• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उदयपुरको पहाडी क्षेत्रमा कोदो उत्पादन घट्दै

by
२१ पुस २०७९,
0
उदयपुरको पहाडी क्षेत्रमा कोदो उत्पादन घट्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

उदयपुर– परम्परागत अन्नका रुपमा प्रयोग हुने कोदोको उत्पादन घट्दै जान थालेको छ । जिल्लाको लिमचुङ्बुङ , उदयपुरगढी ,रौतामाई र ताप्ली गाउँपालिकामा कोदो खेती हुँदै आएको छ । लिमचुङ्बुङ(४ बलाम्ता लाकुका कृषक गोविन्द राईले भने, ‘विगतमा गाउँको खाली जग्गा बारीमा सबैले अनिवार्य कोदोखेती गर्दथे, हिजोआज अधिकांश पाखाबारी जग्गा बाँझै रहन्छ, अनि कोदो खेतीतिर पनि कृषकले मन दिन छाडेपछि फाटफुट्ट मात्र कोदो खेती हुने गरेका कारण उत्पादन घट्दै गएको हो ।’

रौतामाई-४ आँपटारका कृषक लोकबहादुर राईका अनुसार कोदो नै खान र कोदोमा नै निर्भर हुने चलन हराएको र सबैले चामल नै किनेर खान थालेपछि गाउँघरमा कोदो खेतीमा कमी आएसँगै उत्पादनमा पनि कमी आएको हो । रौतामाई गाउँपालिका बोलुङखाका कृषक प्रेमप्रसाद काफ्लेले गाउँघरमा कोदोको ढिँडो खाने चलन पनि घट्दै गएको र कोदो खेती हुने बारीमा कोदो धेरै कृषकले खेती नै गर्न छाडेका कारण उत्पादन पनि घट्दै गएको बताए।

त्रियुगा-१५ खाँबुका कृषक जोगबहादुर पुलामी मगरले १० वर्षअघिसम्म पनि आफूहरूको गाउँको अधिकांश घरजग्गा पाखाबारीमा धेरै कोदोखेती हुनेगरेको भए पनि अहिले गाउँका अधिकांश युवा विदेश भएका कारण पाखाबारी जोतेर कोदोखेती नै हुन छाडेको बताए ।

गाउँमा बस्ने बूढाबूढीले जबर्जस्ती बारी खनेर केही जग्गामा मात्र कोदोखेती गर्ने गरिएका कारण कोदो उत्पादन पहिलेको जस्तो नभएको उनको भनाइ छ । ताप्ली गाउँपालिका पीपल भञ्ज्याङ तथा ओख्लेका कृषक दिलबहादुर राईका अनुसार आजभन्दा २०-२५ वर्ष अगाडिसम्म गाउँका अधिकांश पाखाबारीमा कोदोखेती मात्र हुने गरेको भए पनि कोदो उत्पादनले जीवन यापन हुन समस्या हुन थालेपछि १५ वर्षयता आएर अधिकांश गाउँलेले कोदो फल्ने बारीमा व्यावसायिक सुन्तलाखेती सुरु गरेपछि गाउँमा प्रायः केही कृषकले थोरै जग्गामा कोदोखेती गर्ने गरेको जनाइएको छ ।

गढी गाउँपालिका डुम्रेका कृषक टोपबहादुर घलेमगर भन्छन्, ‘पहिला-पहिला पर्याप्त चामल प्राप्त नहुँदा बाध्य भएर गाउँघरमा भात खानका लागि पनि धेरै कोदो उत्पादन गर्न पर्दथ्यो, हिजो आज गाउँघरमा सबैले चामल नै अन्नका रुपमा प्रयोग गर्छन्, कोदो सामान्य उत्पादन गरे पनि जाँड पकाउने र खाने, केही कोदो सहर, बजारको होटलमा जाँड तोङ्बा, बनाएर बिक्रीका लागि मात्र कोदो प्रयोग हुने गरेको छ ।’

अहिले गाउँमा विगतको जस्तो कोदो भातका रुपमा नै खानुपर्ने बाध्यता नभएका कारण कृषकले घरबारी पाखा जग्गामा कममात्रमा कोदो खति गर्ने गरेका कारण उत्पादनमा कमी आएको उनी बताउँछन् । जिल्ला कृषि ज्ञानकेन्द्र उदयपुरका अनुसार आजभन्दा १० वर्ष अगाडिसम्म जिल्लाको झण्डै सात हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा कोदो उत्पादन हुँदै आएको थियो ।

विसं २०७८-७९ मा जिल्लामा दुई हजार ७६८ हेक्टर क्षेत्रफलमा मात्र कोदोखेती भएको थियो भने पाँच हजार चार सय ५२ मेट्रिकटन कोदो उत्पादन भएको जिल्ला कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी महेश चौधरीले जानकारी दिए । यस वर्ष पनि सरदर दुई हजार ६५० हेक्टरमा कोदो खेती भएको र झण्डै चार हजार सात सय ७० मेट्रिकटन मात्र कोदो उत्पादन भएको जनाइएको छ ।

जिल्लामा कोदोखेती घट्ने र उत्पादन कम हुँदै जानुमा अधिकांश पहाडी क्षेत्रका युवा विदेश पलायन हुनु र कोदोखेती गर्ने जनशक्तिको अभाव हुनु, पहाडी क्षेत्रका पाखाबारीमा हिजोआज कृषकले कोदोखेतीभन्दा अन्य फलफूल, सुन्तलालगायतका वैकल्पिक नगदेबालीको खेती गर्ने कारण पनि कोदो खेती र उत्पादनमा कमी आएको जनाइएको छ ।

विसं २०५० सम्म जिल्लामा सरदर १० हजार हेक्टर क्षेत्रफलमा कोदोखेती हुँदै आएको थियो भने हाल दुई हजार ७६८ हेक्टरमा मात्र खेती गरिएको प्राविधिक मोहन फुयाँलले बताए।

Previous Post

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

Next Post

भुटनिज क्लव फाइनलमा प्रवेश

सम्बन्धित खबर

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
Load More
Next Post
भुटनिज क्लव फाइनलमा प्रवेश

भुटनिज क्लव फाइनलमा प्रवेश

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In