनि गैरकानुनी कार्यमा संलग्न भएको आरोप लगाएका थिए । यो विवाद अझै पनि जारी छ ।

सन् २०२४ मा संगीत उद्योगमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग अत्यधिक भयो । जेनरेटिभ एआई मोडेलहरूले मानिसहरुले सृजना गरेको जस्तै गीतका शब्द, सङ्गीत सृजना गर्न सक्ने भएपछि यसले यस क्षेत्रमा नयाँ चूनौती थपेको छ । यसबाट प्रतिलिपि अधिकार उल्लङ्घन मात्रै नभइ यसप्रकारको अभ्यासले कलाकारहरूको अधिकार र आम्दानी ठूलो असर गर्ने खतरा उत्पन्न गरेको छ । त्यसैकारण अहिले विभिन्न देशमा यससम्बन्धी कानून निर्माण गरी नियमनको प्रयास भइरहेको छ । सन् २०२४ मा यसको प्रयोग जनस्तरसम्म बढेपछि आगामी दिनमा यसको चुनौती थप बढ्ने आकलन गरिएको छ ।

सन् २०२४ मा सबैभन्दा बढी कमाउने चलचित्रमा ‘इन्साइड आउट–२’ बन्यो । उक्त चलचित्रले एक दशमलव सात अर्ब अमेरिकी डलर कमाएको छ । साथै दोस्रो स्थानमा रहेको ‘डेडपुल एण्ड वुल्भरिन’ले एक दशमलव तीन अर्ब अमेरिकी डलर, तेस्रो स्थानको ‘डेस्पिकेबल मि–४’ले ९६ करोड ९० लाख अमेरिकी डलर, चौथो स्थानको ‘मोअना–२’ ले ८८ करोड ३० लाख अमेरिकी डलर र पाँचौ स्थानको ‘ड्युन पार्ट–२’ले ७१ करोड ४० लाख अमेरिकी डलर कमाएको छ ।

सन् २०२४ मा नेपालले वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यलाई गुमायो । पक्षघातसम्बन्धी समस्यासमेत झेलिरहेका उनको गत जनवरी १८ मा निधन भएको थियो । वैद्यले राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गरेका थिए । सोही वर्ष नेपालले फेब्रुअरी २६ मा भजन शिरोमणी भक्तराज आचार्यलाई गुमायो । विसं १९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम संगीतमा विशिष्ट स्थान छ । उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् । उनले आफ्नो जीवनकालमा आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका थिए ।

वर्ष २०२४ मा विश्व प्रसिद्ध तबला बादक उस्ताद जाकिर हुसैनको पनि निधन भयो । इडियोप्याथिक पल्मोनरी फाइब्रोसिस रोगसँग लडिरहेका उनको डिसेम्बर १४ मा निधन भएको थियो । उनलाई सन् २०२३ मा भारत सरकारले पद्य भूषणबाट विशूषित गरेको थियो । उनले सन् २००९ मा पहिलो ग्रामी अवार्ड पाएका थिए भने सन् २०२४ मा तीन वटा फरक फरक एल्बमका लागि तीन ग्रामी अवार्ड जितेका थिए ।

वर्ष २०२४ मा भारतका प्रसिद्ध गायक पंकज उदासको ७२ वर्षको उमेरमा निधन भयो । उनले सन् २००६ मा पद्यश्री पुरस्कार प्राप्त गरेका थिए । साथै अमेरिकी–बलायती गायक तथा अभिनेता डेभिड सोउल, अमेरिकी अभिनेत्री शेनन डाहर्टीका साथै प्रसिद्ध ह्यारि पोर्टर शृङ्खलाकू अभिनेत्री डेम म्यागी स्मिथको पनि ८९ वर्षको उमेरमा निधन भयो ।

त्यसैगरी यसैवर्ष हलिउड स्टार जेम्बर अर्ल जोन्सको ९३ वर्षको उमेरमा निधन भयो । जेम्बर अर्ल जोन्स इजीओटी अर्थात् एमी, ग्रामी, अस्कर र टोनी अवार्ड जित्ने सीमित व्यक्तिमध्ये एक थिए । त्यसैगरी कुनै समय चलचित्रमा सबैभन्दा सुन्दर व्यक्तिको उपमा पाएका पार्सियन अभिनेता एलाइन डेलोनका साथै स्कटिस कमेडियन जेनी गोड्लीले पनि सन् २०२४ मै संसारबाट बिदा भए ।

वर्ष २०२४ मा कोरियाली मनोरञ्जन क्षेत्रको प्रभाव पनि उल्लेख्य रह्यो । विशेष गरी के पप र के ड्रामा विश्वभर मन पराइयो । नेटफ्लिक्स र युट्युव जस्ता वैश्विक स्ट्रिमिङ प्लेटफर्मले कोरियाली सामग्रीलाई विश्वभरका दर्शकहरूसम्म पुर्याउन मद्दत गरे । बिटिएस, ब्ल्याकपिंक जस्ता के पप समूह र न्यूजिन्स र स्टेरी किड्स जस्ता समूहले पनि अन्तर्राष्ट्रिय सफलता पाए । साथै कोरियाली ड्रामा जस्तै स्वायड गेमले अघिल्लो वर्ष नै विश्वभर लोकप्रियता कमाएको थियो भने यस वर्ष यसको दोस्रो संस्करणले मन जितिरहेको छ ।

सन् २०२४ को अन्त्यमा हलिउड स्टारद्वय ब्राट पिट र एन्जोलिना जोलीको डिभोर्स चर्चामा रह्यो । आठ वर्ष लामो कानूनी लडाइँपछि दुवै जनालाई विभिन्न सर्त स्वीकार गर्दै डिसेम्बर २० मा अगल भए । जोलीले आठ वर्षअघि अर्थात् सन् २०१६ मा डिभोर्सका लागि निवेदन दिएकी थिइन् । लामो समयसम्म एकै साथ बस्दै आएका उनीहरुले सन् २०१४ मा विवाह गरेका थिए । पिटले विमान यात्राका क्रममा शारीरिक रुपमा दुव्र्यवहार गरेको दाबी गर्दै एन्जोलिनाले सम्बन्ध विच्छेदका लागि निवेदन दिएकी थिइन् ।

Previous Post

नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा निस्केका महिला तथा बालिका गरी ५९८ जनाको उद्धार

Next Post

ओलीले सदस्यता नै खाएपछि विकल्पमा हिँड्न बाध्य भएँ : भीम रावल

सम्बन्धित खबर

चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का
मनोरञ्जन

चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

२६ बैशाख २०८३,
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
फिचर-ब्यानर

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

२६ बैशाख २०८३,
हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
फिचर-ब्यानर

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

२६ बैशाख २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
फिचर-ब्यानर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

२६ बैशाख २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
फिचर-ब्यानर

डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

२६ बैशाख २०८३,
अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत
अन्तर्राष्ट्रिय

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

२६ बैशाख २०८३,
Load More
Next Post
ओलीले सदस्यता नै खाएपछि विकल्पमा हिँड्न बाध्य भएँ : भीम रावल

ओलीले सदस्यता नै खाएपछि विकल्पमा हिँड्न बाध्य भएँ : भीम रावल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In